शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • कृषि ज्ञान केन्द्र र भेटेरिनरी अस्पतालद्वारा बजेट तथा कार्यक्रम सार्वजनिक
कृषि ज्ञान केन्द्र र भेटेरिनरी अस्पतालद्वारा बजेट तथा कार्यक्रम सार्वजनिक
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता मंगलबार, साउन २९, २०८१
IMG_9453
म्याग्दी । कृषि ज्ञान केन्द्र म्याग्दी र भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रबाट चालु आर्थिक वर्ष २०८१/०८२ मा म्याग्दी जिल्लामा सञ्चालन गर्ने वार्षिक कार्यक्रम सार्वजनिक भएको छ । सोमबार सदरमुकाम बेनीमा एक समारोहको आयोजना गरी चालु वर्षमा सञ्चालन हुने कार्यक्रमसहित वार्षिक बजेट सार्वजनिक गरिएको हो ।
चालु वर्षमा कृषि ज्ञान केन्द्रले जिल्लाभर कुल तीन करोड ३३ लाख २५ हजार रुपैयाँको लागतमा कृषिसँग सम्बन्धित विभिन्न कार्यक्रमहरु सञ्चालन गर्ने जनाएको छ । सार्वजनिकीकरण कार्यक्रममा आफ्नो प्रस्तुती राख्दै केन्द्र प्रमुख बाँस्तोलाले कृषि प्रसार तथा तालिम, समुदायस्तरमा प्रशोधनयोग्य खायन आलु प्रवद्र्धन, खाद्यान्न तथा तरकारी बाली प्रवद्र्धन, सुन्तलाजात फलफुल विकास आयोजनालगायत ६१ वटा कार्यक्रमहरु सञ्चालन हुने बताउनुभयो ।
यसैगरी कृषि तथ्याङ्क तथा बजार विकास, फलफुल बाली विकास, मसला तथा निर्यातयोग्य बाली प्रवद्र्धन, रैथाने बाली तथा जलवायुमैत्री प्रविधि प्रवद्र्धन र पोषण सुरक्षा कार्यक्रम रहेको केन्द्र प्रमुख बाँस्तोलाले जानकारी दिनुभयो । गएको आर्थिक वर्ष २०८०÷०८१ मा कृषि ज्ञान केन्द्र म्याग्दी र स्थानीय तहले जिल्लामा कुल १३ करोड ६४ लाख बढीको कार्यक्रम सञ्चालन गरेका थिए । गतवर्ष कृषि ज्ञान केन्द्रबाट खायन आलु प्रवद्र्धन कार्यक्रम, अगुवा तथा उत्कृष्ट किसानलाई पुरस्कृत, फलफुल तथा तरकारी खेतीमा सिँचाइ, ग्रामीण पोषण प्रवद्र्धन कार्यक्रम, धान दिवस मनाउनेलगायत विभिन्न कार्यक्रमहरु सञ्चालन गरिएको थियो ।
सोही कार्यक्रमको अवसरमा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र म्याग्दीबाट गतवर्ष सञ्चालित र चालु वर्षमा सञ्चालन हुने कार्यक्रम तथा बजेट पनि सार्वजनिक भएको छ । विज्ञ केन्द्र प्रमुख डाक्टर भरत रेग्मीले गतवर्ष सञ्चालित कार्यक्रम तथा बजेट र चालु वर्षमा सञ्चालन हुने कार्यक्रमसहित बजेटको बारेमा आफ्नो प्रस्तुतीकरण गर्नुभएको थियो ।
सार्वजनिकीकरण कार्यक्रमको उद्घाटन गर्दै गण्डकी प्रदेश सभा सदस्य बिमला गौचनले कृषि क्षेत्रको विकास तथा प्रवद्र्धनमा राज्य लागिपरेको बताउनुभयो । उहाँले विभिन्न समस्याहरुको बाबजुद पनि कृषि र पशुपालनको विकासमा जोड दिइएको बताउँदै राज्यले कृषकहरुलाई लक्षित गरेर ल्याएका अनुदान, बजेट तथा कार्यक्रमहरुको पूर्ण रुपमा कार्यान्वयन हुनुपर्ने बताउनुभयो । कृषि र पशुपालनको विकास गर्न आफूले प्रदेश सरकारमा आवश्यक पहल गरिरहेको बताउँदै उहाँले म्याग्दीलाई आलु तथा टिम्मुरको पकेट क्षेत्र बनाउनुपर्नैमा जोड दिनुभयो ।
सोही कार्यक्रममा अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले कृषि र पशुपालनको कार्यक्रममार्फत पर्याप्त मात्रामा जिल्लाका कृषकहरुलाई समेट्नुपर्ने बताउँदै कृषकलक्षित अनुदान तथा राहतको कार्यक्रममा जोड दिन आवश्यक रहेको बताउनुभयो । बेनी नगरपालिकाका नगर उपप्रमुख ज्योति लामिछानेले नगरपालिकामार्फत कृषि उत्पादन खरिद गर्नका लागि कृषि बजार स्थापना गर्न लागिएको बताउँदै कालीपुलमा कृषि भवन निर्माणको काम सुरु भएको जानकारी दिनुभयो । उहाँले अहिले वडा कार्यालयसम्म सडक विस्तारको कार्यलाई जोड दिएको भन्दै ग्रामीण कृषि सडक स्तरोन्नति गर्न नगरपालिका लागिरहेको बताउनुभयो ।
कार्यक्रममा कृषकद्वय तिलकबहादुर गुरुङ र मुक्तिबहादुर खड्काले आ–आफ्नो धारणासहित जिज्ञासा राख्नुभएको थियो भने कृषि ज्ञान केन्द्र प्रमुख बाँस्तोला र विज्ञ केन्द्र प्रमुख डा. रेग्मीले जवाफ दिनुभएको थियो । कृषि ज्ञान केन्द्र प्रमुख बाँस्तोलाको अध्यक्षता र बाली संरक्षण अधिकृत प्रकाश पुनको सञ्चालनमा सम्पन्न कार्यक्रममा जिल्ला समन्वय समिति म्याग्दीका उपप्रमुख डिलकुमारी खत्री, मंगला गाउँपालिकका उपाध्यक्ष प्रेमकुमारी क्षत्री, जिल्ला समन्वय अधिकारी राजेन्द्रप्रसाद पोखरेल, कृषि प्राविधिक, अगुवा कृषक, पत्रकार लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति: मंगलबार, साउन २९, २०८१  १६:३३
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP