शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • म्याग्दीका बाराही मन्दिरहरुमा बिहानैदेखि भक्तजनको घुइँचो
म्याग्दीका बाराही मन्दिरहरुमा बिहानैदेखि भक्तजनको घुइँचो
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता सोमबार, भदौ ३, २०८१
Khayar lake
म्याग्दी । म्याग्दीका विभिन्न बाराही मन्दिरहरुमा सोमबार बिहानैदेखि पूजाआजा र दर्शनका लागि तिर्थालु, भक्तजन एवम् धार्मिक पर्यटकहरुको घुइँचो लागेको छ । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनैपूर्णिमा पर्वका अवसरमा उच्च पहाडी क्षेत्रमा रहेका ताल तलैया र बाराही मन्दिरहरुमा पूजाअर्चना र दर्शन ठुलो सख्यामा भक्तजनहरु पुगेका छन् । समुद्री सतहदेखि ४ हजार सातसय मिटर उचाईमा रहेको म्याग्दीको अन्नपूर्ण गाउँपालिका ५ खयरलेकमा अवस्थित खयरभारानी, वडा नम्बर ८ को नाङ्गी बाराहीमा भक्तजनहरुले चिच्याउँदै वर माग्ने प्रचलन छ । यहाँ एकपटकमा एउटा मात्र वर मागेमा पूरा हुने धार्मिक विश्वास छ । कसैले छोराछोरी, कसैले धनसम्पत्ति, कसैले सुखशान्ति, सुस्वास्थ्य, कसैले वैदेशिक रोजगारी तथा सेनामा भर्तीको वर माग्छन् । आफूले माग्न चाहेको वर यहाँका पुजारीलाई भनेपछि पुजारीले चिच्याउँदै वर मागिदिने प्रचलन छ । जनैपूर्णिमाका दिन खयरभारानीको दर्शन गरे मनोकामना पूरा हुने जनविश्वास छ ।  खयरभारानीको दर्शन गर्न पाँच सयभन्दा बढि  भक्तजन पुगेको खयरभारानी थान तथा क्षेत्र संरक्षण कोषका संरक्षक राजु पुनले जानकारी दिनुभयो । उहाँका अनुसार म्याग्दी, पर्वत, बागलुङ, कास्की र काठमाडौँ लगायतका जिल्लाबाट ठुलो सख्यामा भक्तजन आएका छन् । कोषले दर्शन र पूजाको सम्पूर्ण व्यवस्था मिलाएको छ । वडा नम्बर ८ मा स्थित नाङ्गी बराहमा पनि ठुलो संख्यामा भक्तजनहरु पुगेका छन् । यसैगरी, रघुगंगा गाउँपालिका–८ को रिखार, वडा नम्बर ७ को कालीबराह ताललगायतका ठाउँमा पनि भक्तजनहरु दर्शनका लागि पुगेका छन् । बराह, बाराही र भारानी ताल र मन्दिरहरुमा पूजा आजा गरेर वर मागेमा मनोकांक्षा पूरा हुने जनविश्वास रहेको छ । रघुगंगा गाउँपालिका–८, मा धौलागिरि हिमालको काखमा करिब चार हजार पाँच सय मिटर उचाईमा अवस्थित रिखारमा समेत उल्लेख्य मात्रामा भक्तजनहरु आएको स्थानीय सप्तऋषि युवा क्लबका संरक्षक अंकित पुनले जानकारी दिनुभयो । जनैपूर्णिमाको दिन खयरभारानी, रिखार, कालीबराह तालकासाथै नाङ्गीबाराही, भगवतीको नौलीबाराही र घराम्दीको प्यारी बराही लगायतका थान र तलाउमा भक्तजनहरुको पूजाका लागि पुगेपछि चहलपहल बढेको छ । गोरखापत्र अनलाइन   
प्रकाशित मिति: सोमबार, भदौ ३, २०८१  ०९:५९
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP