शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • बाढी-पहिरोले मुख्य सडकहरु अवरुद्ध ,स्कोर्पियो बगायो र भवनमा क्षती
बाढी-पहिरोले मुख्य सडकहरु अवरुद्ध ,स्कोर्पियो बगायो र भवनमा क्षती
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता आइतबार, भदौ ९, २०८१
sadak abarudda and gadi bagayo
म्याग्दी । पहिराेले म्याग्दी सदरमुकाम जोड्ने मुख्य सडकहरु अवरुद्ध भएका छन् । गयरातीदेखि परेको भारी वर्षाका कारण विभिन्न ठाउँमा पहिरो खस्दा बेनी–जोमसोम ,बेनी–दरबाङ ,बेनी–बागलुङ र बेनी–मालढुङ्गा सडकमा सिधा यातायात अवरुद्ध भएको हो । बेनी–दरबाङ सडक अन्तर्गत मालिका–६,बाङ्गेभीरमा,मङ्गला–२,लाम्पाटामा तथा बेनी नगरपालिका–४ र मङ्गला गाउँपालिकाको वडा नम्बर २को सिमाना घुमाउने पहिरोमा पहिरो खसेको छ । बेनी–बागलुङ सडक अन्तर्गत बेनी नगरपालिका–१,स्थित हुलाकेमा ग २ च ९३ ५५ नम्बरको स्कोर्पियो बगाएर सात मिटर तल पु¥याएको छ । राती पोखराबाट बेनी आउने क्रममा भेल सँगै आएको बाढीले गाडी बगाएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । गाडीमा क्षती भएपनि मानवीय क्षती भने भएको छैन । गाडी निकाल्ले प्रयास भइरहेको छ ।बेनी –जोमसोम सडक अन्तर्गत अन्नपुर्ण–३,गुइठे र खामभित्ता ,रघुगङ्गा–२,उपल्लो बैसरी र कुनौटेमा पहिरो खस्दा सडक अवद्ध भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सुचना अधिकारी राजन रायमाझीले जानकारी दिनुभयो । यसैगरी बेनी–अर्थुङ्गे सडकमा पनि पहिरो खसेको छ । त्यस्तै बेनी नगरपालिका–९,गलेश्वर स्थित जडभरत  विद्यालय भवनमा लेदो सहितको बाढी पसेर क्षती पु¥याएको छ ।बेनी–जोमसोम सडकमा पहिरो खसेपछि खोल्सा र नालीको पानी बस्तितर्फ सोझिदा विद्यालयसँगै रहेको पुलह पुलत्स्य अन्नक्षेत्र र गलेश्वर जेष्ठ नागरिक आश्रमको भोजनालयमा बाढी पसेको हो । बेनी नगरपालिका–८, कालीपुल बसपार्क र प्रवेशद्धार क्षेत्रमा पनि खोल्सामा आएको बाढीले क्षति पु¥याएको छ । भने बेनी–मालढुङ्गा सडकमा विभिन्न ठाउँमा पहिरो खस्दा सिधा यातायात अवरुद्ध भएको छ । सडक अवरुद्ध हुँदा यात्रु ,यायायात व्यवसायी र मुक्तिनाथ जाने तिर्थयात्रीले सास्ती व्यहोर्नुपरेको छ । भने ढुवानीमा समस्या भइरहेको छ । अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको जिल्ला प्रशासन कार्यालय म्याग्दीका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले बताउनुभयो । ‘‘गयरातीदेखि परेको भारी वर्षाका कारण म्याग्दीका मुख्य सडकहरु अवररुद्ध भएका छन् । अवरुद्ध सडकहरु मर्मत गरी सिधा यातायात सुचारु गर्ने प्रयास भइरहेको छ ,’’ प्रजिअ ढकालले भन्नुभयो ।
प्रकाशित मिति: आइतबार, भदौ ९, २०८१  ०८:५३
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP