शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • फापरखेत पहिरोमा वैकल्पिक सडक र बेलिब्रिज बनाउन प्रारम्भिक अध्ययन (तस्बिर/भिडिओ)
फापरखेत पहिरोमा वैकल्पिक सडक र बेलिब्रिज बनाउन प्रारम्भिक अध्ययन (तस्बिर/भिडिओ)
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता मंगलबार, भदौ १८, २०८१
faparkhet pahiro
बेनी । म्याग्दीको बेनी–दरबाङ सडक अन्तर्गत पर्ने बेनी नगरपालिका र मंगला गाउँपालिकाको सिमानामा पर्ने फापरखेत पहिरोको विकल्पमा वैकल्पिक बेलिब्रिज र सडक निर्माणको लागि प्रारम्भिक अध्ययन भएको छ ।  फापरखेत पहिरोको विकल्पमा वैकल्पिक बेलिब्रिज र सडक निर्माणको लागि  मङ्गलवार प्रस्तावित ठाउँको स्थलगत अनुगमन गरिएको छ । जिल्लाको मंगला गाउँपालिका–३, पखेर र वडानम्बर २ स्थित सिमलचौर पुछार जोड्ने म्याग्दी नदीमाथि बेलिब्रिज तथा सडक निर्माणका लागि प्रतिनिधि सभा सदस्य खमबहादुर गर्बुजा ‘खम्बीर’, मंगला गाउँपालिकाका उपाध्यक्ष प्रेमकुमारी क्षत्री, स्थानीय जनप्रतिनिधि, राजनीतिक दल, सडक डिभिजन बागलुङका प्राविधिक र स्थानीयवासीले प्रस्तावित स्थानको प्रारम्भिक अध्ययन गरेका छन् । बेलिब्रिज निर्माणको लागि प्रस्तावित ठाउँका जग्गाधनीसँग सहमति जुटाउन गाउँपालिका र वडाका जनप्रतिनिधि, स्थानीय अगुवालाई आफूले सुझाव दिएको सांसद गर्बुजाले बताउनुभयो । सहमतिलगत्तै बेलिब्रिज र सडक निर्माणको पक्रिया अगाडि उहाँले जानकारी दिनुभयो । ‘पहिरोमा वैकल्पिक सडक र म्याग्दी नदीमाथि बेलिब्रिज निर्माण गर्न प्रारम्भिक अध्ययन भएको छ । जग्गाधनीसँग सहमति भएपश्चात् विस्तृत अध्ययन गरेर सडक र पुल निर्माणको प्रक्रिया अघि बढ्छ’ उहाँले भन्नुभयो । बेलिब्रिज बनाउने संघीय भौतिक पुर्वाधार तथा यातायात मन्त्रालय तथा मातहत महाशाखा र विभागसँग छलफल र समन्वय भैरहेको सांसद गर्बुजाले बताउनुभयो । उहाँले गएको साउनमा पनि गृहमन्त्री रमेश लेखकलाई भेटेर वैकल्पिक सडक र बेलिब्रिज निर्माणको आग्रह गर्नुभएको थियो । करिब १९ वर्षअघि सडकको मार्ग खोल्नु अघिदेखिकै पहिरो नरोकिँदा धवलागिरी, मालिका र मंगला गाउँपालिकालाई जिल्ला सदरमुकाम बेनीबजारसँग जोड्ने बेनी–दरबाङ सडकमा वर्षायाममा सीधा यातायात सेवा प्रभावित हुने गरेको छ । सामान्य वर्षा हुनेबित्तिकै खस्ने पहिरोले सडक पुरिएर सवारी आवतजावत बन्द हुने र ढुङ्गा, माटोसहितको पहिरो खसिरहने साँघुरो सडकमा जोखिम मोलेर पहिरो पार गर्नुपर्ने समस्या रहेको छ । सडक माथिबाट खस्ने पहिरोले यात्रा जोखिमपूर्ण बनिरहेको छ । फापरखेतको पहिरोमा करोडौं लगानी भएपनि भएपनि सफल नभएपछि सिमलचौर पुछार र पखेर जोड्ने म्याग्दी नदी माथि बेलिब्रिज बनाएर सडक सञ्चालन गर्न प्रस्ताव गरिएको वडा नम्बर २ का वडा अध्यक्ष धनबहादुर खाती क्षेत्रीले बताउनुभयो । वैकल्पिक सडक र बेलिब्रज निर्माणका लागि पखेरका जग्गाधनीसँग छलफल गरेर सहमती जुटाउन गाउँपालिका र वडाले पहल थाल्ने गाउँपालिका उपाध्यक्ष क्षेत्रीले बताउनुभयो । ‘फापरखेत पहिरोले सबैलाई सास्ती भएको छ, यसको विकल्पमा वैकल्पिक सडक र पुल बनाउन जग्गाधनीसँग सहमति जुटाउनको लागि गाउँपालिका र वडाले आवश्यक समन्वय तथा छलफल गर्छौं’, उहाँले भन्नुभयो । तातोपानीको फापरखेत र बरंजाको पखेर जोड्ने पक्की मोटरेबल पुलभन्दा करिब दुईसय मिटरमाथि सिमलचौर जोड्नका लागि अर्को बेलिब्रिज बनाउन लागिएको हो । सडक डिभिजन बागलुङका सव–इन्जिनियर सुरेश भण्डारीले सम्बन्धित जग्गाधनीसँग सहमति जुटेपछि विस्तृत अध्ययनको काम अघि बढ्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘मोटरेवल पुलभन्दा करिब दुईसय मिटरमाथि पखेर र सिमलचौर जाड्ने करिब ५५ मिटर लामो बेलिब्रिज र डेढसय मिटर पहुँचमार्ग बनाउन सकिने प्रारम्भिक अध्ययन गर्दा निष्कर्ष निकालेका छौं ।’ स्थलगत अनुगमनमा नेपाली कांग्रेस म्याग्दीका नेता नेत्रबहादुर महत, उपसभापतिद्वय हरिकुमार श्रेष्ठ र केबि भण्डारीलगायत पार्टीका पदाधिकारी, कांग्रेस, नेकपा एमाले र माओवादीका स्थानीय प्रतिनिधिहरु, मंगला गाउापालिकाका प्राविधिकहरु, कर्मचारी र स्थानीयवासीको उपस्थिति रहेको थियो । [embed]https://youtu.be/LBVhK83s9zc[/embed]
प्रकाशित मिति: मंगलबार, भदौ १८, २०८१  २१:३६
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP