शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • म्याग्दीका नारायण जिसी नेपाल निर्माण उद्योग परिषदको उपाध्यक्षमा निर्वाचित
म्याग्दीका नारायण जिसी नेपाल निर्माण उद्योग परिषदको उपाध्यक्षमा निर्वाचित
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बिहीबार, भदौ २०, २०८१
narayan-gc Myagdi
बेनी । म्याग्दीका निर्माण व्यवसायी नारायण जिसी नेकपा एमालेनिकट नेपाल निर्माण उद्योग परिषद् गण्डकी प्रदेशको उपाध्यक्षमा निर्वाचित हुनुभएको छ । काठमाडौंमा सम्पन्न एमालेसम्बद्ध निर्माण व्यवसायीहरुको छाता सङ्गठन नेपाल निर्माण उद्योग परिषदको पाँचौं साधारणसभा तथा तेस्रो अधिवेशनबाट जिसी उपाध्यक्ष निर्वाचित हुनुभएको हो । साधारणसभा तथा अधिवेशनले नेपाल निर्माण उद्योग परिषदको केन्द्रीय अध्यक्षमा भने दाङका बलिभद्र राना र खुल्ला उपाध्यक्षमा सुरेन्द्र पाठक चयन हुनुभएको छ । उपाध्यक्षतर्फ गण्डकीमा म्याग्दीका जिसीसँगै कोशी प्रदेशको उपाध्यक्षमा कमल गौतम, मधेशमा राम सुरत देव, बागमतीमा नारायण बडाल, लुम्बिनीमा प्रकाश शाह, कर्णालीमा लक्ष्मण प्रकाश पोखरेल र सुदुरपश्चिम प्रदेशको उपाध्यक्षमा कृष्णबहादुर साउच चयन हुनुभएको छ । यसअघि परिषदको केन्द्रीय सदस्य रहनुभएका जिसी शनिवार र आइतबार काठमाडौंमा सम्पन्न साधारणसभा तथा अधिवेशनबाट उपाध्यक्ष निर्वाचित हुनुभएको हो । म्याग्दीको एक मात्र क्रसर व्यवसायी जिसीले दुई कार्यकाल निर्माण व्यवसायी संघ म्याग्दीको नेतृत्व हाँकिसक्नुभएको छ भने हाल संघको निवर्तमान अध्यक्ष हुनुहुन्छ । जिसी म्याग्दी उद्योग वाणिज्य संघका महासचिव हुनुहुन्छ ।   नेकपा एमाले बेनी नगरपालिका कमिटीको निवर्तमान अध्यक्ष समेत रहनुभएका जिसीले अहिले पार्टीको जिल्ला कमिटी सचिवालय सदस्य एवं युवा फाँट इन्चार्जको जिम्मेवारी सम्हाल्नुभएको छ । म्याग्दीको आर्थिक, सामाजिक र राजनीतिक क्षेत्रमा क्रियाशील व्यवसायी जिसी गंगा जिसी फाउण्डेशन म्याग्दीको संस्थापक अध्यक्ष बनेर दिनदुःखी, गरिब तथा विपन्न वर्गलाई सहयोग समेत गर्दै आउनुभएको छ । म्याग्दीमा २०६५ सालदेखि जिसी क्रसर उद्योग स्थापना गरी सञ्चालन गर्दै आउनुभएका व्यवसायी जिसीले नेपाल निर्माण उद्योग परिषदको उपाध्यक्षमा निर्वाचित गराउनुहुने र सहयोग गर्नुहुने सम्पूर्णलाई धन्यवाद दिनुभयो । निर्माण व्यवसायीको सहयोगविना देशको विकास निर्माण असम्भव रहेको बताउँदै नवनिर्वाचित उपाध्यक्ष जिसीले राज्यले निर्माण व्यवसायीहरुको पक्षमा सहज वातावरण बनाउनुपर्ने माग गर्नुभयो । उहाँले जिल्लाको विकास निर्माणको लागि परिषदको तर्फदेखि आवश्यक पहल गर्ने प्रतिबद्धता समेत जनाउनुभयो ।
प्रकाशित मिति: बिहीबार, भदौ २०, २०८१  ०९:१९
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP