शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • दग्नाममा आमा समुहको बहुउद्धेश्यीय भवन उद्घाटन (तस्बिरहरु)
दग्नाममा आमा समुहको बहुउद्धेश्यीय भवन उद्घाटन (तस्बिरहरु)
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शुक्रबार, भदौ २१, २०८१
ama samuh building udghatan dagnam-myagdi
दग्नाम । म्याग्दीको रघुगंगा गाउँपालिका–४,दग्नाममा निर्माण भएको नाङ्गीदेवी आमा समुहको बहुउद्धेश्यीय भवन उद्घाटन गरिएको छ । आमा समुहकै सक्रियता तथा प्रदेश सरकार,गाउँपालिका,वडा ,विभिन्न संघ संस्था र व्यक्तीहरुको आर्थिक सहयोगमा निर्माण भएको सभाहल सहितको दुई तले भवनको शुक्रबार प्रतिनिधिसभा सदस्य सांसद खमबहादुर गर्बुजा ‘खम्बिर’ले एक कार्यक्रमका विच उद्घाटन गर्नुभयो । आर्थिक वर्ष २०७७ देखि भवन निर्माणको काम सुरु भएको थियो । सांसद गर्बुजाले तीज पर्वको शुभकामना व्यक्त गर्नुभयो । आमा समुहको अगुवाईमा बहुउद्धेश्यीय भवन निर्माण हुनु उदाहरणीय र प्रशंसनीय काम भएको बताउनुभयो । भवन निर्माण भएपछि गाउँमा सामाजिक कार्य लगायत विभिन्न कार्यक्रमहरु सञ्चालन गर्न सहज हुनेमा उहाँले विश्वास व्यक्त गर्नुभयो । ‘गाउँमा दिदिबहिनीहरुको अगुवाइमा यति ठुलो भवन निर्माण हुनु भनेको महिलाहरुले अवसर पाए उदाहरणीय काम गर्न सक्छन् यसले पनि प्रमाणित गरेको छ ,’ सांसद गर्बुजाले भन्नुभयो ,‘ हरेक परिवर्तनमा महिला दिदिबहिनीहरुको महत्वपुर्ण भुमिका रहँदै आएको छ । आमा समुहहरुलाई आगामी दिनमा पनि आवश्यक सहयोग गर्नेछु । उहाँले जिल्लामा खानेपानी ,सडक लगायत विकास निर्माणको कामले गति लिन थालेको बताउनुभयो । भवन निर्माण उपभोक्ता समिति अध्यक्ष दुर्गा गर्बुजाका अनुसार , शौचालय सहितको उक्त भवन एक करोड बढी लागतमा निर्माण भएको हो । भवन निर्माणमा आर्थिक वर्ष २०७७ ÷०७८ र २०७८÷०७९ मा सांसद गर्बुजाको पहलमा गण्डकी प्रदेश सकारबाट दश÷दश लाख रुपैयाँ गरी बीस लाख , ०७९÷८० मा गाउँपालिकाबाट दश लाख ,सोही वर्ष वडा कार्यालयबाट ५ लाख ,सोही वर्ष गण्डकी प्रदेश सरकारबाट करिब ७५ हजार रुपैयाँ मुल्य बराबरको फर्निचरका सामाग्री खरिद , ०८०÷०८१ मा वडा कार्यालयबाट तीस लाख रुपैयाँ बजेट विनियोजन भएको थियो । यसैगरी विभिन्न व्यक्तीगत सहयोग र सामाजिक कार्यहरुबाट पाँच लाख १५ हजार ,रघुगंगा हाइड्रोले पाँच लाख लगायत विभन्न कम्पनी र संस्थाहरुले आर्थिक सहयोग गरेको उपभोक्ता समिति अध्यक्ष गर्बुजाले बताउनुभयो । स्थानीय दुर्गाबहादुर पुनको परिवारले एक रोपनी जग्गा पचास हजार रुपैयाँमा आमा समुहलाई उपलब्ध गराउनुभएको थियो । कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य सांसद हरि भण्डारी,गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारी र गाउँपालिका उपाध्यक्ष प्रेमकुमारी पुनले गाउँमा आमा समुहको काम प्रशंसनीय रहेको बताउनुभयो । आगामी दिनमा पनि गाउँपालिका र प्रदेश सरकारले सहयोग गर्ने बताउनुभयो । सांसद भण्डारीले तीनै तहको सरकारको साझेदारीमा जिल्लामा विकास निर्माणको काम भइरहेको बताउँदै विकास र जिल्लाको समृद्धिका लागि सबै मिल्न आवश्यक रहेको बताउनुभयो । कार्यक्रममा  निवर्तमान गाउँपालिका उपाध्यक्ष कमला तिलिजा ,वडा नम्बर ५ का वडा अध्यक्ष मनबहादुर शेरपुञ्जा , वडा नम्बर ४ का वडा अध्यक्ष पविन गर्बुजा , दग्नाम–गलेश्वर –बेनी समाजका अध्यक्ष थप्रसाद गर्बुजाले भवन निर्माण भएपछि सबैलाई सहज भएको बताउनुभयो । आमा समुह अध्यक्ष मिनकुमारी गर्बुजाले भवन निर्माणमा सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गर्दै भवनमा हरेक समाजिक कार्य गर्न सहज हुने बताउनुभयो । भवन निर्माण गर्दा करिब तीन लाख रुपैयाँ आमा समुहलाई ऋण लागेको उहाँले बताउनुभयो । भवन निर्माणमा आमा समुहमा आवद्ध महिलाहरुले महिनौ श्रमदान गरेका थिए । साथै भवन निर्माणको काम बाहेक अन्य थप पुर्वाधार निर्माण गर्नुपर्ने भएकोले सहयोग गर्न अनुरोध गर्नुभयो । कार्यक्रममा भवन निर्माणका लागि न्युन मुल्यमा जग्गा उपलब्ध गराउने जग्गादाता र आर्थिक सहयोगीदाताहरु लाई सम्मान गरिएको छ । वडा सदस्य एवं पुर्व आमा समुह अध्यक्ष राजकुमारी गर्बुजा र आमा समुह सदस्य मैना पुनले संचालन गर्नुभएको कार्यक्रममा आमा समुह सदस्य राजकुमारी गर्बुजाले स्वागत मन्तव्य राख्नुभएको थियो । आमा समुह,जनता माविका विद्यार्थीहरुले नृत्य प्रस्तुत गरेका थिए ।     \                   
प्रकाशित मिति: शुक्रबार, भदौ २१, २०८१  २२:०८
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP