शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • मिना परियार हत्या प्रकरण : प्रेमिका भनिएका राम खत्री सहित पाँच जना विरुद्ध मुद्धा दायर
मिना परियार हत्या प्रकरण : प्रेमिका भनिएका राम खत्री सहित पाँच जना विरुद्ध मुद्धा दायर
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शनिबार, भदौ २२, २०८१
mina hatya
म्याग्दी । जिल्ला प्रहरी कार्यालय म्याग्दीले बेनी नगरपालिका–९, तोरीपानीकी १९ वर्षीय गर्भवती प्रेमिका मिना परियारको हत्या गरी गाडेका प्रेमी राम खत्रीविरुद्ध शुक्रबार जिल्ला अदालतमा ज्यान सम्बन्धी कसुरमा अभियोगपत्र दर्ता गरेको छ । गत पुस १६ गते घरबाटै वेपत्ता भएकी मिनाको साउन २७ गते घतानकै आँखेत कालीमुलको जंगलमा हत्या गरेर गाडेको अबस्थामा सडेगलेको अवस्थामा शब फेला परेको थियो ।परियारको हत्या गरेको कसुरमा उनका प्रेमी भनिने बर्ष २१ का राम खत्री सहित उनका घरपरिवारका सदस्य र आफन्त समेत गरेर पाँच जनालाई ज्यान मार्ने सम्बन्धी कसुरमा मुद्धा दायर गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायब उपरिक्षक भरत श्रेष्ठले जानकारी दिनुभयो । शुक्रवार घटनामा संलग्न भएका सबैको बयान सकेर आबश्यक प्रमाणहरु जुटाएर जिल्ला अदालतमा मुद्धा दायर भएपछि प्रहरीले पत्रकार सम्मेलन गरेर हत्या प्रकरणमा भएको अनुसंधानको विवरण सार्वजनिक गरेको हो ।पीडितको परिवारबाट परेको किटानी जाहेरीको आधारमा पक्राउ परेका राम खत्री सहित रेनु खत्री, बिक्की खत्री, रोजन खत्री र श्याम खत्रीलाई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद १२ को दफा १७७ को मागदावी सहित जिल्ला सरकारी वकिल कार्यालय मार्फत अदालतमा मुद्धा पेश गरिएको प्रनाउ श्रेष्ठले बताउनुभयो ।विवाहित पुरुष राम खत्री र अविवाहित १९ बर्षिया मिना परियारबिच प्रेम सम्वन्ध हुँदै मिना करिब ६ महिनाको गर्भवती भएपछि आफुहरुबिचको सम्बन्धलाई अन्त्य गर्न रातको समयमा हत्या गरेर जंगलमा लगेर गाडेको खत्रीले सरकारी वकिल समक्ष बयान दिएका छन् । अन्तरजातिय प्रेम सम्बन्धबाट गर्भ समेत रहन गएपछि उनीहरुबिच खटपट भएको उनीहरु दुई जनाबिच म्यासेन्जर कुराकानीमा भेटिएको थियो ।गत बर्षको पुस १६ गते आफ्नै घरबाट वेपत्ता भएकी परियारको खोजतलास गर्दा समेत अत्तोपत्तो नभएपछि घररिवारले उनैका प्रेमी भनिएका राम खत्री विरुद्ध व्यक्ति वेपत्ता पार्ने विरुद्धको कसुरमा जाहेरी दिएका थिए । उक्त कसुरमा खत्रीलाई जिल्ला अदालतले फागुन १७ गते मुद्धा पुर्पक्षका लागि कारागार चलान गरेको थियो । अहिले गाउँमै वेपत्ता परियारको सब जंगलमा गाडेको र सडेगलेको अवस्थामा फेला परेपछि खत्रीलाई कारागारबाट झिकाएर हत्या अभियोगमा बयान लिइएको थियो । पटक पटकको बयानमा हत्या आरोप स्विकार नगरेपछि प्रहरीले अनुसंधानको क्रममा पोलिग्राफ परिक्षण र कल डिटेल र डिएनए परिक्षण समेत गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक राजन रायमाझिले जानकारी दिनुभयो । हत्याका मुख्य अभियुक्त राम खत्री यस अघि २०७६ साल फागुनमा बेनी नगरपालिका–५, पुलाडाँडामा भएको घटनामा ज्यान मार्ने उद्योगमा ४२ दिन हिरासत बसेर नाबालक भएकाले हिरासतमुक्त भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । ्मिनाको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै बेनीमा दलित अधिकारकर्मीहरुले निरन्तर आन्दोलन गर्दै आएका थिए ।  
प्रकाशित मिति: शनिबार, भदौ २२, २०८१  ०८:४८
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP