शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • पहिरोले अवरुद्ध बेनी–दरबाङ सडकमा सिधा यातायात सुचारु
पहिरोले अवरुद्ध बेनी–दरबाङ सडकमा सिधा यातायात सुचारु
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शनिबार, भदौ २२, २०८१
म्याग्दी । वर्षासँगै पहिरो खसेर शुक्रवार बिहानैदेखि अवरुद्ध बनेको म्याग्दीको बेनी–दरबाङ सडक पुनः सञ्चालनमा आएको छ । सडकखण्ड अन्तर्गत विभिन्न चार ठाउँमा खसेको पहिरो पन्छाएपछि आज बिहानदेखि सडक सुचारु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।बेनी–दरबाङ सडकखण्डको बेनी नगरपालिका र मंगला गाउँपालिकाको सिमानामा पर्ने घुमाउनेभीर, मंगला–२ को सिम र लाम्पाटा तथा मालिका–६, दरबाङको बाङ्गेभीर क्षेत्रमा खसेको पहिरो पन्छाएर सडक खुलाइएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका  सुचना  अधिकारी प्रहरी निरीक्षक राजन रायमाझीले जानकारी दिनुभयो । सडक खुलेसँगै बीच सडकमा रोकिएका सवारीसाधनहरु आ–आफ्नो गन्तव्यतर्फ लागेको उहाँले बताउनुभयो । पूर्वाधार विकास कार्यालय म्याग्दीसँगको समन्वयमा जेसिभी मेसिनलगायत इक्वीपमेन्टको प्रयोग गरेर सडकभन्दा माथिबाट खसेको ढुङ्गा, माटो र गेगरसहितको पहिरो पन्छाएपछि सडक खुलेको हो । बिहीबार राति परेको वर्षाको कारण पहिरो खसेर सडक बन्द भएपछि तिज मनाउन आवतजावत गर्ने सर्वसाधारण तथा यात्रुलाई यात्रा गर्न सास्ती भएको थियो । वर्षात्को समयमा बेनी–दरबाङ सडकखण्डको घुमाउनेभीर र बाङ्गेभीर क्षेत्रमा वर्षालगत्तै पहिरो खसेर सडक बन्द हुनुका साथै यात्रा जोखिमपूर्ण हुने गरेको छ । म्याग्दी सदरमुकाम बेनीदेखि दरबाङसम्म कुल २४ किलोमिटर दूरीको बेनी–दरबाङ सडक पश्चिम म्याग्दीको लाइफलाइन मानिन्छ । यो सडकले पश्चिम म्याग्दीको मंगला–मालिका र धवलागिरि गाउँपालिकालाई जिल्ला सदरमुकाम बेनीबजारसँग जोड्ने काम गर्छ । म्याग्दीको पश्चिम भेगका तीनवटा पालिका हुँदै जलजला–गूर्जाघाट–ढोरपाटन भएर पूर्वी रुकुमलाई जोड्ने बेनी–दरबाङ सडक रणनीतिक महत्वको साथ अगाडि बढाइएको छ । छिमेकी जिल्ला बागलुङको पश्चिमी क्षेत्रका सर्वसाधारणहरुले समेत बेनी–दरबाङ सडक प्रयोग गर्छन् । बागलुङ–बुर्तिबाङ हुँदै पूर्वी रुकुम जोड्ने मध्यपहाडी लोकमार्गको विकल्पमा म्याग्दीको बेनी–दरबाङ सडक रहेको छ । यता हिमालपारीको जिल्ला मुस्ताङलाई जोड्ने बेनी–जोमसोम सडक सडक भने शुक्रवार साँझदेखि नै पुनः सञ्चालनमा आएको छ । बेनी–जोमसोम–कोरला सडकखण्ड अन्तर्गत म्याग्दी क्षेत्रको विभिन्न पाँच ठाउँमा खसेको पहिरो पन्छाएर सडक खुलाइएको थियो । राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरअन्तर्गत पर्ने बेनी–जोमसोम–कोरला सडक गण्डकी प्रदेशको लाइफलाइन मानिन्छ । उत्तर र दक्षिणका दुई छिमेकी मुलुक चीन र भारत जोड्ने बेनी–जोमसोम–कोरला सडक नेपालको सबैभन्दा छोटो दूरीमा रहेको छ ।
प्रकाशित मिति: शनिबार, भदौ २२, २०८१  २०:४९
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP