शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • अन्नपूर्ण गाउँपालिकामा घरमै प्रसूति हुनेको संख्या शून्य
अन्नपूर्ण गाउँपालिकामा घरमै प्रसूति हुनेको संख्या शून्य
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बुधबार, भदौ २६, २०८१
annapurna
बेनी। संविधानले नै महिलाको सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्यसम्बन्धी अधिकार उल्लेख गरेको भए पनि दूरदरारमा रहेका महिलाहरूले भने यसको प्रत्यक्ष लाभ लिन सकेका छैनन्। गर्भवतीले स्वास्थ्य संस्थामै आएर चार पटक गर्भ जाँच गर्नुपर्ने चिकित्सकहरू बताउँछन्।भौगोलिक विकटता र स्वास्थ्य संस्थाको पहुँच सरल रूपमा हुन नसक्दा स्वास्थ्य संस्थामै आएर गर्भ जाँच्न र बच्चा जन्माउन इच्छुक गर्भवती महिला स्वास्थ्य संस्था पुग्नुअगावै बाटामै बच्चा जन्माउन बाध्य छन् भने कति महिलाहरुले बच्चा जन्माउन नसकेर अकालमै ज्यान गुमाउनुपरेका घटना पनि यदाकदा सुन्नमा आउँछन्।म्याग्दीको अन्नपुर्ण गाउँपालिकामा भने अवस्था फेरिएको छ। गाउँपालिकामा घरमा सुत्केरी हुनेको संख्या शून्यमा झरेको छ भने गर्भावस्थामा ज्यान गुमाउनेको संख्या पनि शून्यमा झरेको छ।घरमै बच्चा जन्माउँदा आमा र बच्चाको ज्यान खतरामा पर्नुका साथै महिलाहरुमा विभिन्न समस्याले सुत्केरीपछि सताइरहने हुँदा घरमै सुत्केरी हुनेको संख्या शून्य बनाइएको हो ।जोखिमयुक्त प्रसुतिका कारण हुने जोखिम न्युनीकरण गरि बच्चा र आमाको स्वास्थ्यमा सुधार ल्याउन ‘होम डेलीभरी’ शून्य बनाइएको स्वास्थ्य शाखाका प्रमुख समुन्द्र बरुवालले बताउनुभयो । ‘अन्नपूर्णका सबै गर्भवतिहरुले पछिल्लो एक वर्षयता स्वास्थ्य संस्थामा पुगेर दक्ष स्वास्थ्यकर्मीबाट प्रसुति सेवा लिएका छन्,’उहाँले भन्नुभयो ‘होम डेलभिरी शून्य पालिकालाई कायम राख्नका लागि सचेतनामुलक कार्यक्रमलाई निरन्तरता दिएका छौ ।’ अन्नपूर्ण गाउँपालिकामा आर्थिक वर्ष २०८०/०८१ मा शत प्रतिशत ९१ जनाले सुरक्षित प्रसुति सेवा लिएका स्वास्थ्य शाखा प्रमुख बरुवालले बताउनुभयो । आव २०७९/०८० मा सुत्केरी भएका १३९ जनामध्ये एक सय ३५ जनाले संस्थागत प्रसूति सेवा लिदाँ एक जना घरमै सुत्केरी भएका र चार जनाले मृत बच्चा जन्माएका थिए । आव २०७८/७९ मा अन्नपूर्ण गाउँपालिकामा एक सय २७ जनाले संस्थागत प्रसूति सेवा लिएका थिए । घरमा असुरक्षित प्रसूति हुने र नियमित गर्भ परीक्षण नगराउने समस्या हटाउन अन्नपूर्ण गाउँपालिकाले ‘आमासँग जनप्रतिनिधि’ कार्यक्रम सञ्चालन गरेको छ । तोकिएको समयमा नियमित गर्भ परीक्षण र संस्थागत प्रसूति सेवामा पहुँच बढाएर मातृ शिशु मृत्युदर घटाउन, स्वास्थ्य र पोषण सुधार गर्न कार्यक्रम प्रभावकारी बनेको उपाध्यक्ष दिवा तिलिजा पुनले बताउनुभयो । ‘गर्भवती र सुत्केरीलाई अण्डा, भाले, घ्यू, सर्वोत्तम पिठो र न्यानो कपडा वितरण गर्न गत आर्थिक वर्षमा आमासँग जनप्रतिनिधि कार्यक्रमका लागि सात लाख रुपैयाँ बजेट विनियोजन भएको थियो,’ उहाँले भन्नुभयो ‘यस वर्ष उक्त कार्यक्रमलाई चार लाख रुपैयाँ सहित स्वास्थ्य सम्बन्धी कार्यक्रममा ९१ लाख रुपैयाँ बिनियोजन भएको छ ।’तोकिएको मितिमा चार पटक गर्भ परीक्षण गर्दा हरेक पटक एक÷एक क्रेट अण्डा र संस्थागत प्रसूति हुनेलाई जनप्रतिनिधि र स्वास्थ्यकर्मी घरमै पुगेर एउटा कुखुराको भाले र आधा लिटर घ्यू दिने गरेका छन् । सुत्केरी भएपछि पनि तीन पटक सुत्केरी जाँच गर्नेलाई थप एक क्रेट अण्डा, एक किलोग्राम सर्वोत्तम पिठो र बच्चालाई न्यानो कपडा दिने गरिएको छ ।उपहार दिन थालिएपछि गर्भ परीक्षण गराउने र संस्थागत प्रसुति सेवा लिने दर शत प्रतिशत भएको हो । नियमित गर्भ र सुत्केरी परीक्षण गराउँदा आमा र बच्चाको स्वास्थ्य अवस्था तथा समस्या पहिचान गरेर जोखिमको व्यवस्थापन गर्न सहज भएको घार स्वास्थ्य चौकीका प्रमुख बिमला केसीले बताउनुभयो ।‘गर्भवती र सुत्केरीको खानपान, सरसफाइ र स्याहारसुसारमा जागरण आएको छ,’ उहाँले भन्नुभयो ‘गर्भवती र सुत्केरीलाई उपहार दिइने अण्डा, घ्यू, सर्वोत्तम पिठो र भाले स्थानीय उत्पादन प्रयोग गरिएको छ ।’आठ वडा रहेको अन्नपूर्णको दोवा, दाना र नारच्याङबाहेक भुरुङ–तातोपानी, शिख, घार, हिस्तान र राम्चेका स्वास्थ्य संस्थामा प्रसूति केन्द्र छन् । वडा नम्बर ५ मा पर्ने पाउद्वारको सामुदायिक स्वास्थ्य एकाइमा पनि प्रसूति केन्द्र सञ्चालन भएको छ ।
प्रकाशित मिति: बुधबार, भदौ २६, २०८१  १२:०५
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP