शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • कांग्रेसद्धारा पर्वतकाे जलजला गाउँपालिकालाई सम्मान
कांग्रेसद्धारा पर्वतकाे जलजला गाउँपालिकालाई सम्मान
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शुक्रबार, भदौ २८, २०८१
459602067_2632296343642988_435915364191758734_n
बेनी । स्थानीय तहको संस्थागत क्षमता स्व–मूल्याङ्कन (लिजा) मा आर्थिक वर्ष २०७९र८० मा पर्वतको जलजला गाउँपालिका गण्डकी प्रदेशमा दोस्रो र पर्वत जिल्लामा प्रथम बनेपछि नेपाली कांग्रेसका सभापति लगायतबाट सम्मानित भएको छ ।नेपाली कांग्रेसको नेतृत्वमा रहेको गाउँपालिकाले प्रदेश र जिल्लामा उत्कृष्ट नतिजा ल्याएपछि गाउँपालिकाका अध्यक्ष राजु प्रसाद आचार्यलाई नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेर बहादुर देउवा, नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापा लगायतले काठमाडौँमा आयोजित एक कार्यक्रममा सम्मान गर्नभएको हो। वी.पी. स्मृति भवन, वी.पी.नगर, सानेपा, ललितपुरमा नेपाली कांग्रेसको स्थानीय तह समन्वय विभागले राखेको कार्यक्रममा अध्यक्ष आचार्यलाई कांग्रेसको नेतृत्वमा रहेको स्थानीय तहले गरेको उत्कृष्ट कामहरूको प्रशंसा गर्दै आगामी दिनमा अझै उत्कृष्ट कामहरूको लागि शुभकामना दिइएको थियो । जिल्लामा प्रथम र प्रदेशमा दोस्रो स्थानमा आउनको लागि गाउँ कार्यपालिकाको समूहले एक ढिक्का भएर गरेको कामको पनि नेपाली काँग्रेसले प्रशंसा गरेको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गरेको संस्थागत क्षमता स्वमूल्याङ्कनमा पर्वतको जलजला गाउँपालिका पर्वतका सात पालिका मध्ये प्रथम र गण्डकी प्रदेशमा दोस्रो भएको छ । आर्थिक वर्ष ०७९र०८० मा गरेको मूल्याङ्कनमा जलजला गाउँपालिले ८६ अङ्क प्राप्त गर्दे गण्डकी प्रदेशभरमा दोस्रो भएको हो । मन्त्रालयले गाउँ÷नगरपालिकाको कार्य प्रक्रिया र उपलब्धिको लेखाजोखा गरी शासकीय प्रक्रिया र विकास व्यवस्थापनमा गर्नुपर्ने सुधारका क्षेत्रहरू पहिचान गर्ने,आवधिक समीक्षाको आधार प्राप्त गर्ने र स्थानीय सरकारबिच स्वस्थ प्रतिस्पर्धाको भावना जागृत गराउने उद्देश्यले स्थानीय तह संस्थागत क्षमता मूल्याङ्कन गर्ने गरेको छ । सामान्य प्रशासन मन्त्रालयले प्रकाशित नतिजा अनुसार जलजलाले शासकीय प्रबन्धमा ८.५, सङ्गठन तथा प्रशासनमा ८,वार्षिक बजेट तथा योजना तर्जुमा व्यवस्थापनमा ५.७५,वित्तीय एवम् आर्थिक व्यवस्थापनमा १०,सेवा प्रवाह १३.७५,न्यायिक कार्यसम्पादनमा ६,भौतिक पूर्वाधारमा ११.५,सामाजिक समावेशीकरणमा १०,वातावरण संरक्षण तथा विपद् व्यवस्थापनमा ८.५ र सहकार्य र समन्वयमा ४ अङ्क प्राप्त गरेको छ । मन्त्रालयले हरेक वर्ष गाउँपालिका तथा नगरपालिकाहरुले सञ्चालन गरेका कार्यक्रम, बजेटको अवस्था, पालिका स्थित विषयगत समितिहरूको कामकारबाही र अवस्था, सम्बन्धित पालिकाहरूमा बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्तिको अवस्था तथा लक्षित समुदायका सञ्चालित कार्यक्रमहरूको मूल्याङ्कन गरेर नतिजा प्रकाशन गर्दछ ।
प्रकाशित मिति: शुक्रबार, भदौ २८, २०८१  १८:५७
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP