शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • अन्तर विद्यालय स्तरीय थाली नाच प्रतियोगितामा बेनी आवासीय मावि प्रथम
अन्तर विद्यालय स्तरीय थाली नाच प्रतियोगितामा बेनी आवासीय मावि प्रथम
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शनिबार, भदौ २९, २०८१
459680265_1533035120651795_7310123540367247495_n
बेनी । थाली नाच प्रतियोगितामा बेनी स्थित बेनी बोर्डिङ आवासीय मावि प्रथम भएको छ । म्याग्दीमा पहिलोपटक आयोजित अन्तर विद्यालयस्तरीय थाली नाच प्रतियोगिता शनिबार सम्पन्न भएको हो । सामाजिक विकास कार्यालय म्याग्दी र म्याग्दी जेसिजले आयोजना गरेको प्रतियोगितामा माउण्ट एभरेष्ट आवासीय मावि द्धितिय, डनिङ आवासीय मावि बावियाचौर तृतिय भएका छन् । प्रतियोगितामा दश विद्यालयले सहभागिता जनाएका थिए । थाली नाचमा नयाँ पुस्ताको आर्कषण बढाउने उद्धेश्यले आयोजित प्रतियोगिताका प्रथम, द्धितिय र तृतिय हुने विद्यालयले क्रमश १५ हजार, १० हजार र ५ हजार रुपैयाँ  नगद सहित ट्रफी र प्रमाणपत्र प्राप्त गरेका छन् । गण्डकी प्रदेश सभा सदस्य एवम् पूर्वमन्त्री रेशमबहादुर जुग्जाली, प्रदेशसभा सदस्य हरि भण्डारी, कार्यालय प्रमुख रमेश थापा,नेपाल जेसीजका पूर्व राष्ट्रिय अध्यक्ष धनञजय कुमार श्रेष्ठ, अध्यक्ष दिनेश बानियाँ, लोकप्रिय गायिका मन छन्त्याल श्रेष्ठ,म्याग्दी जेसीजका प्रतियोगिता संयोजक डिके चोचाङ्घी पुन लगायतले सम्मान गरेका थिए । म्याग्दीको सांस्कृतिक पहिचान बनेको थाली नाचको उद्गम थलो जिल्लाको रघुगंगा गाउँपालिका–७,स्थित चिमखोला गाउँ हो । चिमखोलामा सर्बप्रथम थाली नाचको सृजना भारतीय सेनाबाट अवकाश प्राप्त स्वर्गीय हवल्दार थमान पुन मगरले गर्नुभएको इतिहास रहेपनि यसको थप प्रचार र नाचलाई जीवन्त बनाउने श्रेय हिरामाया पुन मगरलाई जान्छ । पछिल्लो समय लोकप्रिय थाली नाच युवा पुस्ताको समेत आकर्षण बनेको छ । भिडिओ हेर्नुहोस् [embed]https://youtu.be/mryM3FyEOv8[/embed] आकर्षक तर सावधानीपूर्वक नाचिने थाली नृत्यको मौलिकता पुस्तान्तरण गर्न जिल्लामा तालिमहरु समेत सञ्चालन गरिँदै आएको छ । हातमा थाल राखेर नचाउने भएकाले यस नृत्यलाई ‘थाली नाच’ नामकरण गरिएको हो । म्याग्दी सहित देशका विभिन्न ठाउँमा हुने मेला महोत्सव, सम्मेलन लगायत हरेक कार्यक्रममा समेत थाली नाच देखाउने गरिएको छ । गीतको लय र शब्दसँगै हातमा थाल राखेर नाचिने थाली नृत्यलाई म्याग्दीलीहरुले देशभित्र मात्र नभई विदेशमा पनि पुर्याएका छन् । बि।सं। २०१३ सालमा स्वर्गीय हवल्दार थमानले गाउँमा थाली नाच प्रस्तुत गर्नुभएको थियो भने । पछि बि।सं। २०२८ सालमा हिरामायाले पञ्चेबाजाको तालमा थाली नृत्य प्रस्तुत गर्नुभएको थियो । बि.सं.२०४४ सालमा काठमाडौँमा भएको सार्क सम्मेलनमा प्रदर्शन गरेपछि थाली नाचको राष्ट्रिय र अन्तर्राष्ट्रियकरण भएको हो । धनकुमारी थापासहितका ४ जनाको टोलीले बि.सं. २०४२ मा वीरगन्जमा भएको तेस्रो राष्ट्रिय लोकनृत्य प्रतियोगितामा सामूहिक थाली नृत्य प्रस्तुत गरेर प्रथम स्थान हासिल गर्नुभएको थियो ।        
प्रकाशित मिति: शनिबार, भदौ २९, २०८१  २०:४३
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP