शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • नयाँ स्वरुपमा म्याग्दी चिनाउने ‘बेनीको बजार’ र ‘पानी खायो बाघैले’(भिडिओ/तस्बिर)
नयाँ स्वरुपमा म्याग्दी चिनाउने ‘बेनीको बजार’ र ‘पानी खायो बाघैले’(भिडिओ/तस्बिर)
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता आइतबार, भदौ ३०, २०८१
IMG_3973
बेनी । म्याग्दीलाई चिनाउने दुई पूराना लोकप्रिय गीत नयाँ भर्सनमा पुनर्निर्माण गरी शनिबार सार्वजनिक गरिएको छ । म्याग्दी जेसिज र सामाजिक विकास कार्यालयको आयोजना ‘बेनीको बजार, जता माया उतै छ नजर’ र ‘पानी खायो बाघै’ले बोलको म्यूजिक भिडियोको गण्डकी प्रदेश सभाका सदस्य रेशम जुग्जाली, सर्जक तथा गायिका मन छन्त्याल र जेसीका शाखा अध्यक्ष बानियाँले संयुक्त रूपमा विमोचन गर्नुभयो । भिडिओ हेर्नुहोस् [embed]https://youtu.be/mryM3FyEOv8[/embed] बेनीको बजारमा गायक रामचन्द्र काफ्ले र गायिका समीक्षा अधिकारीको आवाजमा रहेको छ भने ‘पानी खायो बाघै’ गीतमा गायक खड्क गर्बुजा,मीना गर्बुजा, निता पुन, मिरा मगरको स्वर रहेको छ । दुबै गीतको म्यूजिक भिडियोको निर्देशन कार्यक्रम संयोजक डिके चोचाङ्घी मगरले बताउनुभयो ।युवाको नेतृत्व र व्यक्तित्व विकाससँगै कला, संस्कृतिको संरक्षण र संवर्द्धनमा सक्रिय हुँदै आएको म्याग्दी जेसीजले गीतका सर्जकको परिवारबाट अनुमति लिएर गीतलाई नयाँ रूपमामा छायाङ्कन गरी पुनर्निर्माण गरिएको र यूटुबबाट आउने सबै रोयल्टी सर्जकलाई दिने संयोजक चोचाङ्घी मगरको भनाइ छ । याे पनि‍‍‍‍‍... [embed]https://myagdinews.com/2024/09/77709/[/embed] स्वर्गीय टिकाबहादुर श्रेष्ठले शब्द संकलन र उक्त गीतमा सर्जक श्रेष्ठ र उहाँको श्रीमती मन छन्त्यालसँगै गाएको गीतको पुनः ताजकी गर्न र स्रष्टालाई सम्मान गर्न पुरानो वास्तविक गीतसँगै नयाँ शब्द सङ्कलन समेत गरेर बेनीको बजार गीतलाई सदरमुकाम बेनीबजारको बिरेन्द्रचोक, लभ्लीहिल, गलेश्वरधाम लगायतका क्षेत्रमा छायाङ्कन गरिएको छ ।उक्त गीतमा गम्भीर विष्ट र अञ्जली अधिकारीले अभिनय गरेको म्युजिक भिडियोमा म्याग्दीका करिब ४५ भन्दाबढी कलाकारहरूले नृत्य र अभिनय गरेका छन् । विसं २०१९ फागुन ७ गते प्रजातन्त्र दिवसका दिन काठमाडौँको राष्ट्रिय नाचघरमा पहिलो पटक रचनाकार श्रेष्ठ दम्पतीले ‘बेनीको बजार, जता माया उतै छ नजर’ बोलको गीत गाउनुभएको थियो । उक्त कार्यक्रममा तत्कालीन १४ अञ्चलबाट आएका कलाकारलाई उछिनेर श्रेष्ठ दम्पतीको गीत प्रथम भएको थियो । म्याग्दी जेसीजले जिल्लाका लोकप्रिय गायक खड्क गर्वुजाको पानीखायो बाघैले बोलको सालैजो गीतको समेत नयाँ म्युजिक भिडियो तयार गरेको थियो । दुवै गीत र म्युजिक भिडियो पुनर्निर्माणमा करिब ९ लाख खर्च भएको छ । सालैजो गीतको बेनी नगरपालिका–१, अर्जममा छायाङ्कन गरिएको छ ।शेखर पुन र मिलन थापा मगरले अभिनय गरेको उक्त म्युजिक भिडियोको छायाङ्कन सन्तोष पिठाकोटे मगरले गर्नुभएको छ । दुबै गीतमा स्थानीय कलाकार र जेसीजका सदस्यहरुले समेत अभियन गरेका छन् । दुबै गीत संविधान दिवसका अवसर पारेर युट्युबबाट सार्वजनिक गरिने छ । उक्त बिमोजन कार्यक्रममा म्याग्दी जेसीजका पूर्व अध्यक्ष विनय श्रेष्ठले सर्जकको परियच सहित गीतको पृष्ठभुमीको चर्चा गर्नुभएको थियो ।
प्रकाशित मिति: आइतबार, भदौ ३०, २०८१  २१:१३
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP