शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • पौलस्त्य माविमा देवीदत्त पाैडेल स्मृति कोषद्धारा छात्रवृत्ति र शैक्षिक सामग्री वितरण (तस्बिरहरु)
पौलस्त्य माविमा देवीदत्त पाैडेल स्मृति कोषद्धारा छात्रवृत्ति र शैक्षिक सामग्री वितरण (तस्बिरहरु)
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता सोमबार, भदौ ३१, २०८१
IMG_4117
बेनी । म्याग्दीको बेनी नगरपालिका–५,भीरमुनि स्थित पौलस्त्य माध्यमिक विद्यालयमा स्थापित देवीदत्त पौडेल स्मृति कोषले विद्यालयमा अध्ययनरत छात्रवृत्ति र शैक्षिक सामग्री वितरण गरेको छ । सोमबार विद्यालयमा आयोजित एक कार्यक्रमका विच कोषले छात्रावृत्ति , प्रथम त्रैमासिक परिक्षामा प्रथम द्धित्तिय र तृतिय हुने  विद्यार्थीलाई पुरस्कार र अन्य सबै  विद्यार्थीलाई  शैक्षिक सामग्री वितरण गरेको हो । स्वर्गीय देवीदत्त पाैडेलका सन्ततीहरु  मुख्य न्यायाधिवक्ता चिरञ्जीवि शर्मा पाैडेल लगायतले  स्थापना गर्नुभएको उक्त कोषबाट प्राप्त ब्याजले दुई जना विद्यार्थीलाई नगद सहित सम्मानपत्रले पुरस्कृत गरेको छ । मुख्य नायाधिवक्ता शर्मा पौडेलले गत वर्ष कक्षा आठ  नगरपालिका स्तरीय वार्षिक परिक्षामा  प्रथम हुनुभएका कक्षा ९ मा अध्ययनरत विनम बानियाँ र गत वर्षको एसईई उत्तिर्ण गरी सोही विद्यालय कक्षा ११ मा अध्ययनरत जेहेन्दार विद्यार्थी सरण किसानलाई जनही दुई हजार नगद सहित सम्मानपत्रले पुरस्कृत गर्नुभयो । त्यसैगरी २०८१ काे प्रथम त्रैमासिक परिक्षामा प्रथम ,द्धित्तिय र तृतिय हुने विद्यार्थीलाई पुरस्कार स्वरुप कापी रकलम तथा  विद्यालयमा अध्ययनरत अन्य सबै विद्यार्थीलाई कापी र कलम सहित शैक्षिक सामग्री वितरण गरिएको थियो । छात्रवृत्ति ,पुरस्कार र शैक्षिक सामग्री वितरण गर्दै मुख्य नायाधिवक्ता शर्माले विद्यालयमा अध्ययनरत गरिब,जेहेन्दार विद्यार्थीको अध्ययनमा सहयोग पु¥याउने उद्धेश्यले कोष स्थापना गरिएको बताउनुभयो । स्वर्गीय देवीदत्त पौडेल मुख्य नायाधिवक्ताका हजुबुवा हुनुहुन्छ । मुख्य न्यायाधिवक्ता शर्मा पौडलले आफुले बाह्रखरी पढेको विद्यालयमा सहयोग गर्न पाएकोमा खुशी व्यक्त गर्नुभयो । उहाँले विद्यालयमा भौतिक पुर्वाधार निर्माण तथा अध्ययनरत विद्यार्थीको पठनपाठनमा आफु र कोषले सक्दो सहयोग गर्ने बताउनुभयो । मुख्य न्यायाधिवक्ता शर्मा पौडलले सरकारले शिक्षा ,स्वास्थ्य ,पुर्वाधार विकासका क्षेत्रलाई प्राथमिकता दिएर नीति तथा कार्यक्रम र बजेट विनियोजन गर्नुपर्नेमा जोड दिनुभयो ।मुख्य न्यायाधिवक्ता शर्मा पौडलले गाउँको विकास र समृद्धिका लागि सबै मिलेर काम गर्नुपर्ने बताउनुभयो । मुख्य न्यायाधिवक्ता कार्यालय प्रमुख लालप्रसाद लामिछानेले गुणस्तरीय शिक्षाका लागि विद्यालयको वातावरण र शिक्षक सँगै अभिभावकको महत्वपुर्ण भुमिका हुने बताउनुभयो । विद्यालयका प्रअ प्रेमबहादुर बानियाँका अनुसार अनुसार विद्यालयको अक्षयकोषमा अहिलेसम्म करिब १२ लाख रुपियाँ सहयोग प्राप्त भएको र उक्त अक्षयकोषबाट प्राप्त ब्याजको रकमले विद्यार्थीलाई पोशाक ,पुरस्कार ,शैक्षिक सामग्री वितरण गरिँदै आएको छ । उहाँले विद्यालयमा भवन लगायत भौतिक पुर्वाधारको कमी हुँदा समस्या हुने गरेको बताउनुभयो ।  देवीदत्त  पाैडेलका  मुख्य न्यायाधिवक्ता शर्मा पाैडेल लगायत सन्ततीहरुले करिब डेढ लाखको देवीदत्त पौडेल स्मृति कोष स्थापना गरेको र आगामी दिनमा कोष बढाउँदै लैजाने कोष सञ्चालक समितिका अध्यक्ष यज्ञदत्त पौडेलले बताउनुभयाे ।   कोष सञ्चालक समितिका अध्यक्ष पौडेलको अध्यक्षता,विद्यालयका प्रअ प्रेमबहादुर बानियाँले स्वागत मन्तव्य  र  धौलागिरी मावि सिंगाका शिक्षक रमेश पौडेलले संचालन गर्नुभएकाे कार्यक्रममा अभिभावकहरुको तर्फबाट खड्गबहादुर नेपाली ,सहायक प्रअ देविप्रसाद शर्मा ,शिक्षक गजिन्द्र श्रेष्ठ ,चन्दादाता मुक्ती खड्का ,छिमेकी विद्यालय थाकनपोखरी आधारभुत विद्यालयका प्रअ चन्द्रमणी पौडेल ,विद्यालय व्यवस्थापन समितिका सल्लाहकार नविनप्रकाश बानियाँ लगायतले बोल्नुभएको थियो । सोही अवसरमा समुदायमा मुख्य न्यायाधिवक्ता कार्यक्रम समेत सम्पन्न भएको छ । कार्यक्रममा विद्यार्थीहरुले नृत्य प्रस्तुत गरेका थिए । सोही अवसरमा समुदायमा मुख्य न्यायाधिवक्ता कार्यक्रम समेत सम्पन्न भएको छ । वि.सं. २०१४ सालमा स्थापित विद्यालयमा कक्षा १२ सम्म पठनपाठन हुँदै आएको छ । भने एक सय १६ जना विद्यार्थी अध्ययनरत छन् ।  विद्यालयले मुख्य न्यायाधिवक्ता शर्मा पाैडेलाई दोसल्ला ओढाएर सम्मान गरेको थियो ।    
प्रकाशित मिति: सोमबार, भदौ ३१, २०८१  २०:०७
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP