शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • संविधान दिवसमा बेनी बजार सरसफाई
संविधान दिवसमा बेनी बजार सरसफाई
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बुधबार, असोज २, २०८१
IMG_4210
बेनी  । संविधान दिवसको अवसरमा म्याग्दी सदरमुकाम बेनी बजार सरसफाई गरिएको छ । गत भदौ २५ गते जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापाको अध्यक्षतामा बसेको सरोकारवालाहरुको बैठकले असोज २ देखि ४ गते सम्म संविधान दिवसलाई विभिन्न कार्यक्रमहरु गरेर मनाउने निर्णय गरेको थियो । सोही निर्णय अनुसार संविधान दिवस तथा राष्ट्रिय दिवस जिल्ला स्तरीय कार्यक्रम आयोजक समितिको आयोजना र म्याग्दी उद्योग वाणिज्य सङ्घको व्यवस्थापनमा बुधबार बिहान करिब साढे सात बजेदेखि बजार सरसफाई गरेको हो । जिसस प्रमुख थापा , बेनी नगर प्रमुख सुरत केसी , प्रमुख जिल्ला अधिकारी लक्षमण ढकाल , म्याग्दी उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुविन श्रेष्ठ , सुरक्षाकर्मी , कर्मचारी लगायत स्थानीय बासीको सहभागिता रहेको थियो । कालिपुल बसपार्क देखि मंकाखलको भवन कालिगण्डकी नदी र म्याग्दी खोलाको सङ्गम स्थल बेनी दरबाङ बसपार्क सडक हुँदै बजार क्षेत्र सरसफाई गरिएको छ ।जिल्लामा विभिन्न कार्यक्रमहरु गरेर संविधान दिवस २०८१ मनाइने भएको छ । बैठकले असोज २ गते देखि ४ गते सम्म सबै सरकारी कार्यालयहरुमा विशेष सरसफाई गर्ने निर्णय गरेको थियो । असोज ३ गते विहान ७ बजे विरेन्द्रचोकमा जम्मा भई प्रभातफेरी गर्ने र साँझ सामाजिक विकास कार्यालय र मिलन म्याग्दीको संयोजनमा दिप प्रज्वलन गर्ने कार्यक्रम तय गरिएको छ ।गाउँपालिकाहरुलाई स्थानीय पालिका प्रमुखको संयोजकत्वको संविधान दिवस तथा राष्ट्रिय दिवस कार्यक्रम आयोजक समिति मार्फत विभिन्न कार्यक्रम गरिने भएको छ । सङ्घ,प्रदेश तथा स्थानीय तहका सम्पूर्ण सरकारी कार्यालय,निकाय,प्रतिष्ठान,सङ्घ संस्थामा मर्यादापूर्वक राष्ट्रिय झण्डा फहराउने तथा असोज २,३ र ४ गते घरघरमा साँझ दिप प्रज्वलन गरेर संविधान दिवस मनाउने अनुरोध समेत गरिएको छ । स्थानीय विद्युतीय तथा छापा संचार माध्यम मार्फत संविधान दिवस तथा राष्ट्रिय दिवससँग सम्बन्धित विभिन्न सन्देश तथा कार्यक्रमहरु उत्पादन,प्रकाशन तथा प्रशारण गर्न नेपाल पत्रकार महासङ्घ म्याग्दी शाखा मार्फत संचारगृह तथा पत्रकारहरुलाई अनुरोध गरिएको छ । यसैगरी सामाजिक तथा शैक्षिक सङ्घ संस्थाहरुले संविधान दिवस रचनात्मक कार्यक्रमहरु गर्न अनुरोध गरिएको जिससले जनाएको छ ।  
प्रकाशित मिति: बुधबार, असोज २, २०८१  १२:४१
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP