शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
समाचार
  • गृहपृष्ठ
  • बेनीमा राष्ट्रिय शिक्षा दिवस मनाइयो
बेनीमा राष्ट्रिय शिक्षा दिवस मनाइयो
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बुधबार, असोज २, २०८१
IMG_4249
बेनी । म्याग्दीको बेनी नगरपालिकाले विविध कार्यक्रमको आयोजना गरि राष्ट्रिय शिक्षा दिवस मनाएको छ । ’ज्ञान, विज्ञान, सीप, उद्यम र मौलिकताः साझेदारी र प्रणालीगत सक्षमता’ भन्ने नाराका साथ बेनी सामुदायिक माध्यमिक विद्यालयमा एक समारोहको आयोजना गरि दिवस मनाएको हो ।शिक्षा दिवसको मूल समारोह नगर प्रमुख सुरज केसिको अध्यक्षतामा कार्यक्रम सम्पन भएको थियो । कार्यक्रम बोल्दै नगर प्रमुख केसीले विद्यालय शिक्षा सुधार गर्नको लागि राज्य र नगरपालिकाले ठूलो लगानी गरेको बताउनुभयो । उहाँले राज्यले बनाएको शिक्षा नीतिलाई व्यवहारिक कार्यान्वयन गर्न आवश्यक रहेको बताउनुभयो । विद्यार्थीलाई पढाईको साथसाथै अन्य ज्ञान, सिप र कला सिकाउनका लागि बेनी नगरले यहाँका सामुदायिक विद्यालयहरुमा पढदै सिक्दै कार्यक्रम लागु गरेको उल्लेख गर्नुभयो ।शिक्षा दिवसकै अवसर पारेर भाद्र ३०, ३१ र असोज १ गते बेनी नगरपालिका शिक्ष्षा शाखाले आयोजना गरिएको आधाभूत तह चित्रकला प्रतियोगिता, वक्तृत्वकला र हाजीरीजवाफ प्रतियोगितामा सहभागी भई प्रथम, द्वितिय र तृतिय स्थान हासिल गर्न सफल विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो । कार्यक्रममा बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेत्र प्रसाद पौडेल, शिक्षा उपसचिव हेमचन्द्र पौडेल, शिक्षा बिकास तथा समन्वय इकाई म्याग्दीका प्रुमख दल बहादुर थापा, बेनी नगरपालिकाका प्रवक्ता तथा वडा नम्वर ७ का वडा अध्यक्ष रमेश श्रेष्ठ, वडा नम्वर ९ का वडा अध्यक्ष चक्र केसी, प्रकाश माविका प्रअ लेख बहादुर हमाल, दिपका माविका प्रअ विष्णु ढुंगाना लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । भने नगरपालिका भित्रका विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले आकर्षक नृत्य प्रस्तुत गरेका थिए । सरकारले संविधानको मौलिक हकको कार्यान्वयनका लागि ‘अनिवार्य तथा निःशुल्क शिक्षा ऐन, २०७५’ प्रमाणीकरण भएको मितिलाई आधार मानेर असोज २ गतेलाई राष्ट्रिय शिक्षा दिवसको रुपमा मनाउन थालेको हो ।विसं २०३१ देखि ‘शिक्षाको उज्यालो घामबाट कोही पनि बञ्चित हुन नपरोस’ भन्ने आदर्श वाक्यका साथ सुरु भएको राष्ट्रिय शिक्षा दिवस गणतन्त्र स्थापनापछि हरेक अन्तर्राष्ट्रिय साक्षरता दिवस ९सेप्टेम्बर ८० कै दिन मनाउन थालिएकोमा २०७६ सालदेखि दुई दिवसलाई अलग–अलगरूपमा मनाउने निर्णय भएको थियो ।  
प्रकाशित मिति: बुधबार, असोज २, २०८१  २१:२५
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP