शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • संविधान दिवसमा बेनीमा प्रभातफेरी,सबैको अपनत्व हुनेगरी संविधान संशोधन आवश्यक (फोटो/भिडिओ)
संविधान दिवसमा बेनीमा प्रभातफेरी,सबैको अपनत्व हुनेगरी संविधान संशोधन आवश्यक (फोटो/भिडिओ)
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बिहीबार, असोज ३, २०८१
IMG_4297
म्याग्दी । संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ का अवसरमा बिहीबार बिहान बेनीमा प्रभातफेरी गरिएको छ । जिल्ला समन्वय समितिका प्रमुख संयोजक रहेको संविधान दिवस तथा राष्ट्रिय दिवस जिल्ला स्तरीय कार्यक्रम आयोजक समितिको आयोजनामा प्रभातफेरी गरिएको हो ।बेनीको विरेन्द्रचोकबाट सुरु भएको प्रभातफेरी कार्यक्रममा संविधान सभाका सदस्यद्वय गोविन्द्र पौडेल र नवराज शर्मा, जिल्लास्थित राजनीतिक दलका प्रमुख एवम् प्रतिनिधि, जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापा, बेनी नगरपालिकाका प्रमुख सुरत केसी, प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकाल, निजामती कर्मचारी, सर्वसाधारण र सुरक्षाकर्मीहरूको सहभागिता रहेको थियो । विरेन्द्रचोकबाट सुरु भएको प्रभातफेरी हुलाकचोक, न्यूरोड, क्याम्पसचोक हुँदै संगमचोक, बालमन्दिर चोक भएर पुनः विरेन्द्रचोकमा आएर कोणसभामा परिणत भएको थियो । कोणसभामा संविधानसभाका सदस्य पौडेलले संविधान जारी भएको दश वर्षको अवधिमा संविधान भित्रका अन्तर वस्तुका बारेमा छलफल र बहस सुरु भएको बताउनुभयो । संविधानलाई कार्यान्वयन गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउनुपर्ने उहाँले विचार व्यक्त गर्नुभयो । भिडिओ हेर्नुहोस्... [embed]https://youtu.be/RSIm2vDVSNg[/embed] यस्तै, संविधानसभा सदस्य शर्माले राजनीतिक स्थिरता कायम गर्न संविधानमा भएका कमीकमजोरीहरूलाई सुधार गरेर संविधानको संशोधन गर्न आवश्यक भएको उहाँले बताउनुभयो । संविधान संशोधनका विषयमा अहिले भएको बहसले सार्थकता पाए मुलुकमा राजनीतिक स्थिरता कायम हुने उहाँको भनाइ छ ।संविधान दिवसलाई भव्य रूपमा मनाउने क्रममा अघिल्लो बुधबार बेनीमा सरसफाइ गरिएको थियो । जिल्लाका स्थानीय तहहरूले पनि विभिन्न कार्यक्रमहरूको आयोजना गरेर बिहीबार संविधान दिवस मनाउँदै छन् । संविधान दिवसका दिन आज साँझ सामाजिक विकास कार्यालय र मिलन म्याग्दीको संयोजनमा विरेन्द्रचोकमा दीप प्रज्ज्वलन गर्ने कार्यक्रम तय गरिएको जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापाले जानकारी दिनुभयो । सङ्घ, प्रदेश तथा स्थानीय तहका सम्पूर्ण सरकारी कार्यालय, निकाय, प्रतिष्ठान, सङ्घसंस्थामा मर्यादापूर्वक राष्ट्रिय झण्डा फहराउने तथा असोज २, ३ र ४ गते घरघरमा साँझ दीप प्रज्ज्वलन गरेर संविधान दिवस मनाउने निर्णय भएको जिसस प्रमुख थापाले बताउनुभयो ।सरकारले संविधान जारी भएको आजको दिनलाई प्रत्येक वर्ष संविधान दिवस तथा राष्ट्रिय दिवसका रूपमा मनाउँदै आएको छ । नेपालको संविधान कार्यान्वयनमा आएको आजै नौ वर्ष पूरा भएको छ ।
प्रकाशित मिति: बिहीबार, असोज ३, २०८१  १८:०६
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP