शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • लोकगायक खड्ग गर्बूजाको गीत ‘पानी खायो बाघैले...’ को म्युजिक भिडिओ नयाँ स्वरूपमा (भिडिओ)
लोकगायक खड्ग गर्बूजाको गीत ‘पानी खायो बाघैले...’ को म्युजिक भिडिओ नयाँ स्वरूपमा (भिडिओ)
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शुक्रबार, असोज ४, २०८१
बेनी । नेपाली लोकगीत क्षेत्रका चर्चित गायक खड्ग गर्बुजाको स्वरमा सजिएको सालैजो गीत ‘त्यो रानी वनको तिरतिरे धारा, सालैजो पानी खायो बाघैले’ २८ बर्षपछि नयाँ स्वरूपमा सार्वजनिक गरिएको छ। म्याग्दी जेसिजले निर्माण गरेको नयाँ भर्सनमा गायक गर्बुजा, मिना गर्बुजा, निता पुन, मिरा मगरको स्वर रहेको छ । शब्द संगीत गायक गर्बुजाकै रहेको गीतमा मिलन थापामगर, खम थापा मगर र शेखर घर्ती मगरको मुख्य अभियन गरेका छन् । बेनी नगरपालिका–१,अर्जममा छायाङ्कन गरिएको म्यूजिक भिडिओको डीके चोचाङ्गी पुन मगरले निर्देशन गर्नुभएको छ। लाहुरे छुट्टिको बेला घर फर्र्किएपछि स्वागतका लागि गाउँले भेला भएको कथालाई देखाइएको छ । गायक गर्बुजाले करिब १५ सयभन्दा बढी गीतमा आवाज दिएकोमा यो गीत सर्वाधिक लोकप्रिय मानिन्छ । भिडिओ हेर्नुस्... [embed]https://youtu.be/Idn5e8bOYjc[/embed]   ‘ नयाँ स्वरूपमा गीत आउँदा नयाँ पुस्तामाझमा पुगेको छ, म निकै उत्साहित छु, सबैले मायाँ गरिदिनुहोला’ गायक गर्बुजाले भन्नुभयो । तत्कालिन समयमा यो गीत नेपालमा सर्वाधिक चलेको थियो । धवलागिरि गाउँपालिका–६, मराङ स्थित अर्बाङका गर्बुजा भीरबाट खसेर शारीरिक अपांगता भएपछि उहाँको लाहुरेको सपना गायनतर्फ मोडिएको थियो । वि.सं. २०४३ पुस ८ गते घाँस काट्ने क्रममा भिरबाट खसेर घाइते भएका गर्बुजाको शरीरको मेरुडण्डदेखि तल्लो भागले काम गर्न नसक्ने भएपछि सांगीतिक क्षेत्रमा प्रवेश गर्नुभएको थियो ।धौलागिरि क्षेत्रमा गुञ्जने शिरफूल, यानीमाया, सालैजो, सोरठी, ख्याली, झ्याउरे, लस्केलगायतका लोकभाकाको संरक्षणकर्ता नै गायक गर्बुजा हुनुहुन्छ । विसं २०४७ मा पुनर्स्थापना र गीत रेकर्ड गर्ने सपना बोकेर काठमाडौँ जानुभएका गर्बुजा रेडियो नेपालको स्वर परीक्षणमा उत्तीर्ण भएपछि वि।स २०५४ देखि रेडियो नेपालमा करारमा नियुक्त भएर वाद्यवादनको काम समेत गर्नुभएको थियो । मादल, बाँसुरी, हार्मोनियम लगायतका वाद्यवादनसमेत बजाउने गर्बुजा विसं २०५९ मा प्रवल गोर्खा दक्षिण बाहु पदकबाट सम्मानित गर्बुजा दर्जनौ संघसंस्थाबाट सम्मानित हुनुभएको छ । गायक गर्बुजाको हेर्दाहेर्दै कान्छीले सोलेडाँडा काट्यो मायालाई, यो नानीले माया लाउँदैन जस्ता चर्चित गीतहरु अहिले पनि गुन्जिन्छन् ।
प्रकाशित मिति: शुक्रबार, असोज ४, २०८१  २२:४२
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP