शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • बागलुङको मसमा उच्च घनत्वको स्याउ खेती (फोटो/भिडिओ)
बागलुङको मसमा उच्च घनत्वको स्याउ खेती (फोटो/भिडिओ)
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता आइतबार, असोज ६, २०८१
IMG_3385
बेनी । बागलुङको ढोरपाटन नगरपालिका–९, स्थित मसमा उच्च घनत्वको स्याउ खेती विस्तार गरिएको छ । कृषि ज्ञान केन्द्र बागलुङको पचास प्रतिशत अनुदानमा उक्त स्याउ खेती विस्तार गरिएको उत्तरगङ्गा अर्गानिक एग्रो फार्मका सञ्चालक सदस्य चिरनकुमार घर्तीमगरले जानकारी दिनुभयो । उहाँका अनुसार गत वर्ष असारमा एक हजार ३२० वटा गोल्डेन, गाला, फुजी, रेड गरी चार जातका स्याउका बेर्ना रोपिएको थियो । मसमा परीक्षणका रूपमा लगाएका स्याउमा राम्रो फल लागेको छ ।

भिडिओ हेर्नुहोस्...

[embed]https://youtu.be/oTd5GXd58Fs[/embed] गत वर्ष १६ रोपनी क्षेत्रफलमा इटालीबाट ल्याएर रोपिएका एक हजार ३२० मध्ये पाँच सय बेर्ना मरेको सञ्चालक सदस्य घर्तीमगरले बताउनुभयो । उहाँले बाँचेकाबाट बगानमा स्याउ फल्न लागेपछि थप व्यवस्थित गर्दै ७० रोपनी बढी क्षेत्रफलमा विस्तार गर्ने योजना रहेको जानकारीसमेत दिनुभयो । अहिलेसम्म करिब तीस लाख रुपियाँ लगानी भएको उहाँको भनाइ छ । समुद्री सतहदेखि दुई हजार ८२४ मिटर उचाइको क्षेत्रमा परम्परागत आलु, सिमी, मकै, फापर र उवालगायतका खेती गरिँदै आएको छ । स्थानीयको बाँझो जमिन भाडामा लिएर छ जनाले सामूहिक रूपमा व्यावसायिक स्याउ खेती सुरु गरेको कृषि ज्ञान केन्द्र बागलुङका कार्यालय प्रमुख राजेश्वर सिलवालले बताउनुभयो । परीक्षणका लागि लगाएका स्याउले राम्रो फल दिएको उहाँ बताउनुहुन्छ । ज्ञान केन्द्रले बेर्नामा ७५ प्रतिशत, स्याउलाई सपोर्ट सिस्टम र मलका लागि पचास प्रतिशत अनुदान उपलब्ध गराएको थियो । अन्य आवश्यक कृषि सामग्री, सिँचाइ व्यवस्थापनलगायतमा पनि ज्ञान केन्द्रले सहयोग गरेको कार्यालय प्रमुख सिलवालको भनाइ छ । “मनाङ, मुस्ताङलगायत हिमाली जिल्लामा खेती गरिँदै आएको उच्च घनत्व प्रविधिमा आधारित स्याउ खेती ढोरपाटनको मसमा परीक्षणका रूपमा लगाएको र राम्रो फल दिएकाले परीक्षण सफल भएको उहाँ बताउनुहुन्छ । स्याउ खेतीका लागि आवश्यक सामग्री र तालिमका लागि कार्यालयले सहयोग गर्ने कार्यालय प्रमुख सिलवालले बताउनुभयो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ बागलुङले सोही वडाको नवीलगायत विभिन्न ठाउँमा तीन वटा चक्लाबन्दी कार्यक्रममा आधारित तीन समूहमार्फत करिब ३६० रोपनी क्षेत्रफलमा करिब पाँच हजार पाँच सय स्याउका बेर्ना रोपिएको निमित्त वरिष्ठ कृषि अधिकृत नारायण पौडेलले बताउनुभयो । आर्थिक वर्ष २०७९र८० मा एक र गत आर्थिक वर्षमा दुई वटा गरी तीन वटा कृषि समूहमार्फत बेर्ना, सिँचाइ, यन्त्र उपकरणका लागि करिब २४ लाख रुपियाँ अनुदान उपलब्ध गराइएको उहाँले बताउनुभयो । मुस्ताङबाट रोयल र गोल्डेन जातका स्याउका बेर्ना ल्याएर नवीमा रोपिएको ढोरपाटन नवी प्रगतिशील कृषि समूहका अध्यक्ष प्रेमबहादुर सुनारले बताउनुभयो । “रैथाने बालीबाट राम्रो आम्दानी नभएपछि यस क्षेत्रका कृषक स्याउ खेती विस्तारमा लागेका छन्,” उहाँले भन्नुभयो । यस्तै निसीखोला गाउँपालिका–५, निसेलढोरलगायत क्षेत्रमा पनि स्याउ खेती गरिँदै आएको छ ।  
प्रकाशित मिति: आइतबार, असोज ६, २०८१  ११:४५
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP