शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • म्याग्दीमा डेंगुका विरामीको संख्या बढ्यो
म्याग्दीमा डेंगुका विरामीको संख्या बढ्यो
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बिहीबार, असोज १०, २०८१
beni hospital
म्यादी। म्याग्दीमा डेंगु सङ्क्रमण तीव्र गतिमा बढेको छ । गएको वैशाख महिना यता डेंगुका संक्रमितको सङ्ख्या असोज ८ गतेसम्म एक सय ३१ जना पुगेको छ। त्यस्तै साउन यता भने एक सय तीन जनामा डेंगुको सङ्क्रमण पुष्टि भएको छ । आर्थिक वर्ष २०८०÷०८१ को साउन १ देखि चैत मसान्तसम्म २८ महिला र ३९ पुरुष गरी ६७ जनामा सङ्क्रमण देखिएको थियो । असोज अगाडी सामान्य देखिएको भए पनि असोज महिनामा सङ्क्रमणको ग्राफ ह्वात्तै बढेको हो । विगतका वर्षहरूमा सामान्यतया बजार क्षेत्रमा सङ्क्रमित बढी देखिने गरेको भए पनि यस वर्ष भने जिल्लाका ६ वटै स्थानीय तहका दुर्गम बस्तीसम्म पनि डेंगुको सङ्क्रमण देखिएको छ । अघिल्लो वर्ष कुल एक सय सात जनामा डेंगु सङ्क्रमण भेटिएको थियो । यस वर्ष भने साउन, भदौ र असोज महिनाको पहिलो सातासम्मै पनि एक सय तीन जना सङ्क्रमित भेटिएको बेनी अस्पतालका मेडिकल रेर्कडर अनिल सापकोटाले बताउनुभयो । मेडिकल रेकर्डर सापकोटाका अनुसार उपचार गराउन आएका बिरामीमध्ये साउनमा १४ जना, भदौमा ५६ जना र असोजमा ३३ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको हो । भदौ र असोज महिनामा डेंगुसँगै स्क्रब टाइफसको सङ्क्रमण समेत बढेको बेनी अस्पतालले जनाएको छ । नियमित चेकजाँच सहित अन्य विभिन्न रोगका बिरामीको समेत चाप बढेपछि बिरामीहरूलाई राख्नका लागि बेडको समेत अभाव अस्पतालले झेल्न परेको छ । ५० शय्या क्षमताको बेनी अस्पतालमा हाल ७७ बेड सञ्चालन गरिएको छ । पछिल्लो समय उपचारका लागि आउने बिरामी मध्ये भाइरल ज्वरोका बिरामी धेरै हुँदा व्यवस्थापन गर्न समस्या हुने गरेको अस्पताल व्यवस्थापन समितिले जनाएको छ । जटिल समस्या देखिएका बिरामीलाई भर्ना गरी अन्यलाई नियमित फलोअफमा आउने गरी पठाउने गरिएको निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. अञ्जु थापाले बताउनुभयो । डा. थापाले भन्नुभयो, ‘गर्मी सिजनसँगै डेंगु तीव्र गतिमा बढेको देखिएको छ, अहिले भेटिएका बिरामीको सङ्ख्या राम्रो सङ्केत होइन ।’ उहाँका अनुसार भदौदेखि मङ्सिर महिनासम्म डेंगुको बिरामीहरू भेटिने सिजन जस्तै पनि हो तर अहिलेको अवस्था भने असामान्य छ त्यसैले सचेत रहनु पर्छ । डेंगु र स्क्रब टाइफसको लक्षण मिल्दोजुल्दो हुने भएकाले पनि केही अन्योल हुन्छ नै तर पनि परीक्षण गरेर पहिचान गरी उपचार भई रहेको छ । म्याग्दीको हिमाली क्षेत्रमा समेत लामखुट्टेको टोकाइबाट हुने डेंगु सङ्क्रमणको समस्या देखिएपछि तीन वर्ष अगाडी बिरामीको नमुना सङ्कलन तथा खोजमा सहभागी विज्ञको टोलीले म्याग्दी जोखिमपूर्ण क्षेत्रको सूचीमा राखेको थियो । डेंगु रोग फैलाउने लामखुट्टेले दिनको समयमा मात्रै टोक्ने र लामखुट्टे फैलिनका लागि २० देखि ३० डिग्री सेन्टिग्रेड तापक्रम उपयुक्त मानिन्छ । हाल बेनी अस्पतालमा तीन जना बिरामीको उपचार भई रहेको छ भने हिजो मात्रै पाँच जना डेंगुका बिरामी डिस्चार्ज भएका थिए । एक जना अस्पतालकै कर्मचारी डेंगुकै कारणले गर्दा पोखरा रिफर गरिएकोमा आइसियुमा राखेर उपचार भई रहेको बेनी अस्पतालकी सूचना अधिकारी खेमकुमारी पन्तले बताउनुभयो । गोरखापत्र अनलाइन
प्रकाशित मिति: बिहीबार, असोज १०, २०८१  १९:५८
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP