शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • म्याग्दीका चिरञ्जीवि शर्मालाई वरिष्ठ अधिवक्ताको उपाधि
म्याग्दीका चिरञ्जीवि शर्मालाई वरिष्ठ अधिवक्ताको उपाधि
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बिहीबार, असोज १०, २०८१
chiranjivi sharma-barishtha adhivakta
काठमाडौं । सर्वोच्च अदालतले म्याग्दीका चिरञ्जीवि शर्मा पौडेल सहित १५९ जना अधिवक्तालाई वरिष्ठ अधिवक्ताको उपाधि प्रदान गर्ने भएको छ । बिहीवार बसेको फुलकोर्ट बैंठकले १५९ जना अधिवक्तालाई वरिष्ठ अधिवक्ताको उपाधि प्रदान गर्ने निर्णय गरेको हो ।शर्मा हाल गण्डकी प्रदेश सरकारका मुख्य न्यायाधिवक्ताको रुपमा कार्यरत हुनुहुन्छ । जिल्लाको बेनी नगरपालिकाका–१०, का स्थायी बासिन्दा शर्मा २०४८ देखि कानुन व्यवसायमा आबद्ध हुनुहुन्छ । उहाँ लामो समयसम्म शिक्षण पेसामा समेत आबद्ध रहनुभयो । जिल्ला वार एशोसिएशन म्याग्दीको ५ पटक अध्यक्ष हुनुभएका शर्मा लोकतान्त्रिक कानुन व्यवसायी संगठन (डिएलए) जिल्ला अध्यक्ष हुँदै केन्द्रीय महाधिवेशन प्रतिनिधि समेत बन्नुभयो । राजनिती शास्त्रमा एमए,कानुनमा बिएल र अंग्रेजीमा बिएड पास गर्नुभएका शर्मा कांग्रेस म्याग्दीका पुर्व जिल्ला सचिव समेत हुनुहुन्छ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको सर्वोच्चका प्रवक्ता अच्युत कुइँकेलले जानकारी दिनुभयो । वरिष्ठ अधिवक्ताको उपाधि पाउनेमा शर्मादेखि देखि अरुण पौडेलसम्म छन् । लामो समयदेखि कानुन व्यवसायमार्फत समाजलाई योगदान गरेको,नैतिक आचरण ,क्षमता ,प्रतिष्ठा विधिको शासन प्रवर्द्धनमा सहयोग पुर्‍याएका अधिवक्ताहरुलाई कदर र सम्मान स्वरुप ‘वरिष्ठ अधिवक्ता’को उपाधि दिने गरिन्छ । वरिष्ठ अधिवक्ताले अदालतमा बहस पैरवी गर्न जाँदा साथमा एक जना अधिवक्ता लिएर जानुपर्ने नियम छ । नेपालमा पहिलो पटक १२ कात्तिक २०१३ मा सर्वोच्च अदालतले पहिला पटक वरिष्ठ अधिवक्ताको उपाधि दिएको थियो । सर्वोच्च अदालतकाे  मापदण्ड अनुसार, सर्वोच्च वा उच्च अदालतमा कानुन व्यवसाय गरेको १५ वर्ष पुगेपछि मात्रै उपाधि दिन सकिने व्यवस्था राखिएको थियो ।    
प्रकाशित मिति: बिहीबार, असोज १०, २०८१  २२:०३
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP