शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
खेलकुद
  • गृहपृष्ठ
  • धवलागिरीमा राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरू
धवलागिरीमा राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरू
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता आइतबार, पुस २७, २०७६
running (5)

बेनी,आइतबार पौष २७ गते ।
म्याग्दीको धवलागिरी गाउपालिका–७, ताकममा दोस्रो राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता शनिबारदेखि सुरु भएको छ । अन्तर माध्यमिक विद्यालय स्तरीय प्रतियोगिताको जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख देबेन्द्र बहादुर केसीले उद्घाटन गदै ग्रामिण क्षेत्रमा लुकेका प्रतिभाहरुको उजागर गर्न प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने बताए । उनले खेलकुदसँगै आवश्यक पूर्वाधार निर्माणमा समेत जोड दिदैं खेलकुद मनोरञ्जनको लागि नभई स्वास्थ्य जीवन र राष्ट्रका लागि समेत आवश्यक रहेको बताए ।

सोही अवसरमा गाउँपालिका अध्यक्ष थमसरा पुन मगरले गाउँपालिका भित्रका खेल प्रतिभालाई आवश्यक सहयोग गर्ने बताईन् ।उनले पूर्वाधारसँगै खेलकुद गतिविधिलाई विद्यालयभित्र तथा अन्तर विद्यालयस्तरीय प्रतियोगितालाई समेत प्रोत्साहन गर्ने बताउँदै राष्ट्रियस्तरका खेलमा सहभागी हुन जाने खेलाडीलाई आवश्यक सहयोग गर्ने बताईन् । कार्यक्रममा गाउपालिकाका उपाध्यक्ष रेशम छन्त्याल, शिक्षक महासंघका जिल्ला अध्यक्ष जयराम सुवेदी,नेकपाका गाउपालिका अध्यक्ष खुमनाथ सुवेदी र नेपाली काग्रेसका प्रतिनिधि तेजिन्द्र थापाले मन्तब्य मन्तब्य राखेका थिए ।

गाउँपालिका भित्रका १० विद्यालयको सहभागिता रहेको प्रतियोगितामा भलिबल, एथलेटिक्स विधाका २८ वटा खेल हुने गाउँपालिकाका शिक्षा संयोजक गिरीप्रसाद छन्त्यालले जानकारी दिए ।उनका अनुसार उद्घाटन खेलमा १५ सय मिटर दौडको छात्रछात्रा दुवै तर्फ ताकम माविले विजय सुरुवात गरेको छ ।ताकम माविका छात्रतर्फ ताकम माविका विकास भण्डारीले स्वर्ण, धनजनता माविका बुद्धिमान विकले रजत र किसानी मावि धारापानीका मोहन हर्मेलले काँस्य पद जितेका थिए ।

छात्रातर्फ ताकम माविकी मनिषा केसी प्रथम, धनजनता माविकी तिर्सना पाण्डे द्धितिय र गुर्जाको जनकल्याण माविकी सिमा छन्त्याल तृतीय भएका छन् । प्रतियोगितामा सहभागी हुन आउने खेलाडी, शिक्षकलाई ताकमका आमा समुह, यूवा क्लवले भब्य स्वागत तथा निशुल्का खाना बस्नेको सुविधा मिलाएका छन् । आगामी पुष २९ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा प्रथम, द्धितिय र तृतियले क्रमश ५० हजार, ३० हजार, २० हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

गतबर्ष वडा नं ३ फलियाँगाउँ मुनामा अवस्थित धनजनता मावि प्रथम भएको थियो । म्याग्दीमा पालिकास्तरीय प्रतियोगिता सकिएपछि जिल्लास्तरीय प्रतियोगिताको आयोजना गरिन्छ । वि.स.२०६५ साल सम्म यस खेलकुद प्रतियोगितालाई वीरेन्द्र रनिङ शिल्डका रूपमा आयोजना गर्ने गरिएपनि वि.स.२०६६ साल देखि राष्ट्रपति कप सुरु गरिएको हो ।


प्रकाशित मिति: आइतबार, पुस २७, २०७६  ०९:४४
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP