शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • मंगलामा मोनाको निशुल्क आँखा शिविर
मंगलामा मोनाको निशुल्क आँखा शिविर
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बिहीबार, असोज १७, २०८१
IMG_4452
बेनी । म्याग्दीको मंगला गाउँपालिका–५,अर्मनको स्वास्थ्य चौकीमा निशुल्क आँखा शिविर सुरु भएको छ । म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्तर्राष्ट्रिय कार्यकारी समितिको नवौं वार्षिक साधारणसभाको अवसरमा बुधबारदेखि आँखाका बिरामीहरुका लागि लक्षित गरी ३ दिने निःशुल्क आँखा शिविर सुरु भएको हो । नेपाल नेत्रज्योती संघ, हिमालय आँखा अस्पताल पोखरासँगको सहकार्यमा असोज १६, १७ र १८ गतेसम्म सञ्चालन हुने छ । शिविरको पहिलो दिन बृद्धबृद्धादेखि सबै उमेर समुहकाले सेवा लिएका छन् । शिविरको गाउँपालिकाकी उपाध्यक्ष प्रेमकुमारी क्षत्रीले उद्घाटन गदैं आँखाको समस्या भएका बिरामीहरु धेरै भएपनि नियमित उपचार गर्न नसकेकाले जटिल समस्यापछि मात्रै सार्वजनिक हुने गरेकाले नियमित चेकजाँच गर्नुपर्नेमा जोड दिनुभयो । शिविरमा मंगला गापा–२, का वडा अध्यक्ष धनबहादुर खाती क्षती, नेपाल नेत्रज्योती संघ म्याग्दीका अध्यक्ष अमर बानियाँ र मोना अन्तर्राष्ट्रिय कार्यकारी समितिका अध्यक्ष ददीवल खड्काले आँखाको उपचार सेवालाई सहर केन्द्रित मात्र नगरी ग्रामीण एवं दुरदराजका स्थानसम्म पु¥याउने अभियान अन्तरगत मोनासँग सहकार्य गरिएको बताउनुभयो । शिविरमा आँखाका सबै किसिमका समस्याको परीक्षण तथा मोतियाबिन्दुको शल्यक्रिया, औषधी तथा चस्मा वितरण गरिने छ। शिविरमा हिमालयन आँखा अस्पताल पोखराकी चिकित्सक हरिमाया गुरुङको नेतृत्वमा चिकित्सक सहितको टोली खटिएको छ । विभिन्न कारण अस्पताल जान नसेका ग्रामिण भेगका नागरिकलाई लक्षित गरेर शिविर सञ्चालन गरिएको मोना अन्तर्राष्ट्रिय कार्यकारी समितिका अध्यक्ष खड्काको भनाइ छ । शिविरमा आउने बालबालिकालाई आँखा जोगाउने टिप्स सहित समस्याको पहिचान गरी थप उपचारमा सघाइने छ । शिविरमा मंगला, मालिका, धवलागिरी गाउँपालिकाका साथै छिमेकी बागलुङ जिल्लाबाट समेत बिरामी आउने अनुमान गरिएको छ । आँखा शिविर विशेष गरी बालबालिका र ज्येष्ठ नागरिकलाई मध्यनजर गरेर सञ्चालन गरिएको थियो । शिविरको पहिलो दिन ५० वर्षभन्दा माथिका बिरामी गाउँगाउँबाट आएका छन् । शिविरको अध्यक्षता मोनाका अध्यक्ष खड्का, स्वागत शिविर संयोजक तथा मोना अन्तर्राष्ट्रिय कार्यकारी समितिका कोषाध्यक्ष नरेन्द्र फगामी र सञ्चालन मोना यूएईका अध्यक्ष सुवास राम्जालीले गर्नुभएको थियो। मोनाको असोज १८ र १९ गते साधारणसभा मुल संयोजक मीम पूर्जाको संयोजकत्वमा इन्द्रेणी पार्कमा उद्घाटन र बन्दसत्र मंगला शिक्षा क्याम्पसमा तय गरिएको छ ।
प्रकाशित मिति: बिहीबार, असोज १७, २०८१  ००:५०
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP