शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • धवलागिरीको नेरबाङमा सञ्चालित पशुस्वास्थ्य शिविरमा १५ सय ८३ पशुपंक्षीको उपचार
धवलागिरीको नेरबाङमा सञ्चालित पशुस्वास्थ्य शिविरमा १५ सय ८३ पशुपंक्षीको उपचार
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बिहीबार, असोज १७, २०८१
mudi shibir
बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका–४,मुदीको विकट नेरबाङमा पशुपंक्षीको स्वास्थ्योपचार तथा बाँझोपन रोग निवारण लागि शिविरमा ५२ घरधुरी लाभान्वित भएका छन् । भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रको आयोजना, धवलागिरी पशु शाखाको समन्वयमा आयोजित शिविरमा १५ सय ८३ पशुपंक्षीको उपचार गरिएको हो । शिविरमा भैसी १२८, गाई ४४४ सहित कुखरा, घोडाखच्चड, भेडाबाख्रा लगायतका पशुको निःशुल्क उपचार गरिएको भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रका योजना शाखा प्रमुख सुभाष रेग्मीले जानकारी दिनुभयो ।शिविरमा प्रजनन समस्यासम्बन्धि, आन्तरिक तथा बाह्य परजीवि नियन्त्रण सम्वन्धि, जिवाणु नियन्त्रण तथा खुराकजन्य समस्या देखिएको र उपचारको विधिका बारेमा कृषकलाई शिविरमै जानकारी गराइएको थियो । शिविरमा केन्द्रका प्रमुख भरत रेग्मी, प्राविधिक नानुका कट्टेल सहितको टोलीले उपचार गरेको थियो । शिविरमा उपचारका ल्याउन नसकिएका समस्याग्रस्त पशुवस्तुको भने पशुपालक किसानको घरमै पुगेरसमेत गरिएको थियो । मुदीको अति विकटमा पर्ने उक्त गाउँका पशुपंक्षीमा समस्या देखिएपनि गाउँपालिकाको केन्द्रमा आउन नसक्नेहरुलाई शिविरले राहत मिलेको छ ।  
प्रकाशित मिति: बिहीबार, असोज १७, २०८१  २१:११
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP