शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • परम्परागत पञ्चेबाजा प्रतियोगितामा कुहुँ प्रथम
परम्परागत पञ्चेबाजा प्रतियोगितामा कुहुँ प्रथम
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शनिबार, असोज १९, २०८१
IMG_4841
बाबियाचाैर । म्याग्दीकाे   मंगला गाउँपालिकामा वडास्तरीय पञ्चेबाजा प्रतियोगितामा कुहुँ प्रथम भएको छ । प्रवासमा रहेका म्याग्देलीको साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ (मोना),अन्तर्राष्ट्रिय कार्यकारी समितिको नवौं वार्षिक साधारण सभाको अवसरमा शुक्रबार आयोजित प्रतियोगितामा मंगला गाउँपालिकाका ५ वडाबाट ५ समुहको सहभागिता भएका थिए । प्रतियोगितामा वडा कार्यालयले छनौट गरी पठाएको पञ्चेबाजा समुह बिच प्रतिस्पर्धा भएको थियो । प्रतियोगितामा प्रथम वडा नं १ कुहुँ, द्धितिय वडा नं २ बावियाचौर, तृतिय वडा नं ४ बरंजा र वडा नं ३ र वडा नं ५ ले सान्त्वना स्थान हात पारेका थिए । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने समूहलाई क्रमशः ३५ हजार, २५ हजार र २० हजार नगदसहित प्रमाणपत्र प्राप्त गर्नेछन् भने अन्य दुई टिमले सहभागी प्रति समुह १० हजार र प्रमाणपत्र प्राप्त गरेको पञ्चेबाजा प्रतियोगिता संयोजक एवम् मोना साधारणसभा स्थानीय उपसमिति संयोजक याम थापाले बताउनुभयो । म्याग्दीमा पहिलोपटक पालिकास्तरमा पञ्चेबाजाको आयोजना भएको र यसलाई आगामी दिनमा समेत निरन्तरता दिन सघाउने मोना साधारणसभाका मुल संयोजक मिम पूर्जाको भनाई छ । कुनै शुभ कार्य हुँदैछ भन्ने संकेत गर्ने पञ्चेबाजा बिस्तारै लोप हुँदै गएको, साउन्ड सिस्टमबाट गीत घन्काउने र यूवा पुस्तामा समेत आर्कषण घट्दो अवस्थामा प्रतियोगिताले सघाउने अपेक्षा गरिएको छ । पञ्चेबाजामा प्रयोग हुने दमाह, सनै, ट्याम्को, झ्याली र ढोलक बजाउने तालिम सहितका अन्य प्रोत्साहन कार्यक्रमहरु समेत ल्याउनुपर्नेमा सहभागीले जोड दिएका थिए ।
प्रकाशित मिति: शनिबार, असोज १९, २०८१  ११:३३
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP