शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • मोनाको आँखा शिविरमा ४५ जनाको मोतियाविन्दुको शल्यक्रिया
मोनाको आँखा शिविरमा ४५ जनाको मोतियाविन्दुको शल्यक्रिया
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शनिबार, असोज १९, २०८१
motiyabindu
बेनी । म्याग्दीको मंगला गाउँपालिका–५,अर्मनको स्वास्थ्य चौकीमा सम्पन्न तीनदिने आँखा शिविरमा ४५ जनाको मोतियाविन्दुको शल्यक्रिया गरिएको छ । म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्तर्राष्ट्रिय कार्यकारी समितिको नवौं वार्षिक साधारणसभाको अवसरका नेपाल नेत्रज्योती संघ, हिमालय आँखा अस्पताल पोखरासँगको सहकार्यमा शुक्रबार सम्पन्न भएको शिविरमा ८७१ लाभान्वित भएका छन् । शिविरमा हिमालयन आँखा अस्पताल पोखराकी चिकित्सक हरिमाया गुरुङको नेतृत्वमा चिकित्सक सहितको टोलीले उपचार गरेको शिविर संयोजक एवम् मोना अन्तराष्ट्रियका कोषाध्यक्ष नरेन्द्र फगामीले बताउनुभयो ।‘शिविर उत्साहजनक रुपमा सम्पन्न भयो, बृद्धबृद्धाको आँखाको उपचारपछि धेरै खुसी देखिनुहुन्थ्यो, आगामी दिनमा पनि हामीले शिविरलाई निरन्तरता दिने प्रयास गर्नेछौ’ संयोजक फगामीले भन्नुभयो । शिविरमा आँखाको समस्या देखिएका बिरामीलाई निशुल्क औषधी सहित चस्मा समेत वितरण गरिएको थियो । शिविरमा आउनेलाई आँखा जोगाउने टिप्स सहित समस्याको पहिचान गरी शिविरमै तथा थप उपचारका लागि समेत समन्वय भइरहेको छ । शिविरमा मंगला, मालिका, धवलागिरी गाउँपालिकाबाट बिरामी आएको नेपाल नेत्रज्योती संघ म्याग्दीका नेत्रज्योति अधिकृत दिनेश बानियाँले जानकारी दिनुभयो ।म्याग्दीमा आँखा उपचारका लागि नेत्रज्योतीसँगले जिल्लाका दुर्गम क्षेत्रमा समेत पुगेर शिविर सञ्चालन गर्ने गरेको छ । आँखा शिविर विशेष गरी बालबालिका र ज्येष्ठ नागरिकलाई मध्यनजर गरेर सञ्चालन गरिएको मोनाका अध्यक्ष ददीवल खड्काले बताउनुभयो ।
प्रकाशित मिति: शनिबार, असोज १९, २०८१  ११:५४
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP