शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • ताकममा जारी राष्ट्रपति रनिङ्ग शिल्डको दोस्रो दिनसम्म नौ खेलको फाइनल
ताकममा जारी राष्ट्रपति रनिङ्ग शिल्डको दोस्रो दिनसम्म नौ खेलको फाइनल
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता आइतबार, पुस २७, २०७६
Dhaulageri President Cup 2nd Day (6)

गोपाल आचार्य
ताकम, आइतबार पौष २७ गते ।
धवलागिरी गाउपालिका–७ ताकममा सञ्चालित अन्तर माध्यमिक विद्यालय स्तरीय दोस्रो राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिताको दोस्रो दिनसम्म नौ वटा खेलको फाइनल भएको छ ।

एथलेटिक्स तर्फका नौ वटा खेलको फाइनल हुदा ताकम मावि तीन, किसानी मावि दुई, हेम माव दूई, धनजनता मावि एक र जनकल्याण मावि ले एक वटा खेलमा प्रथम भएका छन् ।

आइतबार भएको आठ सय मिटरको छात्र दौडमा किसानी मावि धारापानीका मोहन हर्मेल प्रथम, धनजनता मावि मुनाका आकाश पाण्डे दितृय र जनविकास मावि मराङका डेकबहादुर रोका तृतीय भएका छन् ।

आठ सय मिटर छात्रा दौडमा ताकम माविकी मनिषा खत्री प्रथम, धनजनता माविकी सविना मल्ल दितृय र वुद्धीविकास माविकी मेलीना घर्ती तितृय भएका छन् । हाइजम्प छात्रतर्फ हेम माविका अभिसेक मगर प्रथम, वुद्धीविकास माविका टंकप्रसाद घर्ती दितृय र ताकम मावि र चन्द्र ज्योतीका खेलाडी तितृय भएका छन् ।

हाइजम्प छात्रातर्फ किसानी माविका प्रेरणा रोका प्रथम, जनविकास मावि मराङका रंजिता जुग्जाली दितृय र जनकल्याण मावि गुर्जाकी ज्ञानदेवी विक तितृय भएका छन् । यसैगरी सटफुट छात्रतर्फ धनजनता माविका बबिन भण्डारी प्रथम, ताकम माविका उभिर रसाइली दितृय र हेम माविका सागर राना तितृय भएका छन् ।

सटफुट छात्रातर्फ जनकल्याण माविकी चेतकुमारी छन्त्याल प्रथम, ताकम माविकी ज्योती हर्मेल दितृय र लमसुङ माविकी चन्द्र रसाइली तितृय भएका छन् । लङ्गजम्प छात्रतर्फ हेम मावि प्रथम, जनजागृती मावि मल्कवाङ्ग दितृय र धनजनता मावि मुना तीतृय भएका छन् ।

श्निबार भएको पन्ध्र सय मिटर दौडको छात्रछात्रा दुवै तर्फ ताकम मावि प्रथम भएको थियो । छात्रतर्फ ताकम माविका विकास भण्डारी प्रथम, धनजनता माविका वुद्धीमान विक दोस्रो र किसानी मावि धारापानीका मोहन हर्मेल तृतीय भएका छन् ।

छात्रातर्फ ताकम माविकी मनिषा केसी प्रथम, धनजनता माविकी तिर्सना पाण्डे दितृय र गुर्जाको जनकल्याण माविकी सिमा छन्त्याल तृतीय भएका छन् । बिजयी खेलाडीहरुलाई गाउपालिकाका अध्यक्ष थमसरा पुन, उपाध्यक्ष रेशम छन्त्याल, वडा अध्यक्ष कलानिधी शर्मा, राजाराम सुवेदी लगायतले मेडल, प्रमाणपत्र वितरण गर्नुभएको थियो । छात्र छात्रा भलिबल प्रतियोगिता पनि सुरु भएको छ ।

धवलागिरी गाउपालिकाको आयोजनामा पुष २९ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा दश वटा विद्यालयका तीन सय जना भन्दा बढी खेलाडीहरु सहभागि भएका छन् । छात्र, छात्रा एथलेटिक्स र भलिबल बिधामा २८ वटा खेल खेलाइने अफिसियल दिपेन राइले बताउनुभयो ।

प्रतियोगितामा प्रथम, दृतीय र तृतीय हुने विद्यालयले रनिङ्ग शिल्ड, ट्रफि र प्रमाणपत्र सहित क्रमश ः नगद पचास हजार, तीस हजार र बीस हजार रुपैयाँ पुरस्कार पाउने गाउपालिकाका शिक्षा शाखा संयोजक गिरिप्रसाद छन्त्यालले बताउनुभयो ।

उहाका अनुसार विद्यालय स्तरका खेल प्रतिभाको पहिचान गरि उनिहरुलाई जिल्ला, प्रदेश, राष्ट्रिय स्तरको खेलमा सहभागि हुने अवसर प्रदान गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगितामा सहभागि हुने खेलाडी र शिक्षकहरुलाई गाउपालिकाको सहयोगमा ताकमको आमा समूह र युवा क्लवले निशूल्क खाना बस्नको व्यवस्था मिलाएका छन् । गत वर्ष हेम मावि शिवाङमा सञ्चालन भएको प्रथम राष्ट्रपति रनिङ्ग शिल्डको उपाधि धनजनता माविले जितेको थियो ।


प्रकाशित मिति: आइतबार, पुस २७, २०७६  २२:२१
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP