शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
खेलकुद
  • गृहपृष्ठ
  • ४५ औं रनिङ कपको उपाधि पुरुषतर्फ नव सिर्जना युवा क्लब र महिलातर्फ दुरलेक स्पोर्ट्स क्लबलाई
४५ औं रनिङ कपको उपाधि पुरुषतर्फ नव सिर्जना युवा क्लब र महिलातर्फ दुरलेक स्पोर्ट्स क्लबलाई
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बिहीबार, कात्तिक ८, २०८१
Ruma mela
दरबाङ । म्याग्दीको मालिका गाउँपालिका -२, स्थित रुममा लाली गुराँस युवा क्लबद्वारा बडा दसैंको अवसरमा आयोजित ४५ औं रनिङ कप ,विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । मंगलबार सम्पन्न पुरुषतर्फ भलिबल खेलको उपाधि नवसिर्जना युवा क्लब, खबाङ र महिलातर्फको उपाधि दुरलेक स्पोर्ट्स युवा क्लबले हात पार्न सफल भएका छन् । क्लब सचीव योगेन हर्मेलका अनुसार ,पुरुष भलिबलमा आयोजक लालीगुराँस युवा क्लब रुम ए टिम उपबिजेता रमहिला भलिबलमा जन साहारा युवा क्लब उपबिजेता भएका छन् । बिजेता दुबै टिम नवसिर्जना युवा क्लब र दुरलेक स्पोर्ट्स क्लबले क्रमशः एक लाख पाँच हजार ५५५ तथा २५ हजार ट्रफी , मेडल र प्रमाणपत्र हात पारेका छन् ।भने उपबिजेता आयोजक ए र जनसाहारा युवा क्लबलाई क्रमशः ६० हजार तथा १५ हजार नगद सहित मेडल र प्रमाणपत्र प्रदान गरिएको सचीव हर्मेलले जानकारी दिनुभयो । यसैगरी पुरुष छेलोमा बिजेता बल बहादुर हर्मेल र उपबिजेता झलक हर्मेल, महिला छेलोमा बिजेता कमला पुन र उपबिजेता सानु प्रतेल ,एकल नृत्यमा बिजेता प्रीति घर्ती र उपबिजेता तारा बुढा तथा सामुहिक नृत्यमा सृजनशिल आमा समुह कलात र उपबिजेता नब सृजना आमा समुह लुप्सिरलाई नगद सहित पुरस्कृत गरिएको थियो । गाउँपालिका अध्यक्ष बेगप्रसाद गर्बुजा , वडा अध्यक्ष उदयकुमार बुढाथोकी , मेला अध्यक्ष भरत रोका , क्लब अध्यक्ष सागर पटेल लगायतले पुरस्कार र सहयोगीदाताहरुलाई सम्मान वितरण गर्नुभएको थियो । मेला ऎतिहासिक घोडेनाच देखाइएको थियो भने वरिष्ठ गायक खड्ग गर्बुजा , गायिका दिलु मगर , गायकद्वय होमलाल पुन मगर र डमप्रकाश लगायतले सांगीतिक प्रस्तुति दिनुभएको थियो । क्लब अध्यक्ष सागर पटेलले मेलालाई सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गर्नुभयो । स्थानीय कला संस्कृतिको जगेर्ना , खेलकुद क्षेत्रको प्रवर्द्धन तथा खेल प्रतिभा पहिचानमा सघाउ पुर्याउने उदेश्यले मेला आयोजना गरिएको बताउनुभयो । आगामी दिनमा पनि थप व्यवस्थित गर्दै मेला संचालनलाई निरन्तरता दिने उहाँले उद्घोष गर्नुभयो ।
प्रकाशित मिति: बिहीबार, कात्तिक ८, २०८१  ०७:२७
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP