शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
खेलकुद
  • गृहपृष्ठ
  • रघुगंगामा पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
रघुगंगामा पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बिहीबार, कात्तिक ८, २०८१
raghuganga
म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिका–३,पिप्लेमा गाउँपालिका स्तरीय पाँचौ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ । गाउँपालिकाभित्रका विभिन्न १२ वटा विद्यालयले सहभागीता जनाएको प्रतियोगिताको प्रतिनिधिसभा सदस्य खमबहादुर गर्वुजाले उद्घाटन गर्नुभएको छ । प्रतियोगिताको उद्घाटन गर्दै प्रतिनिधिसभा सदस्य गर्वुजाले विद्यार्थीहरुमा रहेको खेल प्रतिभाको पहिचान गर्न र प्रतिस्पर्धी क्षमताको विकास गराउन प्रतियोगिताले सहयोग पुग्ने बताउनुभयो ।उहाँले विद्यार्थीलाई अनुशासीत बनाउन समेत खेलकुदले सिकाउने बताउँदै खेलाडीहरुले समाज, राष्ट्रका लागि योगदान गर्न सक्ने भएकाले विद्यार्थी उमेरदेखि नै खेलकुदमा सक्रिय हुन आग्रह गर्नुभयो । भलिबल, एथलेटिक्स र कबड्डी विद्यातर्फ छात्र र छात्राहरुको १५/१५ इभेन्टमा प्रतियोगिता सञ्चालन गरिएको छ । प्रतियोगितामा बिजेता विद्यालयलाई नगद रु ५५ हजारको साथमा रनिङ शिल्ड, ट्रफि, मेडल र प्रमाणपत्रद्धारा पुरस्कृत गरिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चेतनारायण भण्डारीले जानकारी दिनुभयो । उहाँका अनुसार, दोस्रो र तेस्रो हुने विद्यालयलाई क्रमश नगद रु ३५ हजार र २५ हजारको साथमा ट्रफि, मेडल र प्रमाणपत्रद्धार पुरस्कृत गरिनेछ । अन्य समयमा खेलकुद प्रतियोगिता सञ्चालन गर्दा विद्यार्थीहरुको नियमित पठनपाठनमा प्रभावित पार्ने भएकाले दसैँ र तिहारको विदाको समयलाई उपयोग गरि गाउँपालिकाले पहिलो चौमासिकमा नै राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आयोजना गरिएको गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीले जानकारी दिनुभयो । उहाँले स्थानीय तह कार्यान्वयनमा आएपछि रघुगंगामा ३६ वटा खेलमैदान निर्माण र ११ वटा खेलमैदान ढलान भएको बताउनुभयो । प्रतियोगिताको उद्घाटन समारोहमा गण्डकी प्रदेश सभा सदस्य हरिबहादुर भण्डारीले प्रतियोगिताले विद्यार्थीहरुमा रहेका खेल प्रतिभाको पहिचान गरेर जिल्ला, प्रदेश र राष्ट्रिय स्तरको प्रतियोगिताहरुमा समेत खेल कौसल प्रदर्शन गर्ने अवसर मिल्ने बताउनुभयो । कार्यक्रममा नेपाली काँग्रेस म्याग्दीका उपसभापति केबि भण्डारी, नेपाली काँग्रेसका पालिका समितिका सभापति एवम् वडा नम्बर ६ का अध्यक्ष मनकुमार शेरपुञ्जा, नेकपा एमाले रघुगंगा गाउँपालिका कमिटीका अध्यक्ष झलक आचार्य, राप्रपाका पालिका समितिका अध्यक्ष विश्वविक्रम मल्ल, वडा नम्बर तीनका वडा अध्यक्ष खिमबहादुर शाही लगायतले मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको सञ्चालन गाउँपालिकाका लेखा अधिकृत अर्जुन गौतमले गर्नुभएको थियो । कार्यक्रममा विद्यार्थी र शिक्षकहरुको नृत्य समेत प्रस्तुत गरिएको थियो ।
प्रकाशित मिति: बिहीबार, कात्तिक ८, २०८१  २२:११
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP