शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • दिपावली मेलाको उपाधि भलिबलतर्फ लालीगुराँस ,जनसाहारा र फुटसलतर्फ नमुना एफसी एलाई
दिपावली मेलाको उपाधि भलिबलतर्फ लालीगुराँस ,जनसाहारा र फुटसलतर्फ नमुना एफसी एलाई
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता सोमबार, कात्तिक २६, २०८१
received_1752932822175906
बेनी । म्याग्दीको मालिका गाउँपालिका -४,ओखरबोट स्थित तामाखानी युवा क्लवद्वारा आयोजित दिपावली मेला विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । सोमबार सम्पन्न खेलमा पुरुष भलिबलतर्फ लालीगुराँस युवा क्लब , महिला भलिबल तर्फ जनसाहारा युवा क्लव र फुटसलतर्फ नमुना एफसी ए विजयी भएका छन् । भने पुरुषतर्फ फ्युचर स्टार युवा क्लव छापखानी , महिलातर्फ दुरलेक युवा क्लब र फुटसलतर्फ नमुना एफसी बी उपबिजेता भएका छन् । यसैगरी , महिलातर्फ जनसाहारा युवा क्लबकी खेलाडी अनिस रोका र लालीगुराँस युवा क्लबका विकास पटेल उत्कृष्ट खेलाडी घोषित भई पुरस्कृत हुनुभएको थियो । बिजेता टीम पुरुष भलिबल र फुटसलतर्फ समान पचास हजार रुपैयाँ नगद सहित ट्रफी , मेडल र प्रमाणपत्र हात पारेका छन् ।भने उपबिजेता दुबै टीमले तीस हजार रुपैयाँ नगद सहित ट्रफी , मेडल र प्रमाणपत्र प्राप्त गरेको सचीव जिता पुन मगरले बताउनुभयो । त्यसैगरी , महिला भलितर्फ बिजेता र उपबिजेताले क्रमशः २५ हजार र १२ नगद सहित ट्रफी ,मेडल र प्रमाणपत्र हात पारेका छन् । क्लब अध्यक्ष ओम प्रकाश पुन मगर , सचीव जिता पुन मगर , पुर्व अध्यक्ष तुलप्रसाद पुन , स्थानीय हिरा पुन लगायतले पुरस्कार वितरण गर्नुभएको थियो । १९ गतेदेखि संचालित मेलामा क्लब कोषाध्यक्ष पारस पुनका अनुसार , फुटसलतर्फ २३ ,भलिबलतर्फ १५ र महिला भलिबल तर्फ ७ टीमले दर्ता गराएका थिए । क्लब अध्यक्ष ओमप्रकाश पुन मगरले मेलालाई सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गर्नुभयो । खेलकुद क्षेत्रको विकास र प्रवर्द्धन , खेलप्रतिभाको पहिचान तथा मौलिक कला संस्कृतिको संरक्षण गर्ने उदेश्यले मेला आयोजना गरिएको क्लब अध्यक्ष पुन मगरले बताउनुभयो । गाउँबस्तीको विकास र उन्नतिका लागी सबै मिल्नुपर्नेमा जोड दिनुभयो । पुर्व क्लब सचीव नविन पुनले संचालन गर्नुभएको कार्यक्रममा चन्दादाताहरुलाई सम्मान गरिएको थियो । छेलोतर्फ तिलक पटेल विजयी हुनुभयो भने चन्द्र पटेल उपबिजेता बन्नुभयो ।
प्रकाशित मिति: सोमबार, कात्तिक २६, २०८१  २०:४२
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP