शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • अन्नपुर्णमा पाँचौं रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता
अन्नपुर्णमा पाँचौं रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता सोमबार, मंसिर १०, २०८१
WhatsApp Image 2024-11-25 at 15.19.20
बेनी । पोखरेबगरमा आइतबारदेखि अन्नपूर्ण गाउँपालिका स्तरीय अन्तर विद्यालय, पाँचौ राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता शुरु भएको छ ।अन्नपूर्ण गाउँपालिकाको आयोजनामा तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा ११ वटा विद्यालयको सहभागिता छ । प्रतियोगिता र कालीगण्डकी युवा क्लवको खेलमैदानको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले उद्घाटन गर्नुभयो । अध्यक्ष पुनले प्रदेश र राष्ट्रिय प्रतियोगितामा पुगेर स्वर्ण, कास्य र रजत पदक जित्ने अन्नपूर्णका खेलाडीलाई जनही रु। १५ हजार, १० हजार र पाँच हजार नगद पुरस्कार दिने घोषणा गर्नुभयो । यसैगरी पोखरेबगरमा कालीगण्डकी युवा क्लवले निर्माण गरेको खेलमैदानको स्टेज लगायत थप पूर्वाधार निर्माणका लागि गाउँपालिकाले सघाउने प्रतिवद्धता जनाउनुभयो । प्रतियोगितामा प्रथम हुने विद्यालयलाई रनिङ्ग शिल्ड, ट्रफी, मेडल र प्रमाणपत्र सहित नगद रु। ५० हजार पुरस्कार प्रदान गरिने अन्नपूर्ण गाउँपालिकाका शिक्षा अधिकृत गणेशबहादुर कटुवालले जानकारी दिनुभयो । एथलेटिक्स, कवड्डी र भलिबल बिधाका ३० वटा खेलमा तीन सय जना भन्दा बढी विद्यार्थीहरुले प्रतिस्पर्धा गर्नेछन् । दृतीय र तृतीय हुने विद्यालयलाई ट्रफी, मेडल र प्रमाणपत्र सहित क्रमश रु। ४० र ३० हजार प्रदान गरिने जनाइएको छ । प्रतियोगिताको पहिलो दिन भएको एक हजार पाँच सय मिटर दौडमा मुक्तिमार्ग मावि घारले छात्र÷छात्रामा स्वर्ण पदक जितेको छ । छात्रतर्फ शिख माविले कास्य र हिमाञ्चल माविले रजत तथा छात्रातर्फ ज्ञानप्रकाश माविले कास्य र शिख माविले रजत पदक जितेका छन् । एथलेटिक्स र कवड्डी कालीगण्डकी युवा क्लवको खेलमैदान तथा छात्रा÷छात्र भलिबल पोखरेबगर आधारभूत विद्यालयको खेलमैदानमा सञ्चालन गरिएको छ । उद्घाटन कार्यक्रममा भएको मार्च पासमा सर्वोदय मावि भुरुङ्ग– तातोपानी प्रथम, प्रभा मावि दोस्रो र हिमाञ्चल मावि तेस्रो भएका थिए । अन्नपूर्ण गाउँपालिकाको सामाजिक विकास समितिका संयोजक ओमप्रकाश फगामीको अध्यक्षता, उपाध्यक्ष दिवा तिलिजा पुनको स्वागत र सर्वोदय माविका प्रअ गोविन्द थापाको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।कार्यक्रममा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसी, सर्वोदय मावि व्यवस्थापन समितिका अध्यक्ष अनिल हिराचन, हिमाञ्चल माविका प्रअ रमन पुन, कालीगण्डकी युवा क्लवका अध्यक्ष रामकृष्ण खड्काले मन्तव्य व्यक्त गर्नुभएको थियो । प्रतियोगिताको उद्घाटन अघि पोखरेबगरमा ¥याली गरिएको थियो ।
प्रकाशित मिति: सोमबार, मंसिर १०, २०८१  १६:२७
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP