शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • म्याग्दीमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान (फोटो/भिडिओ)
म्याग्दीमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान (फोटो/भिडिओ)
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता मंगलबार, मंसिर ११, २०८१
म्याग्दी । ‘हामी सबैको प्रतिबद्धता, लैङ्गिक हिंसा विरुद्धको एक्यबद्धता’ भन्ने मूल नारासहित म्याग्दीमा पनि लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान मनाउन सुरु भएको छ । बेनी नगरपालिका, मिलन म्याग्दी र समावेशी मञ्च नेपालको संयुक्त आयोजना तथा सामाजिक विकास कार्यालय म्याग्दीको समन्वयमा १६ दिने अभियानअन्तर्गत आज पहिलो दिन असल अभ्यास साझा गर्ने कार्यक्रम गरिएको हो ।
कार्यक्रममा महिला अधिकारका लागि राष्ट्रिय मञ्च म्याग्दीको सचिवालय संयोजक एवं सामाजिक अभियन्ता जमुना आचार्यले आफूले विगतदेखि अहिलेसम्म भोगेका दुःख, पीडा र गरेका सामाजिक कार्यहरुको असल अभ्याससहितको अनुभव सुनाउनुभएको थियो । यसैगरी गोमा फाउण्डेशन प्रालि पोखराका संस्थापक अध्यक्ष गोमा पराजुलीले पनि आफ्नो जीवनमा विगतदेखि वर्तमानसम्म घटेका घटनाहरुसहित आफूले गरेका सामाजिक कार्यहरुको साथमा अनुभव सुनाउँदै सहभागीहरुलाई मार्गनिर्देशन दिनुभयो ।
भिडिओ हेर्नुहोस्...
[embed]https://youtu.be/Ez2FW1Pxj5Y[/embed]
सोही कार्यक्रममा बोल्दै यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको संस्था समावेशी मञ्च नेपालका अध्यक्ष डिलु बुदुजा (बद्री पुन)ले राज्यबाट पाउनुपर्ने संविधानप्रदत्त हक तथा अधिकारको उपभोग गर्न नपाएको गुनासो गर्नुभयो । उहाँले आफूहरु यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक सूचीमा परेकै कारणले विगतमा आफूले घर, परिवार, समाज र विद्यालयबाट थुप्रै शारिरीक तथा मानसिक यातना पाएको पीडा सुनाउनुभयो । राज्यको हरेक क्षेत्रमा आफूहरु पछाडि परेको र अरु नागरिकसरह हक, अधिकार नपाएको उहाँको भनाइ छ ।
राज्यबाट पाउनुपर्ने सेवासुविधामध्ये नागरिकता र समलिङ्गी विवाहको अधिकार मात्रै पाएको र संविधानमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको हक, अधिकारहरु उल्लेख भए पनि अहिलेसम्म ऐन, कानुन नबन्दा समस्या झेल्नुपरेको अध्यक्ष बुदुजाले बताउनुभयो । संविधानमा हक, अधिकारको रुपमा व्यवस्था भएर पनि त्यो कार्यान्वयन हुन नसक्दा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदाय सधैँ उपेक्षामा पर्ने गरेको उनीहरु बताउँछन् । देशमा सामाजिक सुरक्षा नभएकाले राज्यबाट अन्य नागरिकसरह आफूहरुले सबैखाले हक, अधिकार पाउनुपर्ने अध्यक्ष बुदुजाले माग गर्नुभयो ।
कार्यक्रमको समापन गर्दै बेनी नगरपालिकाका नगर प्रमुख सुरत केसीले लैङ्गिक हिंसा अन्त्य गर्नको लागि व्यक्ति, घर, परिवार तथा समाज मिलेर अगाडि बढ्नुपर्ने हुँदा लैङ्गिक हिंसा विरुद्धको अभियानले समाजको परिवर्तन र रुपान्तरणमा सहयोग पु¥याउने बताउनुभयो । उहाँले अमेरिका जस्तो विश्वको शक्तिशाली मुलुकमा समेत महिलाले राष्ट्रको नेतृत्व गर्छु भन्दा अवसर नपाएको उदाहरण प्रस्तुत गर्दै ठूलो तथा धनी देश, शिक्षा र चेतना भएर मात्रै पनि केही नहुने भएकाले सकारात्मक सोचको आवश्यकता औंल्याउनुभयो ।
जिल्ला समन्वय समिति म्याग्दीका उपप्रमुख डिलकुमारी खत्रीले नेपालको संविधानले हरेक क्षेत्रमा महिलाको सहभागिता अनिवार्य गरेको भए पनि यसको प्रभावकारी रुपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले लैङ्गिक हिंसा विरुद्धको अभियानमा सबैे एकजुट भएर लाग्नुपर्ने बताउँदै व्यक्ति, घर, परिवारबाटै हिंसा न्युनीकरणमा जोड दिनुपर्ने बताउनुभयो ।
कार्यक्रममा समलिङ्गी विवाह गरेका यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायबाट बिनिमा अधिकारी र कृष्ण चौधरीले आफ्ना अनुभव सुनाउनुभएको थियो । कार्यक्रम बेनी नगरपालिकाको कार्यपालिका सदस्य सृजना श्रेष्ठको अध्यक्षता, योजना अधिकृत अर्जुनप्रसाद सुवेदीको स्वागत, महिला विकास निरीक्षक डमसरा पुन र मिलन म्याग्दीका उपाध्यक्ष तिलकुमारी रानाको सञ्चालनमा सम्पन्न भएको थियो ।
जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापा, सहायक प्रमुख जिल्ला अधिकारी धिरेन्द्रराज पन्त, सामाजिक विकास कार्यालय प्रमुख रमेश थापाको विशेष उपस्थिति रहेको कार्यक्रममा जिल्लास्थित विभिन्न कार्यालय र संघसंस्थाबाट सहभागिता जनाएका थिए । औपचारिक कार्यक्रम सुरु हुनुपूर्व प्लेकार्डसहितको ¥यालीले सदरमुकाम बेनीबजारको परिक्रमा गरेको थियो ।

प्रकाशित मिति: मंगलबार, मंसिर ११, २०८१  ०७:१३
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP