शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • अन्नपूर्णको पाँचौं राष्ट्रपति रनिङ्ग शिल्ड ज्ञानप्रकाश माविलाई
अन्नपूर्णको पाँचौं राष्ट्रपति रनिङ्ग शिल्ड ज्ञानप्रकाश माविलाई
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बिहीबार, मंसिर १३, २०८१
Screenshot_20241128_151256_Facebook
बेनी। म्याग्दीको अन्नपूर्ण गाउँपालिका स्तरीय अन्तर विद्यालय, पाँचौ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको उपाधी ज्ञान प्रकाश मावि दानाले जितेको छ । गाउँपालिकाको केन्द्र पोखरेबगरमा बुधवार सम्पन्न प्रतियोगितामा १० स्वर्ण, ४ रजत र ३ कास्य पदक प्राप्त गरेर ज्ञान प्रकाश मावि बिजेता बनेको हो । प्रतियोगितामा उपाधी बिजेता विद्यालयलाई नगद रु ५० हजारको साथमा रनिङ शिल्ड, ट्रफि, मेडल र प्रमाणपत्रद्धारा पुरस्कृत गरिएको छ । त्यसैगरि प्रतियोगितामा १० स्वर्ण, २ रजत र ७ कास्य पदक सहित उप–बिजेता बनेको मुक्तिमार्ग मावि घार र ३ स्वर्ण, ४ रजत, ६ कास्य पदक सहित तृतिय बनेको प्रभा मावि नारच्याङलाई क्रमश ः नगद रु ३० हजार र २० हजारको साथमा ट्रफि, मेडल र प्रमाणपत्रद्धारा पुरस्कृत गरिएको गाउँपालिकाका शिक्षा अधिकृत गणेशबहादुर कटुवालले जानकारी दिनुभयो । प्रतियोगितामा विद्यागत रुपमा उत्कृष्ट हुने खेलाडी र विद्यालयलाई समेत नगद र ट्रफिद्धारा पुरस्कृत गरिएको थियो ।चार दिनसम्म सञ्चालन भएको प्रतियोगितामा ११ वटा विद्यालयका ३ सय बढी विद्यार्थीहरुले सहभागिता जनाएका थिए । प्रतियोगितामा भलिबल, कबड्डी र एथलेटिक्स विद्यातर्फ विभिन्न २९ इभेन्टमा खेल प्रतिस्पर्धा गराईएको थियो । कार्यक्रममा गाउँपालिका अध्यक्ष भारतकुमार पुन, उपाध्यक्ष दिवा तिलिजा पुन, सामाजिक विकास समितिका संयोजक एवम् वडा नम्बर २ का वडा अध्यक्ष ओमप्रकाश फगामी, ३ नम्बर वडाका वडाअध्यक्ष रमेश पुर्जा, वडा नम्बर ५ का वडा अध्यक्ष राजेश तिलिजा पुन, वडा नम्बर ६ का वडा अध्यक्ष रामबहादुर खड्का लगायतले खेलाडी र विद्यालयका खेल शिक्षकहरुलाई पुरस्कार वितरण गर्नुभएको थियो । गाउँपालिकाबाट छनौट भएका खेलाडीहरुले प्रदेश र राष्ट्रिय प्रतियोगितामा पुगेर स्वर्ण, रजत र कास्य पदक जित्ने अन्नपूर्णका खेलाडीलाई जनही रु. १५ हजार, १० हजार र पाँच हजार नगद पुरस्कार दिने गाउँपालिकाले घोषणा गरेको छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर १३, २०८१  १५:३७
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP