शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • एचआइभी संक्रमितलाई भेदभाव, लान्छना र हिंसाको त्रास
एचआइभी संक्रमितलाई भेदभाव, लान्छना र हिंसाको त्रास
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शुक्रबार, मंसिर १४, २०८१
IMG_0027
बेनी । म्याग्दीमा गएको आर्थिक वर्ष २०८०/०८१ मा म्याग्दीमा २२ सय जनाको परीक्षण गर्दा ५ जनामा एचाईभीका संक्रमितको पहिचान भएको छ । सदरमुकाम बेनीमा एचआईभी एड्ससम्बन्धी विषयमा बिहीबार सरोकारवालाहरुसँग अभिमुखीकरण कार्यक्रम जिल्लामा आर्थिक वर्ष ०७९/८० मा परीक्षण गर्दा भने एचआईभी संक्रमित कोही पनि नभेटिएको अर्थात् संक्रमितको सङख्या शुन्य रहेको पाइएको थियो । गण्डकी प्रदेशको स्वास्थ्य मन्त्रालय तथा स्वास्थ्य निर्देशनालयको आयोजना र स्वास्थ्य कार्यालय म्याग्दीको समन्वयमा आयोजित अभिमुखीकरण म्याग्दीमा हालसम्म १ सय २४ जनामा एचाईभी संक्रमण पुष्टि भएकोमा तीमध्ये ८८ जनाले नियमित रुपमा औषधी प्रयोग गरिरहेका छन् भने कोही जिल्ला बाहिर र कतिपयको मृत्यु हुन सक्ने अनुमान गरिएको स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख भूवन ठकुराठीले बताउनुभयो । म्याग्दीमा लामखुट्टेबाट एचआईभी एड्स संक्रमण हुन्छ भन्दै एक ब्यक्तिलाई लामो समयसम्म घरभित्रै राखिएको समेत भेटिएको बताउँदै अनावश्यक हल्लाले समेत संक्रमति भएकाहरू नै समाजमा त्रसित हुनुपर्ने अवस्था रहेको बताउनुभयो ।गण्डकी प्रदेशको स्वास्थ्य मन्त्रालयका जनस्वास्थ्य अधिकृत कमल रानाभाट र सुजता पोख्रेलले एचआईभी एड्ससम्बन्धी लाञ्छना तथा भेदभाव र नीतिगत व्यवस्थाका बारेमा सहजीकरण गर्नुभएको थियो । एचआईभी एड्स कसरी सर्छ र यसको रोकथामको बारेमा समुदायलाई बुझाउनुपर्ने आवश्यकता समेत औंल्याइएको थियो । एचआईभी एड्स मुख्य गरी असुरक्षित यौनसम्पर्क, निर्मलीकरण नगरेको सुई र संक्रमित महिलाले बच्चा जन्माउँदा सर्ने जोखिम उच्च भएपनि म्याग्दीमा संक्रमतिबाट जन्मिएका ५ सन्तानमा नेगेटिभ आएको बताउँदै समाजमा संक्रमतिलाई सम्मानको आवश्यकता र सचेतनामुलक अभियानमा सक्रिय बनाउनुपर्ने बताइएको थियो ।बेनी नगरपालिकाका नगर प्रमुख सुरत केसीले एचआईभी एड्स प्राणघातक रोगबाट अहिले संक्रामकजन्य रोगमा झरेको बताउनुभयो । म्याग्दीमा बाहिरी जिल्लाबाट आउने संक्रमतिले समेत नियमित औषधिकोे सेवन नगर्ने, उपचारको क्रममा विवरण लुकाउने जस्ता समस्या समेत रहेको बताइएको थियो ।कार्यक्रम स्वास्थ्य कार्यालयका सूचना अधिकारी गणेश सुवेदीको सञ्चालनमा सम्पन्न भएको थियो । कार्यक्रममा जिल्लास्थित विभिन्न सरोकारवाला निकायको उपस्थिति रहेको थियो ।
प्रकाशित मिति: शुक्रबार, मंसिर १४, २०८१  १८:२१
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP