शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • विराटनगरमाथि जनकपुरको सहज जित
विराटनगरमाथि जनकपुरको सहज जित
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शनिबार, मंसिर १५, २०८१
inbound8842802544851086594
काठमाडौँ —लाहिरु मिलान्थाको अविजित ७५ रनमा जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा विजयी सुरुआत गरेको छ । जनकपुरले एनपीएलको पहिलो खेलमा शनिबार विराटनगर किंग्सलाई ८ विकेटले पराजित गरेको हो । श्रीलंकामा जन्मिएका अमेरिकन खेलाडी मिलान्थाले ५३ बलमा अविजित ७५ रन बनाएपछि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जनकपुरले १ सय २८ रनको लक्ष्य १५.३ ओभरमै १ सय ३१ रन बनाउँदै पूरा गर्‍यो । लाहिरुले ९ चौका र ३ छक्का प्रहार गर्नुभएको थियो। लाहिरुले हर्ष ठाकेरसँग तेस्रो विकेटका लागि १ सय १६ रनको अविजित साझेदारी गर्दै जनकपुरलाई आरामदायी विजयी दिलाउनुभएको हो। ठाकेरले ३३ बल खेली २ चौकासहित २९ रन बनाउनुभयो । स्कोर बराबरी रहेको अवस्थामा उहाँले नै निकोलस कृतनको बलमा विजयी चौका प्रहार गर्नुभयो। विराटनगरको अनियन्त्रित बलिङको जनकपुरले फाइदा उठायो । विराटनगरले अतिरिक्तमै २२ रन दिएको थियो । क्रिस सोलले पहिलो ओभरमै ३ वाइड फाल्नुभएको थियो, जसमा इनिङ्सको पहिलो बल लेग साइडमा चौका गएको थियो । सोलले नै आसिफ शेखलाई पहिलो ओभरमा शून्यमा बोल्ड गर्नुभएको थियो। कप्तान अनिल साह पनि ५ रनमा बनाई प्रतिश जीसीको बलमा बोल्ड भए । यसअघि मार्टिन गप्टिलको अर्धशतक बनाए पनि टस हारेर ब्याटिङमा आएको विराटनगर १९ ओभर खेली १ सय २७ रनमा अलआउट भएको थियो । गप्टिलले ४३ बलमा ५५ रन बनाउनुभयो । न्युजिल्यान्डका पूर्वओपनर उहाँले ७ चौका र १ छक्का प्रहार गरर्नुभयो । १३ औं ओभरमा उहाँले बेन माइकलाई स्ट्रेट छक्का प्रहार गरी आफ्नो अर्धशतक पूरा गर्नुभएको थियो। त्यसको अर्को ओभरमा हर्ष ठाकरले उहाँलाई लङ अनमा कप्तान अनिल साहबाट क्याच गराउनुभयो । विराटनगरको सुरुआत राम्रो थिएन । खेलको पहिलो ओभरमा चौका प्रहार गरेका लोकेश बमलाई दोस्रो ओभरको पहिलो बलमा ललित राजवंशीले बोल्ड गर्नुभएको थियो। बमले ५ रनमात्र बनाउन सक्नुभयो। अकिब इल्यासले पनि १८ बलमा १५ रनमात्र बनाउन सक्नुभयो। ओमानका पूर्वकप्तान इल्यासलाई मोहम्मद मोहसिनले एलबीडब्लु आउट गर्नुभयो। गप्टिल र इल्यासबाहेक विराटनगरबाट अन्यले दोहोरो स्कोर बनाउन सकेनन् । कान्तिपुर
प्रकाशित मिति: शनिबार, मंसिर १५, २०८१  १६:५१
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP