शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • गलेश्वरमा शतबीज छर्नेको भिड (फोटो/भिडिओ)
गलेश्वरमा शतबीज छर्नेको भिड (फोटो/भिडिओ)
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शनिबार, मंसिर १५, २०८१
galeshwor
म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–९,स्थित प्रसिद्ध गलेश्वर शिवालयमा शनिबार बिहानैदेखि बाला चतुर्दशीका दिन शतबीज छर्ने र दीप दान गर्नेहरूको भिड लागेको छ । पशुपतिनाथको रूपमा परिचित गलेश्वर धाममा रातिदेखि नै टाढा टाढाका भक्तजनहरू आएका छन् । गलेश्वरमा रात भरी भजन कीर्तन गर्दै जाग्राम बसेर बाला चतुर्दशीको दिन बिहानै कालीगण्डकीमा स्नान गरी पितृको स्मरण गर्दै दीप दानसहित शतबीज छर्ने प्रचलन रहेको छ।दिवङ्गत आत्माको चिर शान्तिको कामना गर्दै शतबीज छर्ने चलन छ । कास्कीको माछापुछे्र गाउँपालिकाबाट आउनुभएका पुर्णभद्र ढुङ्गानाले बाला चतुर्दशीमा सतबीज छर्नाले मोक्ष प्राप्त हुने विश्वास रहेको बताउनुभयो । म्याग्दीको मालिका गाउँपालिका–४,फुलबारीबाट आउनुभएका बलराम शर्माले शतबीजबाट उम्रेर आएको अन्न दिवङ्गतको आत्माले खान पाउने र कहिल्यै भोको बस्नु नपर्ने विश्वास व्यक्त गर्नुभयो । साथै , उहाँले यहाँ आएर शतबीज छर्नाले अनिकाल नहुने बताउनुभयो । भिडिओ [embed]https://youtu.be/6k1vImNzv8A[/embed] भक्तजनलाई नेपाल प्रहरी, जनपथ प्रहरी,विद्यार्थी लगायत विभिन्न सङ्घसंस्थाका स्वयंमसेवकहरुले मन्दिरको प्रवेशद्धारदेखि नै भक्तजनको सेवामा खटिएका छन् । अनुकूल मौसम र सहज व्यवस्थापनका कारण भक्तजनको भिड लागेको गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले बताउनुभयो । मेलालाई व्यवस्थित बनाउन कोषका अध्यक्ष रेग्मीको अध्यक्षतामा मुल र अन्य उपसमितिहरु गठन गरिएको छ । सदरमुकाम बेनीदेखि तीन किलोमिटर टाढा रहेको गलेश्वरमा पुजा अर्चना गर्नका लागि म्याग्दी, पर्वत, बागलुङ, नवलपरासी, चितवन, कास्की, काठमाडौँ लगायतका जिल्लाहरुबाट बिहानैदेखि श्रद्धालु भक्तजनहरू आएका छन् । काली गण्डकी नदी किनारमा ९ रोपनी क्षेत्रफलमा फैलिएको एउटै चट्टानमाथि अवस्थित गलेश्वरलाई विश्वकै अलौकिक धार्मिक स्थल भन्ने गरिन्छ ।  
प्रकाशित मिति: शनिबार, मंसिर १५, २०८१  १६:५९
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP