शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • अन्नपुर्णको घारमा सार्वजनिक सुनुवाई (तस्बिरहरु)
अन्नपुर्णको घारमा सार्वजनिक सुनुवाई (तस्बिरहरु)
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता आइतबार, मंसिर १६, २०८१
IMG_1698
बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको घारमा सार्वजनिक सुनुवाई सम्पन्न भएको छ । गाउँपालिकाको वडा नम्बर ६, घारमा आइतबार पहिलो चौमासिकमा गाउँपालिकाबाट चालु आर्थिक बर्ष २०८१/०८२ मा सञ्चालित विकास निर्माण योजना,कार्यक्रम र सेवा प्रवाहको अवस्था लगायत विषय माथी सार्वजनिक सुुनुवाई कार्यक्रम गरिएको हो । प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद शर्माका अनुसार ,चालु आर्थिक वर्षमा गाउँपालिकाबाट स्विकृत भएका एक सय ३० वटा योजनाहरु मध्ये हाल सम्म ११ वटा योजनाहरु सम्झौता भइसकेका छन् । अधिकाँश योजनाहरु कार्यान्वयनका लागि उपभोक्ता समिति गठनको काम अन्तिम चरणमा पुगेको छ । चालु आर्थिक वर्षको प्रथम चौमासिकमा चालुतर्फ पाँच करोड ७३ लाख ९४ हजार आठ सय चौध र पुँजिगततर्फ दश लाख ६३ हजार पाँच सय ९४ रुपैयाँ गरी कुल ५ करोड ८४ लाख ५८ हजार चार सय ९ रुपैयाँ खर्च भएको प्रमुख प्रशासकीय अधिकृत शर्माले जानकारी दिनुभयो । कार्यक्रममा सहभागीहरुले पोखरेबगर–घार–चित्रे–घोडेपानी सडकका विभिन्न ठाउँमा पहिराले अवरोध बनाएको सडक मर्मत र स्तरोन्नती गर्न ,घोडेपानी देखि उल्लेरी जोड्ने सडकलाई पुर्णता दिन, कृषि एम्बुलेन्सलाई कृषकको हितमा हुनेगरी उपयोग गर्न,पोखरेबगर–बैसरी सडकलाई स्तरोन्नती गर्न गाउँपालिकाको ध्यानाकर्षण गराएका थिए । त्यसैगरी ,गाउँपालिकाको विभिन्न बस्तीमा बढ्दो बाँदर आतङ्क नियन्त्रण गर्न ,चालु आर्थिक वर्षका लागि स्विकृत योजनाहरुको प्रभावकारी कार्यान्वयन गर्न ,बजेट निर्माण गर्दा कृषि र शिक्षा क्षेत्रलाई प्राथमिकता दिनुपर्ने तथा गाउँपालिकाको सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन ,गाउँपालिकाको केन्द्र पोखरेबगरमा सामुदायिक स्वास्थ्य इकाई स्थापना गर्न , फोहोर व्यवस्थापन गर्न र गाउँपालिकाबाट लिइने करको दर कम गर्न लगायत माग गरेका थिए । गाउँपालिका अध्यक्ष भारतकुमार पुनले गाउँपालिकाको केन्द्र पोखरेबगरदेखि घोडेपानी जोड्ने सडकका विभिन्न खण्डमा पहिरोले निम्ताएको समस्यालाई समाधान गर्न सम्बन्धीत योजना कार्यान्वयन कार्यालय र निर्माण व्यवसायीको निरन्तर ध्यानाकर्षण गराएको र पालिकाले समेत विपद् व्यवस्थापनबाट सडकलाई मर्मत गर्न पहल थाल्ने बताउनुभयो ।उहाँले पालिकाको आन्तरिक आम्दानीको स्रोत बढाउन पालिकाले करको दायरालाई फराकिलो बनाउने नीति लिएको बताउँदै कृषि ,पशुुपाल ,शिक्षा स्वास्थ्य र पुर्वाधार विकास गाउँपालिकाको प्रथामिकतामा रहेको बताउनुभयो । कार्यक्रममा प्रमुख प्रशासकीय शर्माले गाउँपालिकाले आफ्नै प्रशासकीय भवन निर्माणको लागि जग्गा प्राप्तीको काम अन्तिम चरण्मा पुगेको जानकारी गराउँदै सेवा प्रवाहलाई सरल ,पार्दर्शी र प्रभावकारी बनाउन गाउँपालिका प्रतिबद्ध रहेको बताउनुभयो । वडा नम्बर ६ का वडा अध्यक्ष रामबहादुर खड्काले घोडेपानीदेखि उल्लेरी जोड्ने सडकमा संघ र प्रदेश सरकारबाट प्राप्त बजेटलाई कार्यान्वयन गर्न सम्बन्धीत निकायमा निरन्तर पहल र समन्वय भैरहेको बताउनुभयो । वडा अध्यक्ष खड्काले वडा भित्र आवश्यकताका आधारमा योजना छनोट गरेको र यस वर्ष सम्बोधन नभएका योजनाहरुलाई आगामी वर्ष प्राथमिकता दिने बताउनुभयो । गाउँपालिका अध्यक्ष भारतकुमार पुनको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन प्रशासकीय अधिकृत भगवती खड्काले र सार्वजनिक सुनुवाई कार्यक्रमको सहजिकरण पत्रकारद्धय कमल खत्री र साधन राम्जालीले गर्नुभएको थियो ।    
प्रकाशित मिति: आइतबार, मंसिर १६, २०८१  १९:५७
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP