शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • चितवनमा रास्वपाको प्रदर्शनमा झडप: आठ प्रहरी र ४० प्रदर्शनकारी घाइते
चितवनमा रास्वपाको प्रदर्शनमा झडप: आठ प्रहरी र ४० प्रदर्शनकारी घाइते
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बुधबार, मंसिर १९, २०८१
inbound5216338348935999969
चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले चितवनमा गरेको प्रदर्शनको क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ। बुधबार रास्वपाले चितवनको चौबिसकोठीमा प्रदर्शन गरेको थियो। तर त्यसैबीच प्रहरी र प्रदर्शनकारीबीच झडप भएको हो। झडपको क्रममा आठ जना प्रहरी र रास्वपाका ४० जना प्रदर्शनकारीहरू घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय चितवनका एसपी गौतम मिश्रका अनुसार प्रहरीतर्फ आठ जना घाइते भएका छन्। उनीहरूलाई उपचारका लागि अस्पताल पठाइएको छ। यता रास्वपाका ४० जना घाइते भएको रास्वपा सभापति रवि लामिछानेका सहयोगी प्रमोद न्यौपानेले बताउनुभयो। ‘हाम्रोतर्फ कम्तिमा पनि ४० जना घाइते भएका छन्,’ उहाँले भन्नुभयो। प्रदर्शनको क्रममा जिल्ला प्रहरी कार्यालय चितवनसम्म पुगेपछि पानीको फोहोरा र अश्रुग्यास सेल प्रहार गर्नुपरेको एसपी मिश्रले बताउनुभयो। ‘घाइतेहरू सरकारी अस्पतालमा छन्। जिल्ला प्रहरी कार्यालय गेटमै जबरजस्ती छिर्न खोजे। हामीले रोक्न खोजेपछि प्रहरीमाथि ढुंगामुढा भयो। प्रहरी नै घाइते भएपछि हामीले अश्रुग्यास र पानीको फोहोरा प्रयोग गरेका हौं,’ उहाँले भन्नुभयो। कति सेल प्रहार भएको भन्ने खुलिसकेको छैन। अहिले रवि लामिछानेलाई जिल्ला प्रहरी कार्यालय चितवनमा लगिएको छ। उहाँलाई चितवन पुर्‍याएपछि रास्वपाले प्रदर्शन गरेको हो। सेताेपाटी
प्रकाशित मिति: बुधबार, मंसिर १९, २०८१  १६:१७
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP