शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • महिला सशक्तिकरणमा सहकारीको भूमिका विषयक अन्तरक्रिया 
महिला सशक्तिकरणमा सहकारीको भूमिका विषयक अन्तरक्रिया 
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता मंगलबार, मंसिर २५, २०८१
Messenger_creation_FB9F26A7-80E5-4C26-AF73-F8963E537713
बेनी । म्याग्दीको सदरमुकाम बेनीमा सोमबार महिला सशक्तिकरणमा सहकारीको भूमिका विषयक अन्तत्र्रिmया कार्यक्रम सम्पन्न भएको छ । ‘हामी सबैको प्रतिबद्धता, लैङ्गिक हिंसा अन्त्यका लागि ऐक्यबद्धता’ भन्ने मूल नारासहित नोभेम्बर २५ देखि डिसेम्बर १० तारिखसम्म सञ्चालित लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानअन्तर्गत महिला सशक्तिकरणमा सहकारीको भूमिका विषयक अन्तत्र्रिmया र छलफल गरिएको हो । दिदीबहिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडद्वारा आयोजित अन्तत्र्रिmया कार्यक्रमको उद्घाटन गर्दै बेनी नगरपालिकाका नगर उपप्रमुख ज्योति लामिछानेले १६ दिने अभियान मनाउँदै गर्दा अहिले पनि समाजमा महिला र बालिकामाथि हिंसा भैरहेकाले सचेत बन्नुपर्ने बताउनुभयो । उहाँले समुदायस्तरमा लैङ्गिक हिंसाको विरुद्धमा सचेतना फैलाउनको लागि नगरपालिकामार्फत आवश्यक पहल भैरहेको बताउँदै महिला दिदीबहिनीहरुलाई आयआर्जनमा जोडेर आत्मनिर्भर बनाउन ‘आमा समूहसँग उपमेयर’ कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो । कार्यक्रममा दिदीबहिनी सहकारीको पूर्व अध्यक्ष समेत रहनुभएकी महिला अधिकारकर्मी एवं सामाजिक अभियन्ता जमुना आचार्यले महिला सशक्तिकरणमा सहकारीको भूमिका, लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान, घरेलु तथा सामाजिक हिंसा न्यूनीकरण, आयआर्जन तथा आत्मनिर्भर लगायतका विषयमा सहजीकरण गर्नुभएको थियो । उक्त कार्यक्रममा दिदीबहिनी बचत तथा ऋण सहकारी संस्थाका सल्लाहकार एवं बेनी नगरपालिकाको पूर्व नगर उपप्रमुख सन्जु बरुवाल, लायन्स क्लब अफ बेनी महारानीका अध्यक्ष चन्द्रा घले गुरुङ र लोकदीप बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष प्रमिला जोशी श्रेष्ठले मन्तव्य व्यक्त गर्नुभएको थियो ।   अन्तत्र्रिmया कार्यक्रमको अवसरमा दिदीबहिनी सहकारीले विगतदेखि नै सञ्चालन गर्दै आइरहेको मुठ्ठीदान अभियानमार्फत पर्वतको जलजला गाउँपालिका–७, निवासी पाठेघरको क्यान्सरपीडित गंगा परियार, जलजला–३ का सनम विक र म्याग्दीको बेनी नगरपालिका–२, बगरफाँट निवासी गंगा थापालाई क्रमशः नगद पाँचहजार पाँचसय ५५ रुपैयाँको दरले आर्थिक सहयोग हस्तान्तरण गरिएको थियो । यस सहकारीमार्फत सञ्चालित मुठ्ठीदान अभियान सहकारीको क्षेत्रमा निकै लोकप्रिय मानिन्छ । कार्यक्रममा लायन्स क्लबका पदाधिकारी, महिला उद्यमी तथा जनप्रतिनिधिहरु, महिला सहकारीका सञ्चालक तथा शेयर सदस्यहरु लगायतको उपस्थिति रहेको थियो । सहकारीका कार्यवाहक अध्यक्ष सुगम श्रेष्ठको अध्यक्षता र सचिव जगतकुमारी खत्रीको सञ्चालनमा सम्पन्न कार्यक्रममा सञ्चालक समिति सदस्य एवं शिक्षा उपसमिति संयोजक अञ्जना हमाल केसीले स्वागत गर्नुभएको थियो ।
प्रकाशित मिति: मंगलबार, मंसिर २५, २०८१  १८:५९
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP