शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • सिङ्गामा महिलाहरुलाई सौन्दर्यकलाको डिप्लोमा तालिम सुरु
सिङ्गामा महिलाहरुलाई सौन्दर्यकलाको डिप्लोमा तालिम सुरु
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बुधबार, मंसिर २६, २०८१
received_9260061547346538
म्याग्दी। ग्रामीण भेगका महिलाहरुलाई पेशा तथा व्यवसायसँग जोडेर आत्मनिर्भर बनाउनको लागि सौन्दर्यकला सम्बन्धी डिप्लोमा तालिम सुरु भएको छ । शिवालय सामुदायिक सिकाइ केन्द्रको १२औं वार्षिक साधारणसभाको अवसर पारेर सौन्दर्यकला सम्बन्धी ४५ दिने डिप्लोमा तालिम सञ्चालन गरिएको हो । म्याग्दीको बेनी नगरपालिका–४, नम्बर वडा कार्यालयको समन्वय तथा सहजीकरणमा सिङ्गाको शिवालय सामुदायिक सिकाइ केन्द्रको आयोजनामा तालिम सञ्चालन भएको छ । तालिमको उद्घाटन गर्दै बेनी नगरपालिकाको शिक्षा अधिकृत कमलप्रसाद ढकालले तालिमपश्चात् सिप सिकेर आत्मनिर्भर बन्न महिलाहरुलाई सुझाव दिनुभयो । उहाँले निरक्षरलाई साक्षर बनाउने तथा साक्षरलाई श्रम र सिपसँगै स्वरोजगार बनाउने सामुदायिक सिकाइ केन्द्रको उद्देश्य रहेको बताउनुभयो । बेनी नगरपालिका ४ नम्बर वडाका वडा अध्यक्ष अणबहादुर खड्का (भगवान)ले महिला दिदीबहिनीहरुलाई लक्षित गरेर वडा कार्यालय र नगरपालिकाले आयआर्जन तथा सिपमूलक सम्बन्धी विभिन्न किसिमका तालिम तथा कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको बताउनुभयो । उहाँले तालिममा सहभागी महिलाहरुले प्रभावकारी रुपमा तालिम लिएर पेशा तथा व्यवसाय सञ्चालन गरी आफू आत्मनिर्भर बन्नुपर्ने बताउँदै सौन्दर्यकला सम्बन्धी तालिमलाई भरपुर रुपमा उपयोग गर्न सुझाव दिनुभयो । साधारणसभाको अवसरमा शिवालय सामुदायिक सिकाइ केन्द्रका सदस्य रामप्रसाद शर्माले केन्द्रको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा बेनी नगरपालिका ४ नम्बर वडाका वडा सदस्य केन खत्री र तालिमका प्रशिक्षक सौन्दर्यकला व्यवसायी संघका अध्यक्ष एवं प्रजिया व्युटीपार्लर एण्ड टे«निङ सेन्टरका सञ्चालक गंगा थापा कार्कीले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रम शिवालय सामुदायिक सिकाइ केन्द्रका अध्यक्ष भरतप्रसाद शर्माको अध्यक्षता, सदस्य सन्दीपा शर्माको स्वागत र सामाजिक परिचालक सीता थापा कुँबरको सञ्चालनमा सम्पन्न भएको थियो । सौन्दर्यकला सम्बन्धी तालिममा ४ नम्बर वडाका ३० जना महिलाहरुको सहभागिता रहेको छ भने गतवर्ष आधारभूत तालिममा सहभागी भएका महिलाहरुलाई यसवर्ष सौन्दर्यकला सम्बन्धी डिप्लोमाको तालिम सञ्चालन गरिएको आयोजकले जनाएको छ ।
प्रकाशित मिति: बुधबार, मंसिर २६, २०८१  ११:३६
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP