शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • दोस्रो म्याग्दी भलिबल कप : ज्ञानप्रकाश र बेनी सामुदायिक मावि विजयी
दोस्रो म्याग्दी भलिबल कप : ज्ञानप्रकाश र बेनी सामुदायिक मावि विजयी
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता सोमबार, पुस १, २०८१
IMG_1906
बेनी ।म्याग्दीको मंगला गाउँपालिका–२, बावियाचौरमा सम्पन्न दोस्रो म्याग्दी भलिबल कपको उपाधि छात्रतर्फ ज्ञानप्रकाश मावि दाना र छात्रातर्फ बेनी सामुदायिक मावि विजय भएको छ ।शनिबार भएको फाईनल खेलमा छात्रतर्फको खेलमा अन्नपूर्ण गाउँपालिका–३,दानास्थित ज्ञानप्रकाश माविले बेनी नगरपालिका–७,बेनी स्थित प्रकाश माविलाई १–३ सेटमा पराजित गरेको थियो । त्यसैगरी छात्राातर्फ बेनी सामुदायिक माविले म्याग्दी बहुमुखी क्याम्पसलाई सोझो सेटमा पराजित गरेको छ । प्रतियोगितामा छात्राछात्रा प्रथम र द्धितियले क्रमश ५० हजार, नगद, २५ हजार सहित रनिङ कप, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका थिए । त्यसैगरी शिक्षकतर्फ किसानी मावि बिमलाई पराजित गदैं डनिङ आवसीय मावि बावियाचौरले उपाधि जितेको छ । त्यसैगरी शिक्षिका तर्फ माउण्ट एभरेष्ट आवसीय माविलाई पराजित गर्दै प्रथम भएको शिख माविले हात पारेको छ । शिक्षक पुरुष तथा महिलातर्फ प्रथम र द्वितिय पुरस्कार क्रमशः२५ हजार र १३ हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको म्याग्दी भलिबल संघका महासचिव कुमार किसानले जानकारी दिए । प्रतियोगितामा छात्रतर्फ ज्ञानप्रकाश माविका सफल गुरुङ, छात्रातर्फ बेनी सामुदायिक माविकी समिक्षा थापा, शिक्षकतर्फ डनिङ आवासीय माविका अनित बुढाथोकी र शिक्षिकातर्फ शिख माविकी हेमा पुन, उत्कृष्ट कोच ज्ञानप्रकाश माविका भिमबहादुर बरुवालले नगद सम्मान गरिएको छ । प्रतियोगिताका बिजेतालाई पूर्व भौतिक यातायात ब्यवस्था मन्त्री एवम् प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जाली, मंगला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोका, पुर्व माननीय विनोद केसीले पुरस्कार वितरण गर्नुभएको थियो । मंगला मा।वि र डर्निङ आवासीय माविको सह आयोजनामा सम्पन्न भएको प्रतियोगितामा जनप्रतिनिधि सहित जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसी, म्याग्दी उद्योग वाणिज्य संघका महासचिव नारायण जिसी, शिक्षा विकास कोष ज्ञानप्रकाश माविका संयोजक कृष्ण तुलाचन लगायतको उपस्थिती रहेको थियो । प्रतियोगितमा छात्रतर्फ २०, छात्रा १३, पुरुष शिक्षक २० र महिला शिक्षकतर्फ ९ गरि ६२ टिमको सहभागिता रहेको थियो । म्याग्दी जिल्ला भलिबल संघका अध्यक्ष तेजेन्द्र बानियाँले भलिबल खेलको नर्सरी नै विद्यालय भएकाले विद्यालय स्तरीय खेलको गत वर्षदेखि संचालन गरिएको बताउनुभयो । प्रतियोगिताको मुख्य प्रायोजकमा गौमति खत्री विकास कोष रहेको थियो ।
प्रकाशित मिति: सोमबार, पुस १, २०८१  १७:५६
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP