शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • ३७ मेगावाटको माथिल्लो म्याग्दी खोलामा ५ बैंकको ५ अर्ब ३४ करोड लगानी
३७ मेगावाटको माथिल्लो म्याग्दी खोलामा ५ बैंकको ५ अर्ब ३४ करोड लगानी
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता मंगलबार, पुस २, २०८१
hyadro myagdi uper
काठमाडौँ । म्याग्दीको धवलागिरी गाउँपालिका–४,मा निर्माणाधिन माथिल्लो म्याग्दी खोला जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन भएको छ । सिद्धार्थ बैंक लिमिटेडको अगुवाईमा लगानी हुने ३७ मेगावाटको माथिल्लो म्याग्दी खोला जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन सम्झौता सम्पन्न भएको छ । हाइड्रो इम्पायर प्रा.लि.ले निर्माण गर्ने उक्त आयोजनाको लागि ५ वटा बैंकको सह–वित्तीयकरणमा झण्डै साढे ५ अर्ब रुपैयाँ लगानी गर्ने गरी सोमबार एक कार्यक्रमका बीच उक्त सम्झौता भएको हो । आयोजनामा सिद्धार्थ बैंक लिमिटेडको प्रमुख अग्रसरता तथा नेपाल एसबिआई बैंक लिमिटेड, सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड, एभरेष्ट बैंक लिमिटेड र नबिल बैंक लिमिटेडले लगानी गर्ने टुंगो लागेको छ । सम्झौतापत्रमा अगुवा बैंकका तर्फबाट कर्जा प्रमुख अमित श्रेष्ठ तथा एसबिआई बैंकका शाखा प्रमुख सन्तोष पुन, सिटिजन्स बैंकका रोशन मल्ल, एभरेष्ट बैंकका उमेश गेलाल र नबिल बैंकका निशेषहरि राजभण्डारीले हस्ताक्षर गर्नुभएको थियो । प्रवर्द्धक कम्पनीका अध्यक्ष काजी लामा तथा अगुवा बैंकका प्रमुख कार्यकारी अधिकृत सुन्दरप्रसाद कँडेलले सम्झौतापत्र आदानप्रदान गर्नुभएको थियो । कार्यक्रममा अध्यक्ष लामाले आयोजना समय र लागतभित्रै आयोजना पूरा गर्ने प्रतिबद्धता जनाउनुभएको थियो। साथै, यस आयोजनाले सरकारले राखेको ऊर्जा विकासको लक्ष्य पूरा गर्न विशेष भूमिका खेल्ने बताउनुभयो । त्यसैगरी, कम्पनीका प्रमुख कार्यकारी अधिकृत उदयकान्त झाले वित्तीय व्यवस्थापनको टुंगो लाग्नु आयोजनाका लागि कोशेढुंगा सावित भएको बताउनुभयो । यसबाट आयोजनाको निर्माणलाई तीव्रता दिँदै आर्थिक तथा सामाजिक विकासका क्षेत्रमा सरकारसँग हातेमालो गर्दै अगाडि बढ्न प्रेरणा तथा हौसला प्रदान गरेको उहाँको भनाइ थियो । सोही कार्यक्रममा अगुवा बैंकका प्रमुख कार्यकारी अधिकृत कँडेलले आयोजना समय र लागतभित्रै पूरा गर्न कम्पनी व्यवस्थापन प्रतिबद्धताका साथ लाग्नुपर्ने बताउनुभयो । ‘निर्माण प्रभावकारी तरिकाले सम्पन्न गर्नु महत्त्वपूर्ण जिम्मेवारी हो, लगानी परिचालनका सन्दर्भमा हामी प्रतिबद्ध भएर आयोजनाको सहयोगी बन्ने छौँ,’ उहाँले भन्नुभयो , ‘यसले भविष्यमा नेपाललाई ऊर्जा निर्यातकर्ता देश बनाउने अभियानमा ठोस योगदान पुर्‍याउने छ ।’ साथै, कम्पनी र बैंकबीच एकता र सहकार्य गरी अगाडि बढ्नुपर्ने उहाँको भनाइ थियो । बैंकको ब्याजबाहेक आयोजनाको कूल लागत ६ अर्ब ६९ करोड ९४ लाख ९५ हजार रुपैयाँ अनुमान गरिएको छ । त्यसमा बैंकहरूबाट ५ अर्ब ३४ करोड ८८ लाख ९८ हजार रुपैयाँ लगानी गर्नेछन् । कम्पनीका अनुसार आयोजनामा बैंकको ब्याजबाहेक ऋण र स्वपुँजी लगानीको अनुपात ८०ः२० रहेको छ भने बैंकको ब्याजसहित लगानीको अनुपात ७०ः३० (कूल लगानी ७ अर्ब ६३ करोड २९ लाख १४ हजार रुपैयाँ) प्रक्षेपण गरिएको छ । आयोजना निर्माण भएको करिब १२ वर्षमा बैंकको ऋण तिरिसक्ने योजना छ । आयोजनाबाट वार्षिक औसत २१५.७१४ गिगावाट घन्टा (हिउँदमा ६७.२३ गिगावाट घन्टा र बर्खामा १४८.४८६ गिगावाट घन्टा) ऊर्जा उत्पादन हुनेछ । उत्पादित विद्युत् विद्युत्‌गृहदेखि १० किलोमिटर दूरीको १३२ केभी सिंगल सर्किट प्रसारण लाइन निर्माण गरी नेपाल विद्युत् प्राधिकरणको डाँडाखेत सबस्टेसनमा लगेर केन्द्रीय प्रणालीमा प्रवाह गरिनेछ । आयोजनाको डिजाइन परामर्शदातामा ईआई माभेन प्रा.लि. रहेको छ भने सिभिल निर्माण (हेडवर्क्सदेखि अडिट सुरुङ) माछापुच्छ्रे इन्जिनियरिङ प्रा.लि. र आरजे÷ममता जेभी (अडिट सुरुङदेखि विद्युत्‌गृहसम्मको संरचना) ले गर्ने गरी सम्झौता भएको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत उदयकान्त झाले प्राविधिक पक्ष राम्रो भएको र लगानी समेत जुटीसकेकोले निर्धारित समयमा सम्पन्न गर्ने दाबी गर्नुभयो । हालसम्म आयोजना निर्माणस्थलमा पुग्ने २१ किलोमिटर पहुँचमार्ग पूरा भई आवश्यक ५० टन क्षमताको १ र ३० टन क्षमताको १ बेलिब्रिज पनि सञ्चालनमा आइसकेको छ । आयोजनाले निर्माण गर्नुपर्ने करिब ९ किलोमिटर पहुँचमार्गको काम समेत पूरा भएको कम्पनीले जानकारी दिएको छ । यसैगरी, कम्पनीका प्रबन्ध निर्देशक जितबहादुर घर्तीले सक्षम प्राविधिक समूह भएका कारण भौगोलिक अनुकुलताले आयोजना प्रभावकारी हुने बताउनुभयाे । उता, सुरक्षार्थ आवश्यक नेपाली सेनाका लागि आवास (आर्मी क्याम्प) को व्यवस्था र अन्य सिभिल संरचनाका लागि ठेकेदार परिचालन भइ कार्य सुरु भइसकेको छ । आयोजनाका लागि आवश्यक निजी जग्गा १.६९ हेक्टर खरिद गरिएको तथा सरकारी जग्गा ३.६९ हेक्टर अधिग्रहण गरी यसको शोधभर्नाको प्रक्रिया अगाडि बढाएको छ । यस्तै, वन सम्बन्धी सम्पूर्ण कार्यहरू सकिइसकेको छ । आयोजनाका लागि आवश्यक विष्फोटक पर्दाथ खरिदका लागि लागि सम्बन्धित निकायबाट स्वीकृति लिई प्रक्रिया अगाडि बढाइएको कम्पनीले जनाएको छ । तस्बिर ः उर्जा खबर र उर्जा संचार
प्रकाशित मिति: मंगलबार, पुस २, २०८१  ११:१६
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP