शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • धवलागिरी गाउँपालिकाको २३ औं गाउँसभाबाट थप ४ करोड २१ लाख बजेट विनियोजन
धवलागिरी गाउँपालिकाको २३ औं गाउँसभाबाट थप ४ करोड २१ लाख बजेट विनियोजन
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बिहीबार, पुस ११, २०८१
471237018_906249654974456_243130738870230618_n
बेनी । म्याग्दीको धवलागिरी गाउँपालिकाको बुधवार सम्पन्न २३ औँ गाउँसभाले ४ करोड २१ लाख बजेट विनियोजन गरेको छ । गत आर्थिक बर्षमा खर्च हुन बाँकी रहेको मौज्दातलाई विभिन्न योजना र प्रशासनिक खर्चका लागि विनियोजन गरेको हो । गाउँपालिकाको आवश्यक योजनालाई प्राथमिकता दिएर विनियोजित बजेटमा जिल्लाकै बिकट गाउँ गूर्जा जोड्ने सडक र निर्माणाधिन गाउँपालिकाको प्रशासकीय भवनलाई ६० / ६० लाख बजेट उपाध्यक्ष रेशम पुनले प्रस्तुत गर्नुभएकोमा पारित गरिएको हो । यसैगरी झोलुङ्गे पुल निर्माण , खानेपानी आयोजना निर्माण लगाययत शिर्षकमा बजेट विनियोजन गरिएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोतिप्रसाद अर्यालका अनुसार, गत असारमा सम्पन्न २२ औँ गाउँसभामा ४३ करोड ४३ लाख रुपैयाँ बजेट पारित गरिएकोमा बुधवारको गाउँसभाले संसोधित बजेट स्वीकृत गरी कुल बजेट ४७ करोड ६४ लाख रहेको छ । गाउँपालिका अध्यक्ष प्रेमप्रसाद पुनले गाउँसभामा विनियोजन ऐन २०८१ लाई संसोधन गरी विभिन्न योजनाहरुमा रकम थपका साथै रकमान्तर गर्ने निर्णयसँगै योजनाको कार्यान्वयनमा समेत जोड दिनुभएको थियो । गाउँपालिका अध्यक्ष पुनका स्वकीय सचिव नगेन्द्र मल्लका अनुसार, पालिकामा रहेका सामुदायिक विद्यालयमा ३० बर्षभन्दा बढी समय शिक्षण सेवा आवद्ध धनजनता मावि फलीयागाउँका प्रअ पूर्ण बहादुर भण्डारी, कल्लेनी आधारभुत विद्यालय कल्लेनका प्रअ भेषनाथ गौतम,हेम माविका शिक्षकद्धय ठाकुर पौडेल, कर्ननाथ सुवेदी,धौलागिरी मावि मुनाका शिक्षक मनबहादुर पुन, जगन्नाथ आधारभुत विद्यालय हिलापोखरीका प्रअ सुकदेव पौडेल, कोट आधारभूत विद्यालय काफलडाँडाका प्रअ हेमनाथ उपाध्याय र जनविकास मावि मराङका शिक्षक खडानन्द शर्मालाई जनही नगद ६ हजार ७ सयको साथमा दोसल्ला र सम्मानपत्रद्धारा सम्मान गरिएको छ । अध्यक्ष पुनको अध्यक्षतामा सम्पन्न गाउँसभामा सामाजिक विकास समितिका संयोजक देवेन्द्र रोकाले स्वागत गर्नुभएको कार्यक्रमको सहजीकरण प्रमुख प्रशासकीय अधिकृत अर्यालले गर्नुभएको थियो । म्याग्दी जिल्लाकै अति विकट गूर्जासम्म सडक विस्तारमा गाउँपालिकाले प्राथमिकता दिएपछि यसपटक समेत थप काम हुने भन्दै गूर्जाबासी समेत उत्साहित छन् ।
प्रकाशित मिति: बिहीबार, पुस ११, २०८१  ०९:४४
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP