शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • म्याग्दीका सबै पालिकामा माओवादी केन्द्रको नयाँ नेतृत्व
म्याग्दीका सबै पालिकामा माओवादी केन्द्रको नयाँ नेतृत्व
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता आइतबार, पुस १४, २०८१
माओवादी म्याग्दी
म्याग्दी । म्याग्दीका ६ वटै स्थानीय तहमा नेकपा (माओवादी केन्द्र) को नयाँ नेतृत्व चयन भएको छ । एक नगरपालिका र पाँच गाउँपालिकामा तेस्रो पालिका स्तरीय सम्मेलन मार्फत नेतृत्व चयन गरिएको हो । गत मङ्सिर दोस्रो साता बसेको पार्टीको जिल्ला समन्वय समितिको बैठकको निर्णय अनुसार, जिल्लाको ६ वटै स्थानीय तहमा सम्मेलन गरिएको र सबै पालिकामा सर्वसम्मत रुपमा नेतृत्व चयन भएको माओवादी केन्द्र जिल्ला समन्वय समितिका अध्यक्ष शेरबहादुर केसीले जानकारी दिनुभयो ।उहाँका अनुसार, ४५ वटा वडामध्ये २९ वटा वडामा समेत नेतृत्व चयन भैसकेको छ । बाँकी रहेका वडाहरुमा समेत वडा स्तरीय सम्मेलनको तयारी गरिएको जनाइएको छ । सम्मेलनबाट बेनी नगरपालिकामा नगेन्द्र केसी, रघुगंगा गाउँपालिकामा भबिन्द्र शेरपुञ्जा, अन्नपूर्ण गाउँपालिकामा पूर्णबहादुर पाईजा, मंगला गाउँपालिकामा कुल प्रसाद पुन, मालिका गाउँपालिकामा अनुप गौचन र धवलागिरी गाउँपालिकामा रिमप्रकाश थापा पालिका कमिटीको अध्यक्षमा निर्वाचित हुनुभएको छ ।५५ सदस्यीय बेनी नगर कमिटीको उपाध्यक्षमा अणबहादुर खड्का (भगवान), खिम पुन, गणेश शर्मा, सचिवमा ओम रोका, सहसचिवमा कृष्णप्रसाद पौडेल र कोषाध्यक्षमा बिष्णु बोहोरा चयन हुनुभएको छ । ४५ सदस्यीय मंगला गाउँपालिका कमिटीको उपाध्यक्षमा प्रेम गिरी, अर्जुन शाही, मुक्त हरमेल, सचिबमा मिलन रोका , सहसचिमा शान्ति चाचाङ्गे र कोषाध्यक्षमा श्याम बहादुर थापा रहनुभएको छ ।४५ सदस्यीय अन्नपूर्ण गाउँपालिका कमिटिको उपाध्यक्षमा श्याम खड्का, समिक्षा बिक, फुलबहादुर गर्बुजा, सचिवमा प्रेमबहादुर पाईजा, सहसचिवमा अरुण बिक र कोषाध्यक्षमा कबिता क्षेत्री चयन हुनभएको छ । ५५ सदस्यीय मालिका गाउँपालिका कमिटीको उपाध्यक्षहरुमा दिपक जुग्जाली , मोती प्रसाद बुढा र हर्कलाल दर्जी ,सचिवमा लाल बहादुर घताने, सह सचिवमा दल बहादुर खड्काथोकी, कोषाध्यक्षमा मनरुपा घर्ती मगर चुनिनुभएको छ । ४५ सदस्यीय रघुगंगा गाउँपालिका कमिटीको उपाध्यक्षमा नरबहादुर भण्डारी, नारायण सुवेदी र मिना विक, सचिबमा होमबहादुर दर्जी, सहसचिबमा निशा घर्ति खत्री र कोषाध्यक्षमा इश्र खत्री चयन हुनुभएको छ ।४५ सदस्यीय धवलागिरी गाउँपालिका कमिटिको उपाध्यक्षमा अशोक खत्री र भोमबहादुर पाईजा, सचिवमा चक्र पुन, सहसचिवमा नवराज पुन र होममाया बिक र कोषाध्यक्षमा रामबहादुर खत्री चयन हुनुभएको छ ।    
प्रकाशित मिति: आइतबार, पुस १४, २०८१  १९:१५
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP