शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • मालिकामा १६ औं गाउँसभाबाट दुई करोड ७२ लाख बजेट पारित
मालिकामा १६ औं गाउँसभाबाट दुई करोड ७२ लाख बजेट पारित
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता सोमबार, पुस १५, २०८१
Messenger_creation_40CCBD88-7E4C-4E79-8D34-0948B99412F4-scaled-1 copy
बेनी । म्याग्दीको मालिका गाउँपालिको १६औं गाउँसभा सम्पन्न भएको छ । आइतबार दरबाङको छ्यारछ्यारेमा सम्पन्न गाउँसभाको १६औं अधिवेशनबाट थप दुई करोड ७२ लाख रुपैयाँ बजेट पारित गरिएको हो । आर्थिक वर्ष २०८०÷०८१ को अल्या बजेट रु. दुई करोड १२ लाख र निस्कोट–ताराखोला सडक निर्माणको रु. एक करोड २० लाखमध्ये गाउँपालिकाको लागत सहभागिता समपुरक कोषबाट रु. ६० लाख विभिन्न योजनाहरुमा विनियोजन गरिएको गाउँपालिकाका प्रवक्ता अनुप गौचनले जानकारी दिनुभयो । दरबाङ–निस्कोट सडक स्तरोन्नतिलाई निरन्तरता दिनको लागि रु. ५८ लाख, विपन्न विद्यार्थी शैक्षिक सामग्री खरिदका लागि रु. १० लाख, स्वास्थ्य औषधी तथा औजार खरिदमा थप रु. तीनलाख ७० हजार, खोप्टी वस्ती संरक्षणका लागि रु. १० लाख विनियोजन भएको छ । यसैगरी खर्बाङ खानेपानी नेवासँग साझेदारी रु. १२ लाख, सोलीखोला लुक्सीपार सोले मोटरबाटो स्तरोन्नति तथा सडक निर्माणका लागि थप रु. आठ लाख, ओखरबोट मावि अस्थायी भवन निर्माण रु. २० लाख र हिमाली युवा क्लब स्टेज तथा भवन निर्माणमा रु. १४ लाख विनियोजन भएको छ । गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाको अध्यक्षतामा सम्पन्न गाउँसभामा आर्थिक विकास समिति संयोजक पथबहादुर रोकाले आर्थिक वर्ष २०८१÷०८२ देखि आव ०८५÷८६ सम्मको मालिका गाउँपालिकाको आवधिक योजना पेश गर्नुभएको थियो । सामाजिक विकास समिति संयोजक टंकप्रसाद पुनले आव ०८१÷८२ देखि आव ०८५÷८६ सम्मको मालिका गाउँपालिकाको पञ्चवर्षीय गाउँ शिक्षा योजना पेश गर्नुभयो । त्यस्तै गाउँपालिकाको वन, वातावरण तथा विपद् व्यवस्थापन समिति संयोजक टकबहादुर पुनले मालिका गाउँपालिका आकस्मिक कोष ऐन, २०८१ पेश गर्नुभएको थियो । गाउँसभामा पेश भएका योजना र कार्यक्रमसहितका प्रस्तावहरु सर्वसम्मत रुपमा पारित भएको बताउँदै गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले बताउनुभयो । चालु आवमा कुल रु. ४७ करोड ९१ लाख ७६ हजार बजेट प्रस्तुत गरेको मालिका गाउँपालिकाले पुस दोस्रो सातासम्म कुल बजेटको १६ दशमलव ७८ प्रतिशत वित्तीय प्रगति भएको जनाएको छ ।
प्रकाशित मिति: सोमबार, पुस १५, २०८१  ११:३८
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP