शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • मोना खुल्ला फोटो प्रतियोगिताको विजेतालाई पुरस्कार वितरण
मोना खुल्ला फोटो प्रतियोगिताको विजेतालाई पुरस्कार वितरण
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता मंगलबार, पुस १६, २०८१
PP
बेनी । प्रवासी नेपाली संघ (मोना) अष्ट्रेलिया र म्याग्दी उद्योग वाणिज्य संघले आयोजना गरेको मोना खुल्ला फोटो प्रतियोगिताको उपाधि नेपाल पत्रकार महासंघ म्याग्दीका अध्यक्ष हरिकृष्ण गौतमले जित्नुभएको छ । म्याग्दी जिल्ला भित्र ओझेलमा परेका पर्यटकीय, धार्मिक तथा सांस्कृतिक स्थलको प्रचार–प्रसार गर्ने उद्देश्यले आयोजित प्रतियोगितामा गौतमले खिचेको बेनी नगरपालिका–५,पौराणिक तथा पर्यटकीयस्थल पुलहाश्रम क्षेत्रको प्रतियोगि नं २०० ले पहिलो पुरस्कार जितेको हो । सोमबार म्याग्दी उद्योग वाणिज्य संघको सभाहलमा स्टुडेन्ट भाइब्स एजुकेशन एण्ड भिजा सर्भिसेसले मुख्य प्रायोजन सम्पन्न प्रतियोगिताको पुरस्कार वितरण समारोहमा गण्डकी प्रदेशसभाका सदस्य हरि भण्डारी, म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठ, मोना अष्ट्रेलियाका पूर्व अध्यक्ष मुक्ती रोका, उपाध्यक्ष सुसन श्रेष्ठले गौतमलाई नगद १ लाख, ट्रफी र सम्मानपत्रले सम्मान गरिएको थियो  । प्रतियोगितामा दोस्रो पुरस्कार बेनी नगरपालिका–९, तोरीपानीका मिलन खत्रीले खिचेको ढोलठान दरबार र तेस्रो रघुगंगा गाउँपालिका–३ पिप्लेका भविन्द्र शाहीले खिचेको भगवती मन्दिरले प्राप्त गरेको थियो । त्यस्तै बागलुङका सन्दिप शर्माको म्याग्दीको जलजलाको तस्वीरले नगद ५० हजार सहित म्याग्दी च्याम्बर अवार्ड जितेको छ भने दोस्रो र तेस्रो हुने फोटोलाई क्रमशः ५० हजार र २५ हजार, सम्मानपत्र र विभिन्न विधाका बिजेताले ५ हजारले सम्मान गरिएको थियो । प्रतियोगितामा धनीलाल गर्वूजा मगरको लिंगों जुडाउने फोटोले कला संस्कृती अवार्ड, देवी जिसीको मालिकाधुरीले धार्मिक अवार्ड, खड्गबहादुर छन्त्यालको ताकम स्थित हनुमान मुर्तिले मोष्ट कमेन्ट अवार्ड, मधुकर सुवेदीको ताकमकोट मन्दीरले मोष्ट शेयर अवार्ड, घनश्याम खड्काको फुच्चे गुराँसले रिसर्चवेस अवार्ड, धनबहादुर श्रीषको बोयर बोकाले मोष्ट रिच अवार्ड, असिम चिखालको अन्नपूर्ण प्रथम हिमालफेदीको हिमतालले मोष्ट लाईक अवार्डले सम्मान गरिएको थियो । फोटो प्रतियोगिता पुरस्कार वितरण कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रदेशसभा सदस्य भण्डारीले म्याग्दी जिल्लामा स्वदेशी तथा विदेशी पर्यटकलाई आर्कषित गर्ने क्षेत्रहरू प्रसस्तै रहेको बताउँदै पूर्वाधार विस्तारमा प्रदेश सरकारको लगानीले मात्रै प्रयाप्त नहुने बताउनुभयो । ‘पर्यटकलाई आर्कषित गर्न पूर्वाधारको आवश्यकता पर्छ, यो प्रतियोगिताले ओझलेमा परेका पर्यटकीयस्थलको उजागर गरेको छ’ सांसद भण्डारीले भन्नुभयो । सोही अवसरमा नेपाली कांग्रेस म्याग्दीका उपसभापति हरिकुमार श्रेष्ठ, नेकपा माओवादी केन्द्रका अध्यक्ष शेरबहादुर केसी, धवलागिरी गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुन, अन्नपूर्ण गापाका अध्यक्ष भारत कुमार पुन, बेनी नगरपालिकाकी उपमेयर ज्योति लामिछाने, बेनी नगरपालिका वडा नं ७ का वडा अध्यक्ष रमेशकुमार श्रेष्ठ, वडा नं ८ का वडा अध्यक्ष उत्तमकुमार कर्माचार्यले पर्यटन क्षेत्रको बिकासमा फोटो प्रतियोगिता कोशेढुंगा सावित हुने बताउनुभयो । बिजेताको तर्फबाट नेपाल पत्रकार महासंघका अध्यक्ष गौतमले म्याग्दी जिल्लामा पत्रकारिताको माध्यमबाट पर्यटन प्रर्बधनमा समेत निरन्तर सक्रिय भइरहेको अवस्थामा प्रथम पुरस्कारले थप जिम्मेबारी थपिएको बताउनुभयो । मोना अष्ट्रेलियाका पूर्व अध्यक्ष मुक्ती रोकाले पहिलो र दोस्रो फोटो प्रतियोगिताले म्याग्दी जिल्लाको पर्यटन क्षेत्रका लागि सघाएको बताउँदै आगामी दिनमा पनि जिल्लामा हुने विभिन्न कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता ब्यक्त गर्नुभयो । म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठले जिल्लाको पर्यटन प्रर्बधनमा कोशेढुंगा सावित भएको बताउनुभयो । उहाँले यही पुस २८ देखि माघ ८ गतेसम्म म्याग्दीको सदरमुकाम बेनीमा हुने आठौं म्याग्दी महोत्सव एवम् माघेसङ्क्रान्ति मेला तथा प्रदेशस्तरीय कृषि, पर्यटन, औद्योगिक, व्यापार मेला–२०८१ मा समेत प्रर्दशनी गरिने जानकारी गराउनुभयो । फोटो प्रतियोगिताका विजेता पुरस्कार वितरण समारोहको अध्यक्षता तथा स्वागत संघका अध्यक्ष श्रेष्ठ, समापन बरिष्ठ उपाध्यक्ष राजेश शाक्य र सञ्चालन महासचिव नारायण घर्ती क्षेत्रीले गर्नुभएको थियो ।
प्रकाशित मिति: मंगलबार, पुस १६, २०८१  १५:०९
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP