शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • मिडिया सोसाईटी अवार्ड पत्रकार कमल खत्रीलाई
मिडिया सोसाईटी अवार्ड पत्रकार कमल खत्रीलाई
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शनिबार, पुस २०, २०८१
IMG_4570
म्याग्दी । मिडिया सोसाईटी अवार्ड-२०८१´बाट यस वर्ष पत्रकार कमल खत्री सम्मानित हुनुभएको छ । म्याग्दी मिडिया सोसाईटीको शुक्रबार साँझ बेनी नगरपालिका -४, सिंगा स्थित हरियाली ग्रुपको सभाहलमा आयोजित आठौं वार्षिक साधारणसभा तथा चौथो अधिवेशनको अवसरमा खत्रीलाई दश हजार ६ सय पचास रुपैयाँ, सम्मानपत्र सहित दोसल्ला ओढाएर सम्मानित गरिएको हो । बेनी नगरपालिका प्रमुख सुरत केसी , प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्मा , बेनी नगरपालिका-४,का वडा अध्यक्ष अणबहादुुर खड्का, नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका उपाध्यक्ष प्रकाश पौडेल , पत्रकार महासङ्घ म्याग्दीका अध्यक्ष हरिकृष्ण गौतम लगायतले सम्मान गर्नुभएको थियो । डेढ दशकदेखि पत्रकारिता पेशामा सक्रिय पत्रकार खत्री बेनीबाट प्रकाशन हुने समृद्ध साप्ताहिक, म्याग्दी अनलाईन , रासस लगायत संचार माध्यममा आवद्ध हुनुहुन्छ । खत्री संस्थाको निवर्तमान अध्यक्ष समेत हुनुहुन्छ । नगर प्रमुख केसी, प्रमुख प्रशासकीय अधिकृत शर्माले  म्याग्दीमा पर्यटकीयस्थलको प्रवर्द्धन , विकास, सुशासन र परोपकारी क्षेत्रमा पत्रकारिताको महत्वपूर्ण योगदान रहेको बताउनुभयो ।  गण्डकी प्रदेश समितिका उपाध्यक्ष पौडेल , वडा अध्यक्ष खड्का र महासंघ  म्याग्दी अध्यक्ष गौतमले पनि बोल्नुभएको थियो । वि.स. २०७४ मा म्याग्दीबाट सञ्चालित सञ्चार माध्यमका सञ्चालकहरुले थालेको म्याग्दी मिडिया सोसाइटीले वि.स. २०७५ देखि वर्षमा एक जना पत्रकारलाई पुरस्कृत गर्दै आएको कोषाध्यक्ष ठाकुर प्रसाद आचार्यले बताउनुभयो । दुई लाख रुपैयाँको अक्षयकोषको ब्याजबाट जिल्लाका एक जना पत्रकारलाई पुरस्कृत गर्ने मापदण्ड बनाएको छ । सो पुरस्कारबाट यसअघि , धिरन खत्री ,ठाकुरप्रसाद आचार्य, अमित विश्वकर्मा, प्रताप बानियाँ, हरिकृष्ण गौतम, सन्तोष गौतम सम्मानित भइसक्नुभएको छ । यसैगरी अधिवेशनबाट अमीत विश्वकर्माको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको छ । कार्यसमितिको उपाध्यक्षमा साधन राम्जाली , सचीवमा राकेश शर्मा , कोषाध्यक्षमा ठाकुरप्रसाद आचार्य ,सदस्यहरूमा प्रताप बानियाँ लगायत रहनुभएको छ । सोसाइटीले स्थानीय तह र जिल्लाका कार्यालयले सञ्चार माध्यमलाई बिनियोजन गरेका बजेट स्थानीय सञ्चार माध्यममार्फत परिचालन, सार्वजनिक सुनुवाइ, वृत्तचित्र निर्माण र पत्रकारिता तालिम सञ्चालन गर्दै आएको छ ।  
प्रकाशित मिति: शनिबार, पुस २०, २०८१  ०८:२५
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP