शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • म्याग्दी मिडिया सोसाईटी अध्यक्षमा विश्वकर्मा
म्याग्दी मिडिया सोसाईटी अध्यक्षमा विश्वकर्मा
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शनिबार, पुस २०, २०८१
IMG_2425
म्याग्दी । म्याग्दीमा क्रियाशिल पत्रकारहरुद्वारा संचालित संचारमाध्यमहरुको साझा संस्था म्याग्दी मिडिया सोसाईटीको अध्यक्षमा अमित विश्वकर्मा चयन हुनुभएको छ ।  सोसाईटीको शुक्रबार साँझ बेनी नगरपालिका -४, सिंगा स्थित हरियाली ग्रुपको सभाहलमा सम्पन्न आठौं वार्षिक साधारणसभा तथा चौथो अधिवेशनबाट विश्वकर्मा अध्यक्ष पदमा सर्वसम्मत चयन हुनुभएको हो ।कार्यसमितिको उपाध्यक्षमा साधन राम्जाली , सचीवमा राकेश शर्मा , कोषाध्यक्षमा ठाकुरप्रसाद आचार्य ,सदस्यहरूमा प्रताप बानियाँ लगायत रहनुभएको छ । विश्वकर्मा यस अघि संस्थाको सचीव पदमा हुनुहुन्थ्यो । संस्थाको सल्लाहकारहरुमा निवर्तमान अध्यक्ष कमल खत्री र निवर्तमान उपाध्यक्ष एवं पत्रकार महासंघ म्याग्दी शाखाका अध्यक्ष हरिकृष्ण गौतम रहनुभएको छ । अधिवेशनको नगर प्रमुख सुरत केसीले उद्घाटन गर्नुभएको थियो । वि.स. २०७४ मा म्याग्दीबाट सञ्चालित सञ्चार माध्यमका सञ्चालकहरुले थालेको म्याग्दी मिडिया सोसाइटीले वि.स. २०७५ देखि वर्षमा एक जना पत्रकारलाई पुरस्कृत गर्दै आएको कोषाध्यक्ष ठाकुर प्रसाद आचार्यले बताउनुभयो । यो पनि ... [embed]https://myagdinews.com/2025/01/79189/[/embed] दुई लाख रुपैयाँको अक्षयकोषको ब्याजबाट जिल्लाका एक जना पत्रकारलाई पुरस्कृत गर्ने मापदण्ड बनाएको छ ।सोही पुरस्कार यस वर्ष निवर्तमान अध्यक्ष खत्रीलाई प्रदान गरिएको छ । यसअघि , धिरन खत्री ,ठाकुरप्रसाद आचार्य, अमित विश्वकर्मा, प्रताप बानियाँ, हरिकृष्ण गौतम, सन्तोष गौतम सम्मानित भइसक्नुभएको छ । यसैगरी अधिवेशनबाट अमीत विश्वकर्माको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको छ । कार्यसमितिको उपाध्यक्षमा साधन राम्जाली , सचीवमा राकेश शर्मा , कोषाध्यक्षमा ठाकुरप्रसाद आचार्य ,सदस्यहरूमा प्रताप बानियाँ लगायत रहनुभएको छ । सोसाइटीले स्थानीय तह र जिल्लाका कार्यालयले सञ्चार माध्यमलाई बिनियोजन गरेका बजेट स्थानीय सञ्चार माध्यममार्फत परिचालन, सार्वजनिक सुनुवाइ, वृत्तचित्र निर्माण र पत्रकारिता तालिम सञ्चालन गर्दै आएको छ ।  
प्रकाशित मिति: शनिबार, पुस २०, २०८१  ०८:४०
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP