शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • एमालेले ३ लाख नेता कार्यकर्ता परिचालन गर्ने, २ लाख सदस्य थप्ने
एमालेले ३ लाख नेता कार्यकर्ता परिचालन गर्ने, २ लाख सदस्य थप्ने
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता आइतबार, पुस २१, २०८१
inbound8551243817768420948
काठमाडौँ । नेकपा एमालेले पार्टीविरुद्धको भ्रम चिर्न र संगठनन विस्तार गर्न ३ लाख नेता कार्यकर्ता परिचालन गर्ने भएको छ । एमाले केन्द्रीय कमिटी बैठकमा संगठन विभाग प्रमुख काशीनाथ अधिकारीले पेस गरेको सांगठानिक प्रतिवेदनमा आगामी माघ महिनादेखि सुरु गर्ने तीन महिने वडा केन्द्रित कार्यक्रममा ३ लाख नेता कार्यकर्ता परिचालन गर्ने प्रस्ताव गरिएको हो । ‘अभियानबाट भौगोलिक र गैर–भौगोलिक करिब ८ हजार वडा/शाखा तहका कमिटीहरु, टोल तथा प्रारम्भिक कमिटी स्तरका १० हजारभन्दा बढी कमिटीहरूको क्रियाशीलता बढाइ राष्ट्रिय रूपमा ३ लाखभन्दा बढी नेता कार्यकर्ता पार्टी तथा जनसंगठन निर्माण, जनपरिचालन र पार्टी र नेतृत्वविरुद्धका भ्रामक प्रचारको प्रतिवाद गर्न परिचालित हुने अपेक्षा लिइएको छ’, प्रतिवेदनमा भनिएको छ । वडा केन्द्रित अभियानको उद्देश्य जग तहमा पार्टी सदस्यता नवीकरण तथा विस्तार, संगठन निर्माण र सबलीकरण रहेको उल्लेख छ । जस अन्तर्गत एमालेले पार्टी जिल्ला कमिटीको निर्णयले २०८२ का लागि योग्य ठहरिएका सबै पार्टी सदस्यहरूले चैतभित्रै नवीकरण गर्ने र  दुई लाख नयाँ सदस्यहरू थप हुने विश्वास गरेको छ । अभियान अन्तर्गत हाल रहेको ७ हजार ५ सय ९ वडा स्तरको कमिटीमा थप ५ सय शाखा तथा वडास्तरका कमिटीहरू गठन गर्ने र अधिवेशन बाँकी रहेका सबै वडास्तरका कमिटीहरूको अधिवेशन चैत मसान्तभित्र सम्पन्न गर्ने अधिकारीको प्रतिवेदनमा उल्लेख छ । हाल रहेका टोलस्तरका कमिटीमा ५ हजार टोलस्तरका कमिटीहरू थप निर्माण गर्ने पनि एमालेले जनाएको छ । उद्देश्य २ अन्तर्गत एमालेले जनसंगठनका स्थानीय अधिवेशन सबै सम्पन्न गरेर सम्बन्धित जनसंगठनको विधान बमोजिम वडा तहमा कमिटीहरू बन्दा सबै जनसंगठनको सदस्यताको अभिलेख व्यवस्थित हुनुका साथै हालको संख्यामा कम्तीमा ७ लाख सदस्य थपिने अपेक्षा गरेको छ । त्यस्तै उद्देश्य ३ अन्तर्गत पार्टीको नीति र नेतृत्वविरुद्ध फैलाइने सबै प्रकारका भ्रम र राष्ट्रिय निराशा फैलाउने सबैखाले प्रयत्नहरुको तत्काल प्रभावकारी प्रतिवाद गर्ने एक लाख सन्देशहरू प्रवाह गर्ने भएको छ । ‘लक्षित ३ महिनाको अवधिमा सामाजिक सञ्जालमा राष्ट्रिय समृद्धि, आशा र जनताप्रति विश्वास जगाउने न्यूनतम १ लाख सन्देशहरू प्रवाह हुनेछ’, एमालेले भनेको छ । राष्ट्रिय निराशा फैलाउने, पार्टी र नेतृत्वविरुद्ध भ्रम फैलाउने सबै खालका प्रचार र षड्यन्त्रका विरुद्ध तथ्यमा आधारित प्रभावकारी प्रतिकारमा न्यूनतम ५० हजार डेडिकेटेड नेता कार्यकर्ता परिचालन हुनेछन्’, अधिकारीको प्रतिवेदनमा भनिएको छ ।  यो अभियान अन्तर्गत ५ लाख नेता कार्यकर्ता जानकार र प्रशिक्षित हुने पनि एमालेको भनाइ छ । रातोपाटी
प्रकाशित मिति: आइतबार, पुस २१, २०८१  १७:०९
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP