शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • विश्वको प्रतिष्ठित डान्स शो डब्लु.ओ.डी.अब नेपालमा
विश्वको प्रतिष्ठित डान्स शो डब्लु.ओ.डी.अब नेपालमा
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता आइतबार, पुस २१, २०८१
inbound1615895292698727195
काठमाडौँ । अमेरिकासहित विश्वका २५ देशहरुमा हुँदै आएको डान्सको चर्चित स्टेज वर्ल्ड अफ डान्स (डब्लु.ओ.डी.) अब नेपालमा आयोजना हुने भएको छ ।  नृत्यमा भविष्य खोज्नेहरूका लागि उत्कृष्ट मानिने यस स्टेजको फ्रेन्चाइज मण्डला इन्टरटेनमेन्टले नेपाल भित्र्याएको हो । वर्ल्ड अफ डान्स नेपाल आगामी माघ २४ गते बिहीबार हुने आयोजकले जनाएको छ । आज (आइतबार) पत्रकार सम्मेलन गरी जुरी टिम, ट्रफिसँगै विजेताले पाउने पुरस्कार लगायतका विषयमा जानकारी गराइयो । यसमा देशैभरिबाट आवेदन परेका डान्सरहरुले विभिन्न चरण पारगर्दै विजेता बन्नेछन् । अहिलेसम्म डिजिटल अडिसनबाट तीनसय बढीको आवेदन परेको र छनौटको काम भइरहेको आयोजकले जनाएको छ । यो रियालिटी शो नभई एक डान्स कम्पिटिसन शो हो । जसमा डिजिटल, फिजिकल अडिसन पार गर्दै विजेता छनौट गरिनेछ । विजेता टिमले अमेरिकामा यही २०२५ जुलाई १६ देखी जुलाई २१ सम्म आयोजना हुने वर्ल्ड अफ डान्समा सहभागी जनाउन पाउनेछन् । जसमा २५ देशका विजेताहरूबिच प्रतिस्पर्धा हुनेछ । यसमा सहभागी हुने टिमहरूलाई तीन डिभिजनमा राखिएको छ । पहिलो अपर टिम डिभिजन, यसमा जुनसुकै उमेर समूहका डान्सरले सहभागी लिन पाउनेछन् । साथै यसमा एकजना, दुईजना, तीनजना अथवा चारजनासम्मको एक टिम बनेर डान्स गर्न पाउनेछन् । दोस्रो सिनिअर टिम डिभिजन, यसमा १८ वर्ष भन्दा बढी उमेरका डान्सरले सहभागी हुन पाउनेछन् । तेस्रो जुनिअर टिम डिभिजन, यसमा १८ वा १८ वर्ष भन्दा मुनिका डान्सरहरुले सहभागी हुन पाउनेछन् । सहभागी तीन डिभिजनकै विजेताले एक/एक लाख नगद पुरस्कार पाउनेछन् । यस्तै अमेरिकामा हुने डब्लु.ओ.डीमा भने सिनिअर र जुनिअर टिम डिभिजनमा बिजेतासँगै दोस्रो र तेस्रो स्थान हासिल गर्ने टिमले पनि सहभागी जनाउन पाउनेछ । सिनिअर टिम डिभिजन र सुनिअर टिम डिभिजनले मात्र अमेरिकामा हुने डब्लु.ओ.डी.मा सहभागी हुन पाउने पाउने प्रावधान रहेको शोका नेशनल डिरेक्टर रोशन गहतराजले जानकारी दिए । आयोजक कम्पनी मण्डला इन्टरटेनमेन्टलेकी सिईओ सजिना तामाङले नेपालमा डब्लु.ओ.डी.जस्तो प्रतिष्ठित शोलाई नेपाल भित्राउन पाउँदा खुसी लागेको बताइन् । उनले नेपालबाट राम्रो डान्सर विश्वको ठुलो प्लेटफर्ममा पुगेर नेपाललाई चिनाउन लागेको भन्दै सम्पूर्ण प्रतियोगीहरूलाई शुभकामना दिइन् । शोको जुरी टिममा निशान गौचन, जेडी तमु र मुकेश ढकाल रहेका छन् । शोको इभेन्ट कन्सल्टेन्टको रूपमा अभिनेता प्रशान्त ताम्राकार रहेका छन् । प्रशान्तले पनि डान्सरहरुका लागी नेपालमा बल्ल उपयुक्त स्टेज आएको भन्दै सहभागीहरूलाई शुभकामना दिए। रातोपाटी
प्रकाशित मिति: आइतबार, पुस २१, २०८१  २१:३७
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP