शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • मृगौला रोगी पुनलाई निस्कोट समाज अमेरिकाद्धारा एक लाख सहयोग
मृगौला रोगी पुनलाई निस्कोट समाज अमेरिकाद्धारा एक लाख सहयोग
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शुक्रबार, पुस २६, २०८१
help to pun
म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–१,निस्कोट स्थित बाँसबोटकी मृगौला रोगबाट पीडित तुलकुमारी पुनको उपचारका लागि आर्थिक सहयोग प्राप्त भएको छ । निस्कोट घर भई हाल विभिन्न शिलशिलामा अमेरिकामा बसोबास गर्ने निस्कोटबासीहरुको साझा संस्था निस्कोट समाज अमेरिकाले मृगौला रोगी पुनलाई एक लाख रुपैयाँ आर्थिक सहयोग गरेको हो । उक्त आर्थिक सहयोग रकम वडा अध्यक्ष टंकप्रसाद पुनले शुक्रबार एक कार्यक्रमका विच पोखरामा पीडित पुनलाई हस्तान्तरण गर्नुभयो । सहयोगीदाताहरुलाई धन्यवाद दिंदै वडा अध्यक्ष पुनले आफुले व्यक्तीगत र वडाबाट पीडित पुनको उपचारमा सक्दो आर्थिक सहयोग गर्ने तथा थप सहयोग र उपचारमा सहजिकरणका लागि गाउँपालिका एवं प्रदेश सरकार समक्ष पहल गर्ने बताउनुभयो । नेपाली कांग्रेस म्याग्दी प्रदेशसभा क्षेत्र ( ख ) का सभापति समेत रहनुभएका वडा अध्यक्ष पुनका अनुसार, समाजका अध्यक्ष लालबहादुर पुन लगायत अमेरीकामा बस्ने निस्कोटबासीबाट उपचारमा सघाउन उक्त आर्थिक रकम सङ्कलन गरिएको थियो । स्वास्थ्यमा समस्या देखिएपछि गत भदौमा कास्की पोखरा स्थित मणिपाल अस्पतालमा जचाउन आउँदा चिकित्सकले मृगौला फेल भएको रिर्पोट दिएका थिए । पुनको यस अघि वि.सं.२०६४ बायाँपट्टीको मृगौला फेल भएको थियो । त्यतिखेर पनि आर्थिक अभावका कारण मृगौला प्रत्यारोपण हुन नसकेको पीडित पुनले भनाइ छ । पीडित पुनले कास्कीको लेखनाथ स्थित सङ्क्रामक तथा सरुवा रोग अस्पतालमा डायलिसिस गराउँदै आउनुभएको छ । ५३ वर्षिया पुनका दुई छोरी र एक छोरा हुनुहुन्छ । आर्थिक अवस्था कमजोर भएका कारण उचारमा समस्या हुने गरेको पीडित पुनले दुखेसो पोख्नुभयो । सहयोगीदाताहरुलाई धन्यवाद व्यक्त गर्दै आफुलाई बचाइदिन थप सहयोगका लागि सबैलाई अपिल गर्नुभयो । निस्कोट समाज अमेरिकाले यसअघि पनि गाउँमा विभिन्न रोगका विरामी र आगलागी पीडितलाई समेत सहयोग गर्दै आइरहेको छ । पीडित पुनले आफन्त र सहयोगीदाताहरुको भरमा उपचार र दैनिकी खर्चको जोहो गर्दै आउनुभएको छ ।  
प्रकाशित मिति: शुक्रबार, पुस २६, २०८१  १६:१८
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP